Skip to main content

Posts

Showing posts with the label Nepali Poems

सोचेभन्दा लामो यात्रा

  कुनै दिन चुनेको त्यो अग्लो गन्तव्य कल्पनामा कति सुन्दर, मनमोहक ! अरु पुगेक्क देख्दा रहरै लाग्ने त्यही सपनालाई जीवन राखेँ बन्धक जब पाइला सारेँ, अरुझैँ सरेनन् मेरा भागमा परे सबै बन्धन यात्रा त सहज कसको पो हुन्छ र अझ अवरोध बन्यो आफ्नै धड्कन उत्साहित बनाउने त्यो सपना खै कुन्नी कहिले निन्द्रा उडाउने दुस्वप्न बनेछ आफ्ना पाइला हेरुन्जेल सबै ठिकझैँं लाग्ने वरपर हेरे आफू असक्षम भयभित कदम भाग्न खोज्छन् विपरित दिशामा त्यही दुख:ले बरु अघि सरे.... म पनि त एकदिन पुग्नेछु त्यहाँ मेरो गन्तव्य मेरो भविष्य छ जहाँ समय लागोस् कम या बेसी के फरक पर्छ र, म पुगेपछी! कहाँ पुगे अरु, म रहिरहेँ पछि मेरो हर एक सास दिँदा दिँदै पनि उछिने मलाई सँगै र पछिका कतिले म थाक्दै खोजिरहेँ अर्को बिसौनी सुरुवातमै यदि विलम्ब भो बदलिन्न अब समय जति दौडे पनि नजर केवल अडाउनु छ बाटोमा होडबाजीमा लागे आफैँलाई हानी सुस्त सुस्त बढिरहने त्यो कछुवा अनि अनायासै रोकिइरहने खरायो पनि म यो कथा मा न जित छ न हार छ मेरो प्रतिस्पर्धी आखिर म नै त हो नि बेमौसम कुनै फूल फूल्दै फूल्दैन मेरो मौसम आउनै बाँकी छ..... म पनि त एकदिन पुग्नेछु त्यहाँ मेर...

अदृश्य यादहरु

  मेटिन्छ्न् के भावना कहिल्यै?                                            यादहरु त लुक्ने रहेछन् कुनै कुनामा अनि के भावना नअल्झिएका होलान् र तिनमा कतै? हुँदैनथे त डुलिरहन्थे नै किन यादबिनाका भावना भावनाबिनाका सम्झना सम्झना बिनाका कल्पना.... कोल्टे फेर्दै छटपटाउने त होइन न छाहारीमा शितल हावासँगै टोलाउने र पनि खै मीठो निद्रामा हुँदा रहेछन् कतै बिहानीसँगै नझुल्किदिने दुखका वर्षामा पनि नझस्किने न हाँसोमा बेरिएर रुवाउने न आँसुमा डुब्दा काउकुती लगाउने। आफ्नै दिनचर्यामा अल्झिरहँदा पार्श्वमा बिलाइरहेको कुनै धुन झैँ टाढा सूक्ष्म पाउमा परेर पनि नबिझ्ने अचल अदृश्य परिधिमै रहेर पनि ढुकढुकी नसुनिने अनि बगिरहन्छन् दिनहरु चलिरहन्छन् भित्तामा टाँगिएका अङ्क अझै टाढा टाढा बढारिदिँदै कहिलेकाहिँ चाहेर पनि ठम्याउन नसकिने। त्यस्तै कुनै एक दिनमा अरु दिनझैँ न्यानो एक दिनमा दिनहरुको भिडमा हराउन सक्ने मात्र अर्को एक दिनमा अर्कै दिशामा अर्कै गन्तव्यतिर हिँड्दा हिँड्दै ...

