Skip to main content

Posts

Showing posts from September, 2019
"तीजको लहर आयो बरी लै!.." सायद पल्लो घरको रेडियोमा होला घन्किएको। महिना दिन देखि घन्किरहेका स्पिकरको भिडमा त्यो रेडियो अनि "हामी पनि नाच्नु पर्छ बिचबिचमा" को बिचमा कमै सुनिने कन्यादानको यो गीत। आजको बिहानी फ्ल्याशब्याकको लहर ल्याउने नियतले नै मेरो आँगनमा आएको जस्तो लाग्दैछ। "हो, सधैँ यसरी छोरी मान्छे जसरी चिटिक्क परेर बसे पो राम्री देखिन्छ। सधैँ कपालै नकोरी, स्पोर्ट्स सुज लगाएर खुट्टा बजाउँदै हिँडेर हुन्छ?" आमालाई आफ्नो सन्तान दुनियाँमा सबैभन्दा राम्रो लाग्छ रे भन्छन्। सन्तान जस्तो देखिए पनि आमाले राम्रो देख्छिन् रे, जति मोटाए पनि आमाले सन्तान दुब्लाएकै देख्छिन् रे पनि भन्छन्। भन्नेले मेरी आमालाई चिन्दैनन् सायद। मेरी आमाका धेरै सपना छन् मसँग जोडिएका; मैले प्रगती गरुँ, धेरै पढुँ, ठुली मान्छे बनुँ, कमाएर बाबाआमालाई पाल्न सकुँ, राम्रो घरमा बिहे गरुँ आदि इत्यादि । तर सबैभन्दा ठूलो सपना भने मैले घरबाट निस्किनु अघि ऐना हेरुँ; फुक्का मुहार, निन्द्रा नपुगेका आँखा र रङ्गहिन ओठहरुमा रङ्ग भर्ने रसायन लगाउँ र टोलका केटाहरु नै तर्सिने गरि हात हल्लाउँदै, जुत्ता बजा...