Skip to main content

उ पिउँदैछे

किताबको र्यक्मा एउटा बार बनाइ
व्हिस्की र रमका बोतल पिउदैँ
सम्पूर्ण ज्ञान पेटम पोखि
गिलास आधा व्हिस्की आधा आसुँले भरेर
लुटिएको इज्जतलाई चीयर्स्!
बेचिएको सतलाई चीयर्स्!
लोप्पा ख्वाइएको स्वाभिमानलाई चीयर्स्!
नारी हुनुको कथालाई चीयर्स्!आज हरेक दु:खलाई गिज्याउँदै
लाजसँगै आज लजाउँदै
मदिरामाथी पुरुषत्वको ट्याग लगाउने
समाजलाई बाहिर घिच्याउँदै
घाउमा नुन छर्न तत्पर हातलाई
हारको हार चढाउँदै
नशामा बग्ने  नशा
का थोपाले
सबै घाउ सिउदैँछे
उ पिउँदैछे

चुरोटको धुँवा उड्दैछ
धुँवासँग उसको रहरा पनि उद्दैछ
खरानी खस्दैछ
खरानिसँग उसको अस्तित्व पनि खस्दैछ
अनी उसको मन्
चुरोटका ठुटाझैँ
जल्दै
र जलाउदैँ
जताततै छरिएको छ
बोतल रित्तिदैँछ
बोतलसँग उसको आँखा पनि रित्तिदैँछ
उसको प्यास मेटिदैँछ
प्याससँग यो समाज उसका आँखामा मेटिदैँछ
अनी उसको माय
सिसिका टुक्राझैँ
फुट्दै
बिझ्दै र बिझाउँदै
लावारिस भएको छ
उ भने
मर्यादाको बाँध तोड्दै
उसलाई सिद्ध्याउने हातहरुलाई 
बदलाको उदाहरण बनि
बोतलबाट फुत्किएको रक्सिझैँ
स्वतन्त्र भएर जिउँदैछे
उ पिउँदैछे


Comments

  1. मदिरामाथी पुरुषत्वको ट्याग लगाउने
    समाजलाई बाहिर घिच्याउँदै
    घाउमा नुन छर्न तत्पर हातलाई
    हारको हार चढाउँदै
    नशामा बग्ने नशा
    का थोपाले
    सबै घाउ सिउदैँछे
    उ पिउँदैछे




    एकदम राम्रो छ । ;)

    ReplyDelete
  2. धन्यवाद, पढिदिनु भएकोमा र मनपराइदिनु भएकोमा :)

    ReplyDelete
  3. उत्कृष्ट लाग्यो आगामी दिनमा अरु यस्तै रचनाहरु पढ्न पाईयोस मेरो शुभकामना ।

    ReplyDelete
  4. चियर्स! भाव सै छ..

    ReplyDelete
  5. नारी हुनुको कथालाई चीयर्स्!आज हरेक दु:खलाई गिज्याउँदै
    लाजसँगै आज लजाउँदै
    मदिरामाथी पुरुषत्वको ट्याग लगाउने
    समाजलाई बाहिर घिच्याउँदै
    घाउमा नुन छर्न तत्पर हातलाई
    हारको हार चढाउँदै
    नशामा बग्ने नशा
    का थोपाले
    सबै घाउ सिउदैँछे
    उ पिउँदैछे

    राम्रो छ

    ReplyDelete

Post a Comment