अरु कोहिसँग

 सपना पूरा भए हाम्रा पुरा भए तिम्रा अरु कोहिसँग नाता गाँसियो तिम्रो नयाँ जिन्दगी भरिलाई छुटियो मसँग को हुँ र म? के हक र मेरो? के अर्थ मेरो मायाको? आगोको वरिपरि तिमीसँग नघुमेको मेरो मायाको के अर्थ वर्षौँसम्म मनसँग मन जोडेको? जब नाम जोडियो तिम्रो अरु कोहिसँग उता बिदाइका आँसु दुनियाँले देखे होलान् के अर्थ मेरा लुक्दै सिरानिमा बगेका आँसुको तिम्रा ती नौमती पन्चेबाजाले ढाकिसकेका अँध्यारो कुनामा रोक्दारोक्दै फुत्केको मेरो रोदनको उसँग तिम्रा हात मिलाउन फुल कतिले छरे होलान् त्यहाँ के अस्तित्व रह्यो सुनसानमा मिल्ने हाम्रा हातको हाम्रा मनको मेट्दै छौ होला मेरा यादहरु मैले भन्दा सजिलै तिमी ठाउँ खाली गर्दै नयाँ याद जो लेख्दैछौ अरु कोहिसँग कुन्नी कसरी चुने जिवनभरिलाई हिजोसम्म नदेखेको कसैलाई मसँग नै भविष्य देख्न डराउने तिम्रा ती आँखाले खै कसरी पहिलो भेटमै हाँस्न सके कुनै सङ्कोच बिना मसँग हुँदा मात्र मुस्कुराउँछु भन्ने ती ओठले तस्विर कुन हेरेर छान्यौ तस्विर आफ्नो कुन पठायौ हाँसो त तिनमा मैले नै दिएका होलान् चिनायौ होला साथीलाई नाम थरले मात्र तिसँगको कहानी त ...

अनुत्तरित

 केही अन्त्य अनुत्तरित प्रश्न आफ्नै जवाफ आफैँ बन्नुपर्ने जवाफदेही नहुने रहेछ कोहि यहाँ कसैको लागि किन? कोट्याइरहन्छ सधैँ हजारौँ अन्य प्रश्नभन्दा उत्तर उति नै जटिल म खनिरहन्छु यादका सुरुङहरु किन? किन? बर्बराउँदै जति नजिक पुग्छु तर अन्धकार पाउँछु उति काँप्तछु अनि के म साँच्चै चाहन्छु त्यो अन्त्यमा पुग्न? कुन्नी! जति जति खोज्दैछु त्यसलाई भाग्दैछु उति नै अझ कि डराउँछु अन्तमा कतै सत्य भेटिएलान् ती सत्य जो म सुन्न चाहन्नँ वा ती जो म मान्न चाहन्नँ कि डराउँछु अन्त्य कतै अन्त्य नै हुने हो भावनाका प्रश्नका सियोमा पिरोलेर अझै सँगालिरहेका कतै बगाइ जाला जवाफका बाढीले र त अर्को एउटा प्रश्न म आफैँ नदेखेझैँ नसुनेझैँ हिँड्छु, अनुत्तरित के त्यो उत्तर तिमिसँग छ वा मभित्र नै कतै?

म र मेरा कथा!

 झस्केर ब्युझिएँ स्वप्न उहीँ क्षणझैँ जीवित वर्तमानभन्दा समीप त्यो अतीत मेरा सपनालाई चिरेर त्यो सुइ कुन्नी कता पुग्यो घाउ अझै बिझाइरहन्छ रक्त तर बहिरहन्छ अश्रुमा घोलिँदै मेरा चीत्कार रोक्न बढेका ती हात कति तालीका गड्गडाहटमा मिसिएका होलान् यता मेरो चित्कार फुत्किरहन्छ अनि रोकिरहन्छ आफैँ आफैँ एक अदृश्य डरले म र मेरा कथा यसैगरी ब्युँझन्छन् हर रात हर क्षण र म सुम्सुमाइरहन्छु समाजको लोरी गाउँदै वास्तविकता नामक राक्षसका दन्त्यकथा सुनाउँदै म र मेरा कथा कुन्नी कहाँबाट सुरु भए तर समाप्त हुँदैनन् कहिल्यै बरु थपिरहन्छ अर्को एक अध्याय अर्को एक अध्याय जति जति लाग्छ सुखमय अन्त अब त आउनुपर्ने यी कथाकि पात्रलाई अब त कुनै मोडले रुवाउनु नपर्ने कुन्नी कुन कालो बादलबाट बर्सिरहन्छन् पीडा कथा छ त पीडा छ पीडा छ र त कथा छ म र मेरा कथा अल्झिरहन्छौँ यिनैमा कुनै स्वर्गीय संसारको आशामा बढिरहन्छौँं अर्को दर्दनिय अध्यायतर्फ! म र मेरा कथा व्यर्थझैँ लाग्छन् कहिले न सुनाउन म सक्षम छु न सुनिदिन कोही न सुनिदिएर बुझिदिन कोही के अस्तित्व नसुनाइएका यी कथाको के अर्थ जीतको ब...

प्रीय मुलान!

