शान्ति र अशान्ति बिच छ द्वन्द्व
स्वभाव र दुर्भाव बिच छ द्वन्द्व
द्वन्द्वको यहाँ परिभाषा गलत छ
दुइ परिभाषा बिच छ द्वन्द्व
शक्ति र कमजोरी बिच छ द्वन्द्व
मन र मस्तिष्क बिच छ द्वन्द्व
मानिसको पाइला र त्यसमुनिका
निर्दोष किरा बिच छ द्वन्द्व
सारा लक्ष्य बिच छ द्वन्द्व
सारा बिचार बिच छ द्वन्द्व
जीवनमा कैयौँ मोड आउँछन्
हरेक मोड बिच छ द्वन्द्व
हरेक अस्तित्व बिच छ द्वन्द्व
हरेक स्वामित्व बिच छ द्वन्द्व
यो धर्तीमा बाँच्न खोज्ने
हरेक प्राणी बिच छ द्वन्द्व
हरेक मन बिच छ द्वन्द्व
हरेक आत्मा बिच छ द्वन्द्व
त्यही आत्मालाई शुद्ध पार्न
चलिरहेको होड बिच छ द्वन्द्व
छानेर अब सारा द्वन्द्व
यहाँ मेटाउन तिनलाई चलिरहेछ द्वन्द्व
अब सोचमग्न छौँ, लिइ मुस्कान मन्द
कहाँ – कहाँ चलिरहेछ द्वन्द्व
Comments
Post a Comment