"त्यो लुगाको रंग कस्तो नसुहाएको त्यसलाइ,किन लगाकी होली? किन? हाहा " पार्टीमा कसैलाई देख्दा, फेसबुकमा कसैको फोटो स्क्रोल गर्दा हेरेर हाँस्दै भन्छौं होला कतिलाई! काश त्यो बेला आफ्नो त्यो लुगा याद आउंथ्यो जुनमा आफु मोटी नै देखिए पनि लगाउन चाहन्थ्यौं , जुन तस्वीर त्यति राम्रो नलागे पनि फेसबुकमा सजाउन चाहन्थ्यौं। किन? उ यति ठुलो कार्यक्रममा पनि मेकअप नगरी फुस्रो मुहार लिएर आइ, सायद उसले क्यामेराभन्दा टाढा रमाउन जानेकी छे की सायद? किन? त्यो नाचको लुगा उसलाई सुहाउँदैन सायद, र पनि त्यसमा नाच्दा उसले पाउने खुशी तिमीले लुकेर टिप्पणी गर्दा पाउने आनन्द भन्दा चोखो छ। किन? हो उसको चश्माका शिशा मोटा,बाक्ला होलान तिम्रो फेशनमा नपर्ने, तर तिनले उसलाई संसार देखाउँछन्। किन? उ होची नै सहि तिम्रा हिलजुत्ताका भिडमा तर उसको खुट्टाले आत्तिनु त पर्दैन भांचिउला कि भन्दै! हेर फलानोले यस्तो गरेछ, यस्तो लगाएछ, सुहाएछ, सुहाएनछ, कार्टुन देखिएछ! तिमी पनि त कार्टुन नै देखिएकी थियौ होला सानोमा आमाको मेकअप किट लुकाएर मुखैभरी दल्दा, आमाल...