प्रीय मुलान आज कुन्नी कहाँबाट केही कुनामा थन्किएका स्मृतिका पानाबाट भुलिन थालेको बाल्यकालबाट तिमिलाई सम्झिएँ मुस्कुराएँ वा आँसु बगाएँ कुन्नी तर झस्किएँ। अनि कलम समात्दैछु यो अन्धकारमा बिहानी होला केही क्षणमा तर केहि कुरा छन् मनमा तिमिसँग गर्न अनि निदरी छाडी शब्दमा अल्झिएँ। कति ईतिहास हौ तिमी कति दन्त्यकथा कति डिज्नीकी प्रीय पात्र तर हौ त तिमी म झैँ एक छोरी बस्, अरु के नाता गासुँ? कवच ओढि तिमी वक्ष लुकाइ युद्दस्थलमा भिडेको कथा म सधैँ सुन्थेँ आज आउ फुर्सदमा छौ भने कवच उतारी बस छेवैमा संगिनिझैँ बात मारौँ आज मेरो युद्धको कथा सुनौँ! प्रीय मुलान! हामी कुन्तिपुत्र कर्ण त हैनौँ! न तिमी त्यो कवचमा जन्मिएकी थियौ, न म! लामा रेशमी केश सुन्दरताको भेष तिमीलाई पनि राम्रो लाग्थ्यो होला कुनैबेला? मेरो मन पनि त्यही माटोले ढाँचिएको हो मुलान! म पनि रमाउने गर्थेँ दर्पणको छायाँमा चलचित्रका मायामा सुरिलो धुनमा अरुलाई सिँगार्ने सुनमा पाउजुको ध्वनिमा सुनौलो बिहानीमा निर्धक्क भइ हिँड्थेँ म कुनैबेला मुलान! गुनगुनाउँदै, लहराउँदै के थाहा थियो र म कुनै मीठो गीतमा नभइ य...

छर्लङ्ग !

काँचको घुम्टो ओढेर ओठ खुलाइ हाँस्दैछे उ हाँसो आहा! छर्लङ्ग छ! जति जति तन्कन्छन् ती मुस्कानका रेखाहरु बिझाउँछन् कठै ती अदृश्य काँचका पर्दाले आँसु कतै बाफ बन्छ हाँसो तर छर्लङ्ग छ! मान्छे बन्नु थियो उसलाइ गुडिया कसैले बनाइदियो सास फेर्न खोज्छे कति शरिर तर मरिसक्यो नचाउनेले चलाइदिन्छन् नियती उही, नाचिदिन्छे वाह! गुडिया! भनिदिन्छन् होइन भन्न सक्दिन उ शरीर खेलौना बनिसक्यो मनको अब कसले सुन्छ ? छाला मात्र छर्लङ्ग छ! रङ्गीविरङी फ्रकमा सजाइ गयो दोकानदार निला चम्किला आँखाले फरियाको सपना देखे न हात उसको चल्न सक्यो न कपडा आफैँ बढ्न सक्यो देख्नेले नाङ्गा खुट्टा देखे मुख मिठ्याए गइदिए उ मुस्कान बोकी उभिरही समर्थन सबले बुझिरहे उ लाज ढाक्न चाहिरही खुल्ला सबैले देखिरहे भने सबै छर्लङ्ग छ!

असम्भवको आशमा

पहेँला ति पात पत्रपत्र उडेर कतै हावाको लहलहैमा सायद आकाश चुम्ने आशमा वेगले हुर्रिएका अचानकै थाकेका यताउता बरालिँदै आशाहरु विपरित बिस्तारै बिस्तारै नचाहँदा नचाहँदै जमिनलाई चुम्न पुगे ओइलाएका ति चुम्बनले सकम्बरीझैँ ! सुकेरै टुक्रँदा हुन् कति कती आफ्नै आँशुले कठै भिजेर कुहिँदा हुन् कती अझै हावाको भर नछाडि अँगालीँदै सँगै बरालिरहँदा हुन् कती न आफुलाई कठै बचाउन सक्दा हुन् पाइलाका डामसँगै कहिल्यै नउठ्ने गरि पराजित लड्दा हुन् जमिनमै बिलाउँदा हुन्!  तर एक यस्तो हुँदो हो बचाइरहँदो हो आफुलाई कुन्नी कुन नियतीका लागी घाममा पनि नसुक्दो हो झारिले पनि नरुझ्दो हो आँधी हुरिमा पनि अटल! चुपचाप् उही रुखको फेदमा हेरिरहँदो हो खुशी हरिया पातलाई सम्झिरहँदो हो आफ्ना दिन् बस् हेरिरहँदो हो आँसु बग्ला समयले ठग्ला र पनि पर्खिरहँदो हो थाहा छ उसलाई न उ सक्छ ना सक्छ कसैले झरेको पातलाई फेरी उठाएर रुखमा टाँसिदिन असम्भवकै आशमा मौन प्रयासमा पर्खिरहनेछ उ नओइलाउन्जेल् पर्खनेछ फर्कन!

