Skip to main content

Posts

Showing posts from November, 2014

अबोर्सन

          " हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका तँ KMC जा, टिकेट काट् , डक्टरको मा जा, जेसुकै गर्, तर प्रेग्नेन्सी को टेस्ट गराएर आइज । "          मेरो मन अझै मान्न तयार छैन कि म गर्भवती छु । असारको पहिलो सातामा हामी बहकियौँ । यती अचानक भयो त्यो सब कि न सुरक्षित हुने हेक्का थियो न समय नै । आइपिल किनेर उसले मलाई जब ख्वायो , ढुक्क थियौँ हामी । त्यसबिचको एक महिनामा यती सब भयो कि ती दुइ चक्किमाथी आँखा चिम्लिएर बिश्वास गरेझैँ बिर्सियौँ सब । जब होशमा आएँ, तब याद आयो महिनावारी रोकिएको, अनि झास्किएँ । रोकिएको महिनावारिले हाम्रो रोकिएको बोलचाल भने ब्युँझाइदियो, तर यहाँ खुशी हुने कारण छैन ।         " तर सबिन, मैले दुइपटक टेस्ट गरिसकेँ किट किनेर, दुबै पटक नेगेटिभ भनिसक्यो,तर पनि तँ किन म प्रेग्नेन्ट छु भनिराख्छस् ? "        ...

द्वन्द्व

शान्ति र अशान्ति बिच छ द्वन्द्व         स्वभाव र दुर्भाव बिच छ द्वन्द्व                                                                                                   द्वन्द्वको यहाँ परिभाषा गलत छ                                                                                                 दुइ परिभाषा बिच छ द्वन्द्व शक्ति र कमजोरी बिच छ द्वन्द्व                                         ...

उ पिउँदैछे

किताबको र्यक्मा एउटा बार बनाइ व्हिस्की र रमका बोतल पिउदैँ सम्पूर्ण ज्ञान पेटम पोखि गिलास आधा व्हिस्की आधा आसुँले भरेर लुटिएको इज्जतलाई चीयर्स्! बेचिएको सतलाई चीयर्स्! लोप्पा ख्वाइएको स्वाभिमानलाई चीयर्स्! नारी हुनुको कथालाई चीयर्स्!आज हरेक दु:खलाई गिज्याउँदै लाजसँगै आज लजाउँदै मदिरामाथी पुरुषत्वको ट्याग लगाउने समाजलाई बाहिर घिच्याउँदै घाउमा नुन छर्न तत्पर हातलाई हारको हार चढाउँदै नशामा बग्ने  नशा का थोपाले सबै घाउ सिउदैँछे उ पिउँदैछे चुरोटको धुँवा उड्दैछ धुँवासँग उसको रहरा पनि उद्दैछ खरानी खस्दैछ खरानिसँग उसको अस्तित्व पनि खस्दैछ अनी उसको मन् चुरोटका ठुटाझैँ जल्दै र जलाउदैँ जताततै छरिएको छ बोतल रित्तिदैँछ बोतलसँग उसको आँखा पनि रित्तिदैँछ उसको प्यास मेटिदैँछ प्याससँग यो समाज उसका आँखामा मेटिदैँछ अनी उसको माय सिसिका टुक्राझैँ फुट्दै बिझ्दै र बिझाउँदै लावारिस भएको छ उ भने मर्यादाको बाँध तोड्दै उसलाई सिद्ध्याउने हातहरुलाई  बदलाको उदाहरण बनि बोतलबाट फुत्किएको रक्सिझैँ स्वतन्त्र भएर जिउँदैछे उ पिउँदैछे