Skip to main content

Posts

Showing posts from February, 2015

म सधैं मुस्कुराइ रहनेछु आकृति !

चार काँधमध्ये मेरो पनि एक थियो । तर, आफैँले बोकेर घाटसम्मको बाटो पहिल्याए पनि त्यो मुहार हेरेको छैन मैले । पाइलाको गणितमा टाढै छु म, जहाँ उसको शरीर अनेक कर्मकान्डको भागिदार बन्दैछ । थाहा छैन, त्यो मुहार अन्तिम पटक हेर्न मैले पाइनँ, चाहिनँ, या सकिनँ । “बाबु,तिमी न्यौपाने सरको छोरा होइनौं ?” बसको झ्याल बाहिरबाट कसैले अचानक यो प्रश्न गर्दा केही बेर त अकमक्किएँ म । २०६० साल । ८ मा पढ्दैथिएँ म । घरबाट टाढा काठमान्डुमा मेरो पहिलो साल, मामाघर बुटवलमा दशैँ मनाएर फर्कँदै थिएँ । आफ्नै गाउँ, आफ्नै ठाउँ । सानै थिएँ रे, त्यसैले नाइटबस छोडेर बिहानै ५ः३० को बस रोजियो । मामालाई पाल्पा जानुथियो, म पहिलो पटक त्यती लामो यात्रा गर्दैथिएँ । झोलामा वाईवाईका तीन प्याकेट,एक बोतल पानी, आधा लिटरको फ्यान्टा, एउटा टेस्टी बिस्कुट र मनमा केही डर लिएर कुर्दै थिएँ । बसका चक्काले आफ्नो कर्तव्य सम्झिने समय आउन अझै १५ मिनेट थियो । त्यतिखेरै झ्यालबाट त्यो आवाज, जवाफमा “हो” भनेँ मैले। “एक्लै जान लागेको? छेउको सिटमा कोही छैन?” बिहानको बस, खासै मान्छे थिएनन् । “खै अहिलेसम्म त कोही बसेको छैन ।” त्यत...