"बढ्दै छ त बढ्न देउ"

बढ्दै छ त बढ्न देउ तिम्रो के बिग्रीएको छ र ? तिमी त आफ्नो महल मा आफैँ हराएझैँ छौ तीनजना लाई तीनसय कोठा फालाफाल मालामाल तिम्रो चर्पी जत्रो पनि नहोला कसैको घर यहाँँ तिम्रो जुत्ता राख्ने र्‍याक जत्रो झुपडिमा कोचिएर तीस फोक्सो सास फेर्छन यहाँँ तर तिमीलाई के ? जनस्ंख्या बढेर पनि तिम्रो के बिगारेको छ र ? बरु तिम्रा नोकर चाकर सुसारे बढेका छन् गरीबी बढेर पनि तिम्रो के बिगारेको छ र ? बरु तिम्रा अघी जोडिने करोडौँ हात थपिएका छन् अनी त तिमी भन्छौ "बढ्दै छ त बढ्न देउ" बढ्दै छ त बढ्न देउ तिम्रो के बिग्रीएको छ र ? तिमी त खजाना लुट्न मै व्यस्त छौ मस्त छौ विदेशी होटेलका किराफट्याङ्रा चाख्दैछौ तिम्रा ठुल्ठुला कुकुरले फाल्ने खानाले कसैको भोक मेटिन्छ यहाँ सिस्नु पनि भेटिन छाड्यो एकछाकको चिन्ताले घाँटी रेटिन्छ यहाँँ तर तिमीलाई के मतलब छ र ? भोक्मरी बढेर पनि तिम्रो के बिगारेको छ र ? " म गाउँ गाउँमा खान पुर्‍याँउछु " यो भाषणले तिम्रा लागि ताली पिट्ने लाखौँ भोका जन्मेका छन् करोडौँ भोक जन्मेका छन् त्यसैले त तिमी भन्छ...

मानबहादुर

जुत्ता च्यात्तियो ? मानबहादुरले टालिदेला लुगा फाट्यो ? मानबहादुरले सिलाईदेला भारी बढी भयो ? मानबहादुरले बोकिदेला केहि बिग्रीयो ? भनेँ नि, मानबहादुरले बनाइदेला यो गाउँमा जसको जे बिग्रीए पनि बनाइदिन्छ मानबहादुरले तर उसको च्यात्तिएको लुगा च्यात्तिएको मन सिलाईदिने अरु कुनै मानबहादुर छैन खाली हात घर जानुहुन्न छोरछोरी खल्ती छम्न आइहाल्छन् मना रित्तो छैन उसको मात्र खल्ति रित्तो खल्ती देखेर बग्ने सन्तानका आँसुले उसको खल्ती भरिदैँन केवल मन भरिएर आउछँ उ घर नै जादैँन भिजिरहन्छ रातभर भिजिरहन्छ पानीले उसको आँसु बगाइरहन्छ मानबहादुरको आँसु देख्ने अरु कुनै मानबहादुर छैन दाउरा फुक्दा फुक्दा बुढिलाई दम लाग्यो तर अरुको घरसम्म ग्यास सिलिन्डर पुर्याउन बोकिदिने मानबहादुरले आफ्नो घरमा एउटा स्टोभ पनि ल्याउन सकेको छैन अरुको गाडी टिलिक्क टल्काइदिन्छ अनी चुँडिएको चप्पल घिसार्दै घर पुग्छ गाउँको सेवा गर्ने मानबहादुरले आफ्नो सेवा गर्ने कुनै मानबहादुर् पाएकै छैन आफ्नो खेत छैन तर अरुको खेतमा हलो जोतिदिन्छ पाएको एक मुठी चामल  बुढीलाई सम्हालेर राख्न दिन्छ त्यो अनमोल छ...

