‘यति प्रेसर छ नि पढाइको । तँसँग त घर–परिवार छ । कमसे कम आफ्नै देशमा छस् । यहाँ त पढाइको प्रेसर अलग, घरको न्यास्रो अलग !’
‘जहिले यस्तै सेन्टी कुरा गरेर बस् । त्यस्तोे मान्छे किन विदेश जानुप¥यो त ? नेपालमा मेडिकल कलेजको कमी थियो र ? आखिर जता गए नि पैसै तिरेर पढ्नु रैछ । नेपालमै पढ्नुपथ्र्याे त त्यस्तो मान्छेले, के सधैँ किचकिच गरि’रा होला ?’
सोच्थेँ, अरूले बुझोस्, नबुझोस् । यही एउटा साथी छ, मलाई बुझ्ने । तर, यसले पनि पन्छाइदियो । अँ, मेरै गल्ती होला सायद । रहर नै होला मेरो यति टाढा आउने । सधैँ बिदेसिनेको मात्र गल्ती जो देख्छन् यहाँ ।
‘आमा, म त कहिले विदेश जान्नँ ।’
न कसैले कहिल्यै जा भनेको थियो, न त नजा नै । तैपनि सानैदेखिको अठोट थियो यो मेरो । घरबाट एकरात पनि अन्त कतै बिताएको थिइनँ । अचम्म लाग्थ्यो, साथीहरू कसरी घर छाडेर राजधानी आएका होलान् ! मसँग त त्यति पनि हिम्मत थिएन । र, थाहा थियो, बुवाआमासँग त्यति पैसा थिएन, अरूलाई झैँ विदेश पठाउने । अनि, झन् मजबुत बन्दै गयो त्यो अठोट ।
प्रवेश परीक्षा सकेर बाहिर मात्र के निस्किएँ, ओइरो लाग्यो प्रोस्पेक्टस बाँड्ने हातहरूको । यसो हेरेँ, विदेशी कलेजका पर्चा, अठोट सम्झिएँ । अनि, वास्ता नगरी सरासर अगाडि बढेँ, परीक्षा केन्द्रबाहिर हातमा बटुलेका कलेजबारे पर्चा र परीक्षाबारे प्रश्न लिएर उभिएकी आमातिर ।
‘कस्तो भयो जाँच ?’
‘ठीकै, स्कलर्सिप त आउँदैन । तर, त्यति नराम्रो नि हुँदैन माक्र्स ।’
‘अस्ति टियुको दिँदा पनि त्यही भनिस् । ल छोड्, यसपालि पैसै तिरेर भए पनि पढाउँछौँ भनेकै छौँ त । हिँड अब ।’
अँ, पेइङमा पढाउने कुरा त पोहोर साल पनि भएकै हो । मेरो नतिजा त धेरै राम्रो थियो । तर, अरूको अंक मेरोभन्दा धेरै थियो । अनि, फुत्कियो स्कलर्सिप । कुरा चल्यो पैसा तिरेर पढ्ने । समस्या थियो त केवल पैसाको । समाधान थियो, घरै धितोमा राख्ने ।
‘ह्या, पढ्नु छैन मलाई मेडिकल–सेडिकल । तपाईंहरूको सानैदेखिको किचकिचले त हो पढ्न लागेको । आफ्नो सपना ममाथि नथोपार्नुस् !’
त्यो सपना जति बुवाआमाको थियो, त्यति मेरो पनि । तर, जसोतसो पैसा जम्मा गरेर, वर्षाैं लगाएर बनेको घरको अगाडि मेरो सपना केही थिएन । घरको मायाले आफू नराम्रो बनिदिएँ ।
सम्झनासँगै बगेछु, भर्खरै १२ सकिएपछिको मेडिकल पढ्ने उत्साहका दिनहरूतिर । छेउमा थियो, एनोटोमीको किताब । अँ, गाह्रो छ यो पढाइ । तर लाग्छ, म यसैका लागि बनेको हुँ । त्यतिबेला घरमा झुटो त बोलिदिएँ । तर, सत्य र सपना लुकाएर कहाँँ लुक्छन र ?
‘मलाई थाहा छैन, तैँले किन ढाँटिस् । तर, आमासँग कुरा लुकाउन सकिँदैन बाबु ! मेडिकलमा रहर छैन भनेर जुन विषय छानिस्, त्योसँग कुनै नाता नै छैन तेरो । बाध्यताले पढ्दै छस् । निसासिँदै छस् तँ । मलाई ख्याल छ, सेतो कोट लगाएर फेसबुकमा फोटो हाल्ने आफूसरहका साथी देख्दा तँलाई कस्तो हुन्छ । मसँग किन कुरा लुकाउँछस्, भन् त ? झर्किंदैमा के तेरो मुखको आवाज त्यति ठूलो पहाड बन्छ, त्यो तेरो मनको आवाज तेरी आमासम्म आउन छेकोस् ? भन् त किन ढाँटिस् ?’
खै कुन्नि कताबाट भक्कानो फुट्यो । सानो छँदा आमाको पछ्यौरीमा मुख लुकाउँदै रोएझैँ मनको व्यथा लुकाउन खोजेँ ।
‘आमा, मलाई घर धितो राख्ने मन थिएन ।’
‘घर त अर्को पनि बनाउन सकिन्छ । रुन बन्द गर् अब । यो वर्षका मेडिकल इन्ट्रान्स नजिक आइसक्योे, दिँदैनस् ?’
‘तर, मैले त केही तयारी नै गरेको छैन । पोहोर साल त्यत्रो नम्बरले त पुगेन स्कलर्सिपलाई । अहिले त झन् के पुग्ला !’
