कुनै दिन चुनेको त्यो अग्लो गन्तव्य कल्पनामा कति सुन्दर, मनमोहक ! अरु पुगेक्क देख्दा रहरै लाग्ने त्यही सपनालाई जीवन राखेँ बन्धक जब पाइला सारेँ, अरुझैँ सरेनन् मेरा भागमा परे सबै बन्धन यात्रा त सहज कसको पो हुन्छ र अझ अवरोध बन्यो आफ्नै धड्कन उत्साहित बनाउने त्यो सपना खै कुन्नी कहिले निन्द्रा उडाउने दुस्वप्न बनेछ आफ्ना पाइला हेरुन्जेल सबै ठिकझैँं लाग्ने वरपर हेरे आफू असक्षम भयभित कदम भाग्न खोज्छन् विपरित दिशामा त्यही दुख:ले बरु अघि सरे.... म पनि त एकदिन पुग्नेछु त्यहाँ मेरो गन्तव्य मेरो भविष्य छ जहाँ समय लागोस् कम या बेसी के फरक पर्छ र, म पुगेपछी! कहाँ पुगे अरु, म रहिरहेँ पछि मेरो हर एक सास दिँदा दिँदै पनि उछिने मलाई सँगै र पछिका कतिले म थाक्दै खोजिरहेँ अर्को बिसौनी सुरुवातमै यदि विलम्ब भो बदलिन्न अब समय जति दौडे पनि नजर केवल अडाउनु छ बाटोमा होडबाजीमा लागे आफैँलाई हानी सुस्त सुस्त बढिरहने त्यो कछुवा अनि अनायासै रोकिइरहने खरायो पनि म यो कथा मा न जित छ न हार छ मेरो प्रतिस्पर्धी आखिर म नै त हो नि बेमौसम कुनै फूल फूल्दै फूल्दैन मेरो मौसम आउनै बाँकी छ..... म पनि त एकदिन पुग्नेछु त्यहाँ मेर...