बढ्दै छ त बढ्न देउ
तिम्रो के बिग्रीएको छ र ?तिमी त आफ्नो महल मा
आफैँ हराएझैँ छौ
तीनजना लाई तीनसय कोठा
फालाफाल
मालामाल
तिम्रो चर्पी जत्रो पनि नहोला
कसैको घर यहाँँ
तिम्रो जुत्ता राख्ने र्याक जत्रो
झुपडिमा कोचिएर
तीस फोक्सो सास फेर्छन यहाँँ
तर तिमीलाई के ?
जनस्ंख्या बढेर पनि
तिम्रो के बिगारेको छ र ?
बरु तिम्रा नोकर चाकर
सुसारे बढेका छन्
गरीबी बढेर पनि
तिम्रो के बिगारेको छ र ?
बरु तिम्रा अघी जोडिने
करोडौँ हात थपिएका छन्
अनी त
तिमी भन्छौ
"बढ्दै छ त बढ्न देउ"
बढ्दै छ त बढ्न देउ
तिम्रो के बिग्रीएको छ र ?
तिमी त खजाना लुट्न मै
व्यस्त छौ
मस्त छौ
विदेशी होटेलका किराफट्याङ्रा चाख्दैछौ
तिम्रा ठुल्ठुला कुकुरले
फाल्ने खानाले
कसैको भोक मेटिन्छ यहाँ
सिस्नु पनि भेटिन छाड्यो
एकछाकको चिन्ताले
घाँटी रेटिन्छ यहाँँ
तर तिमीलाई के मतलब छ र ?
भोक्मरी बढेर पनि तिम्रो के बिगारेको छ र ?
" म गाउँ गाउँमा खान पुर्याँउछु "
यो भाषणले तिम्रा लागि ताली पिट्ने
लाखौँ भोका जन्मेका छन्
करोडौँ भोक जन्मेका छन्
त्यसैले त तिमी भन्छौ
"बढ्दै छ त बढ्न देउ"
तिम्रो के बिग्रीएको छ र ?
तिमी त खजाना लुट्न मै
व्यस्त छौ
मस्त छौ
विदेशी होटेलका किराफट्याङ्रा चाख्दैछौ
तिम्रा ठुल्ठुला कुकुरले
फाल्ने खानाले
कसैको भोक मेटिन्छ यहाँ
सिस्नु पनि भेटिन छाड्यो
एकछाकको चिन्ताले
घाँटी रेटिन्छ यहाँँ
तर तिमीलाई के मतलब छ र ?
भोक्मरी बढेर पनि तिम्रो के बिगारेको छ र ?
" म गाउँ गाउँमा खान पुर्याँउछु "
यो भाषणले तिम्रा लागि ताली पिट्ने
लाखौँ भोका जन्मेका छन्
करोडौँ भोक जन्मेका छन्
त्यसैले त तिमी भन्छौ
"बढ्दै छ त बढ्न देउ"
दामी छ.
ReplyDeleteits really nice
ReplyDeletegood
ReplyDelete