पहेँला ति पात पत्रपत्र उडेर कतै हावाको लहलहैमा सायद आकाश चुम्ने आशमा वेगले हुर्रिएका अचानकै थाकेका यताउता बरालिँदै आशाहरु विपरित बिस्तारै बिस्तारै नचाहँदा नचाहँदै जमिनलाई चुम्न पुगे ओइलाएका ति चुम्बनले सकम्बरीझैँ ! सुकेरै टुक्रँदा हुन् कति कती आफ्नै आँशुले कठै भिजेर कुहिँदा हुन् कती अझै हावाको भर नछाडि अँगालीँदै सँगै बरालिरहँदा हुन् कती न आफुलाई कठै बचाउन सक्दा हुन् पाइलाका डामसँगै कहिल्यै नउठ्ने गरि पराजित लड्दा हुन् जमिनमै बिलाउँदा हुन्! तर एक यस्तो हुँदो हो बचाइरहँदो हो आफुलाई कुन्नी कुन नियतीका लागी घाममा पनि नसुक्दो हो झारिले पनि नरुझ्दो हो आँधी हुरिमा पनि अटल! चुपचाप् उही रुखको फेदमा हेरिरहँदो हो खुशी हरिया पातलाई सम्झिरहँदो हो आफ्ना दिन् बस् हेरिरहँदो हो आँसु बग्ला समयले ठग्ला र पनि पर्खिरहँदो हो थाहा छ उसलाई न उ सक्छ ना सक्छ कसैले झरेको पातलाई फेरी उठाएर रुखमा टाँसिदिन असम्भवकै आशमा मौन प्रयासमा पर्खिरहनेछ उ नओइलाउन्जेल् पर्खनेछ फर्कन!