” अनामिका, प्लिज बिलिभ मि ! म साँच्चै माया गर्छु तिमिलाई। “ ” सट अप सन्देश! तिम्रो कुरा पत्याउँ म? मलाई त थाहा पनि छैन तिमी को हौ। अनि यो म्यासेज पठाउने के साच्चै सन्देश नै हो? “ ” नरिसाउ न प्लिज! म फोन गर्छु तिमिलाई पर्ख। “ ” अहँ, मलाई कुरा गर्नुछैन। जति दुःख दिनुथियो दिईसक्यो तिम्रो आवाजले मलाई। “ भाइबरको फेरि अर्को ” टुङ टुङ ” लाई बेवास्ता गर्दै मोवाईल डाटा अफ गरेर छेउ लगाएँ मोबाइललाई । पाप्रो उप्किएर छाला जस्ताको तस्तै भएपनि रहिरहने सानो दागजस्तै सोचेको सानो अतित त आखिर पाप्रो उप्काँउदैमा रगत बग्ने हालतमा पो रहेछ। नराम्ररी कोट्याईदियो घाउ आज, त्यो फोनकलले। अनि भाइबरमा यि म्यासेज! फोन कलमै अल्झिएको मेरो जिवन. . . उफ्! म सम्झिन चाहन्नँ, तर पनि लाग्छ अझ उहि टेबलमा छु, उहि सत्यको सामुन्ने! खोई किन बचाएर राख्छ कसैले चल्न छाडेको नम्बर, खोई किन भाइबरमा खोज्छन अनि उथलपुथल पारिदिन्छन् एकनासले अघी बढीरहेको जिवन । टेबलमा फ्राईड राईसले भरिएको एउटा प्लेट अनि त्यसमा एक-एक काँटा अल्झाएर अलमलिएका म र प्रनित! भेज फ्राईड राईसमा चिकेनका टुक्रा खोजेझैँ म त्यहाँ उसक...