विश्व एड्स दिवस

( २ वर्ष अघी लेखिएको कविता, खोट भए माफी चाहन्छु )  विश्व   एड्स   दिवस मनाउदैँ छौँ रे हामी खै कहाँ छन् एड्स रोगी ? रोगी जती लुकाएर भोगीहरुलाई रातो रिबन भिराएर " विश्व एड्स दिवस " मनाउदैँ छौँ रे हामि अहँ देखेको छैन मैले त कुनै एड्स रोगि भए पनि भन्ला र कसैले ? " म एड्स रोगी हुँ " भन्दै चिच्याउला र कसैले ? हाम्रै कृपाले हामी छौँ नि महान् ! कसैलाई एड्स हतारको रक्तदानको देन होला हामी भन्छौँ " छि , कता गएर एड्स बोकेर आइस् ! " कसैलाई एड्स अभिभावकको उपहार होला हामी भन्छौँ " छि , कुन अश्लीलातामा मुख जोतेर आइस् ! " यो समाज आफु पवित्र बन्नखोज्छ यो समाज आफु चोखिएर पन्छिन खोज्छ के उसलाई " छि " भन्ने पवित्र होलान् ? आफुले गर्दा " प्रकृतिको नियम " अरुलाई " छी " ? फरका यती हो ती सबको करणी गुप्त छ केवल उसले प्रमाणपत्र पाएको छ एड्स को सायद कुनै टेस्टमा कसैको शरिर पवित...

द्वन्द्व

शान्ति र अशान्ति बिच छ द्वन्द्व         स्वभाव र दुर्भाव बिच छ द्वन्द्व                                                                                                   द्वन्द्वको यहाँ परिभाषा गलत छ                                                                                                 दुइ परिभाषा बिच छ द्वन्द्व शक्ति र कमजोरी बिच छ द्वन्द्व                                         ...

उ पिउँदैछे

किताबको र्यक्मा एउटा बार बनाइ व्हिस्की र रमका बोतल पिउदैँ सम्पूर्ण ज्ञान पेटम पोखि गिलास आधा व्हिस्की आधा आसुँले भरेर लुटिएको इज्जतलाई चीयर्स्! बेचिएको सतलाई चीयर्स्! लोप्पा ख्वाइएको स्वाभिमानलाई चीयर्स्! नारी हुनुको कथालाई चीयर्स्!आज हरेक दु:खलाई गिज्याउँदै लाजसँगै आज लजाउँदै मदिरामाथी पुरुषत्वको ट्याग लगाउने समाजलाई बाहिर घिच्याउँदै घाउमा नुन छर्न तत्पर हातलाई हारको हार चढाउँदै नशामा बग्ने  नशा का थोपाले सबै घाउ सिउदैँछे उ पिउँदैछे चुरोटको धुँवा उड्दैछ धुँवासँग उसको रहरा पनि उद्दैछ खरानी खस्दैछ खरानिसँग उसको अस्तित्व पनि खस्दैछ अनी उसको मन् चुरोटका ठुटाझैँ जल्दै र जलाउदैँ जताततै छरिएको छ बोतल रित्तिदैँछ बोतलसँग उसको आँखा पनि रित्तिदैँछ उसको प्यास मेटिदैँछ प्याससँग यो समाज उसका आँखामा मेटिदैँछ अनी उसको माय सिसिका टुक्राझैँ फुट्दै बिझ्दै र बिझाउँदै लावारिस भएको छ उ भने मर्यादाको बाँध तोड्दै उसलाई सिद्ध्याउने हातहरुलाई  बदलाको उदाहरण बनि बोतलबाट फुत्किएको रक्सिझैँ स्वतन्त्र भएर जिउँदैछे उ पिउँदैछे

म सुक्ष्मकीट झैँ भएछु

म सुक्ष्मकीट झैँ भएछु भएर पनि नभए जस्तो देखिएर पनि अदृश्य जस्तो म सानो होइन तिम्रा आँखाले मलाई हेर्न भ्याएनन् तिमी त ठूलाठूला महल र्हेछौ धरहरा र्हेछौ तर त्यही धरहराबाट कसैलाई हेर्न लगाउ तिमी पनि सुक्ष्मकीट झैँ हुनेछौ म सुक्ष्मकीट झँै भएछु मेरो विनाश गर्नु तिमी आफ्नो माहनता सम्झन्छौ मलाई पलपल जलाउन खोज्छौ मेरो पिडामा तिमी खुशी हुन्छौ मेरा अनेकौँ खतरा कल्पना गरी तिमी मेरा अवशेष पनि बाँकी राख्दैनौ तर जब मेरो आवश्यकता हुन्छ तिमीले चाहेर पनि मलाई भेट्टाउने छैनौ म सुक्ष्मकीट झैँ भएछु प्रयोगशालामा भेटिन्छु प्रयोग गरेर तिमी ठूलो बन्छौ अन्त्यमा मलाई तिक्ष्ण भन्छौ तिमी मलाई हेप्दै जान्छौ मबाट टाढिँदै जान्छौ तर याद राख जब समय आँउछ तब कसैको प्राण लिन एउटा सुक्ष्मकीट नै काफी हुन्छ..........      

डिभाइडरले भाइटिका मनायो

मैले एउटा डिभाइडर देखेँ पहेँलो डिभाइडर, सुनौलो थियो क्यारे खासै त याद भएन तर आज मैले एउटा डिभाइडर देखेँ कहिल्यै नओइलाउने मखमली र रङ्गबिरङ्गी गोदावरीको मालाले ठाँटिएको त्यो डिभाइडर निधारमा सप्तरङ्गी टिका त थिएन न त कसैलाई सगुन दियो त्यसले तर बहिनीको मायाको ख्याल नगरी त्यो मायाको मालाको मजाक बनाइ डिभाइडरलाई लगाइदिँदै हिँडने कैयौँ मध्य कुनै एकको कारण त्यो डिभाइडरले आज भाइटिका मनायो ति कैयौँ मध्य कुनै एकको दिदीको त्यो डिभाइडरले भाइ बन्न पायो आज त्यो डिभाइडरले भाइटिका मनायो पाए त म पनि त्यो डिभाइडरलाई भाइ बनाइदिन्थेँ सगुनको लोभ छैन मलाई तर त्यसलाई दिदीको स्नेहले भिजाइदिन्थेँ तर म त त्यसको दिदी बन्न सक्दिनँ मेरो भाइ अहिले सानै छ दिदीले लगाइदिएको माला साह«ै राम्रो लाग्छ उसलाई खोई ? कुनै दिन ठूलो त होला नि त्यो मालाले घोच्ला नि अनि उ पनि डिभाइडरलाई माला समर्पित गर्दै मखमलीको दाम्लोबाट मुक्त हुन खोज्ला त्यो दिन मैले पनि एउटा डिभाइडर भाइ पाउनेछु जसले बदलामा सेल–रोटी खोज्दैन जसलाई मालाले कहिले घोच्दैन डिभाइडरलाई माला लाइदिन त पाइन्छ तर निधार खाली भएका ती भाइ जसलाई मखमलीको मालाले नघोचेको धेरै भयो...

हे जानकी !

हे जानकी ! तिमी र म एउटै जात एउटै धर्म एउटै रगत एउटै माटो तिमी र म कहाँ फरक छौँ  र ? तिमीले दुःख नपाएको होइन मैले पनि सुख पाएको होइन नेपालकी चेलीको कर्मै यही रहेछ तिमीले रामायण जहाँ छाडेकी थियौ मेरो कथा पनि त्यहीँबाट सुरु हुन्छ आउ न आफ्नै आँखाले हेर मेरो जन्म तिम्रो जस्तै छ मेरी आमाले पनि मलाई समाजको डरले धरतीले तिमीलाई लत्याएजस्तै एउटा फोहोरको डिब्बामा मिल्क्याइन् तिमी भने राजपुत्री भयौ म भने एउटा गरिब घरकी चेली भएँ तिमी स्वयंवरमा सजाइयौ म ठालूका आँखामा सजाइएँ तिमीलाई बहादुरीले जितेर लग्यो मलाई पैसाले जितेर लगे हे जानकी ! तिमी कि जनकपुत्री जानकी बन्यौ कि रामप्रिया सिता मेरो नागरिकता पनि पिता र पतिमा अडेको छ आउ न आफ्नै आँखाले हेर सुखशयलको जीबन छाडी पतिसँगै वनवास लाग्यौ इच्छाआकांक्षा मार्ने तिम्रो बानीले मलाइ पनि कहाँ छाडेको छ र ? तर यो त तिम्रो बानी होइन बाध्यता रहेछ माइतमा पिताको आज्ञाा र घरमा पतिको आदेश मेरो पनि सास यति मै खुम्चिएको छ तिमी वनवास लगिएझैँ म पनि सिमानापारि कुनै कोठीको वासमा बेचिन्छु आउ न आफ्नै आँखाले हेर सुन्दरता तिम्रो लागि अभिशाप नै बनेको थियो हे जानकी ! म पनि कहा...