‘नआओस् न त स्कलर्सिप ! हामी पढाउन सक्दैँनौ र तँलाईं ? मैले र बुवाले कुरा गरिसक्यौँ । पुर्खाको एउटा जग्गा थियो मुद्दामा फसेको, मुद्दा मिलिसक्यो । हाम्रो भागमा पनि अलिकति आउँछ । तँ चिन्ता नगर् । ध्यान दिएर पढ् मात्रै ।’
कति सजिलै बुवाआमाले मेरो मनको र भविष्यको सबै चिन्ता आफैँ लिनुभयो । त्यो समय मैले केवल पढ्नु थियो । तर डर यो थियो, अरूले झैँ मैले तयारीमा समय दिएको थिइनँ ।
नतिजाको पर्खाइमा दिन त्यसै बित्दै थिए । अनि, पालैपालो दुवैतिरको नतिजा आयो, सोचेजस्तै । दुवैमा पेइङमा पढ्न पाइनेसम्मको अंक थियो । समय आयो कलेज छान्ने । वास्तवमा कलेजले मलाई छान्नुपर्ने थियो ।
नतिजा आइसके पनि सिट निर्धारण भएको थिएन । केही दिन भर्ना नखोल्ने आदेश थियो सबै कलेजलाई । त्यसैले फुर्सदमा फेसबुकको भित्ता चहार्दै थिएँ ।
अचानक एउटा स्टाटस् देखेँ, ‘कति लामो लाइन हो यो, मेडिकल कलेजमा । भर्ना गर्न नि कति कुर्नुपर्ने : फिलिङ टायर्ड ।’
हत्तपत्त कमेन्ट गरेँ, ‘ओइ, भर्ना खुलेको नोटिस त आछैन कतै…’
‘खै, खुलिसक्यो, म त यतै छु ।’
बुवालाई सुनाउन दौडिएँ । सायद नियमविपरीत भर्ना लिँदै थिए । तर, सिट फुत्केला कि भन्ने डरमा दौडिनुभो बुवा, कलेजतिर । यो त्यही कलेज थियो, जो घरबाट नजिक भएकाले हाम्रो प्राथमिकतामा थियो । त्यसैले फुत्किएला कि भन्ने डर थियो ।
फर्किंदा बुवा केवल उदास मन र हातमा पर्चा लिएर आउनुभयो ।
‘भर्ना खोलिसकेछन्, आदेश नआए नि । तर, भर्ना गर्न सकिन्नँ । ४२ लाख एकैपटक तिर्नुपर्ने रे । नत्र सिट फुत्कने ।’
‘फि–लिस्टमा किस्तामा पनि तिर्न मिल्ने लेखेको थियो त ।’
‘खै, अहिले छैन भन्छन् ।’
फेरि उदास मन लिएर लागेँ, फेसबुकतिर । विदेशमा पढिरहेका साथी मलाई फकाउँदै थिए, सस्तो हुन्छ, आइज भन्दै । ‘सिन’ गर्दै छोडिरहेँ… ।
केही दिनपछि भर्ना खुल्यो । पत्रिकामा खबर देख्नासाथ दौडादौड सुरु भो । प्राथमिकतामा दोस्रो राखेको कलेज पुग्यौँ ।
‘माक्र्स कम छ, भर्ना हुँदैन ।’
कम ? युनिभर्सिटीले तोकेको पास मार्कभन्दा त निकै बढी थियो मेरो अंक । जब युनिभर्सिटीले नै भनेको छ, यति अंक ल्याएको विद्यार्थीले मेडिकल पढ्न पाउनेछ, तब कसरी असक्षम भएँ म ?
दौडिने उत्साह थिएन । तर, टाढा जानु थियो, अर्को कलेजमा । त्यहाँँ पुग्दा थाहा भयो, होस्टेल बस्नु अनिवार्य रहेछ । मैले लामो समयका लागि त्यसअघि घर छोडेको थिइनँ । तर, पढ्नका लागि त्यही अन्तिम विकल्प थियो । त्यसका लागि पनि तयार थिएँ । फेरि होस्टेलको सम्पूर्ण खर्च एकमुष्ठ तिर्नुपर्ने रे ! बैनाका लागि जसोतसो यताउताबाट पैसा जुटाएँ । २० लाख पुग्थ्यो होला, तर पहिलो किस्ता नै २२ भन्दा कम थिएन ।
समय बित्दै थियो । घरनजिक पर्ने कलेजले कतै किस्ताको सिस्टम राख्यो कि ? यही आशमा गयौँ त्यहाँँ, सीधै कुनै ठूलो मान्छे कहाँँ पठाइयो ।
‘हेर्नुस्, हाम्रो सिट त सबै प्याक भइसके । अब त्यही विदेशीलाई दिने सिट बाँकी छ, ५०–६० लाखको । भ्यालीकै हुनुहुँदो रैछ, एउटा घडेरी सुटुक्क बेचेर किने भैहाल्यो नि त्यति त ।’
मेडिकलको सिट बेच्दै थियो ऊ, सर्टेजमा ग्यास महँगोमा बेचेझैँ । कति सजिलै भन्यो उसले । मानौँ उपत्यकामा हरेक मान्छे जन्मँदा हातमा लालपुर्जा लिएर जन्मिन्छन् । चुप बसिरहनु सम्भव थियो, बोल्नुको के अर्थ ? बाहिर निस्कियौँ । जाँदाजाँदै रिसेप्सनअघि बोर्डमा देखेँ भर्ना भएका विद्यार्थीको लिस्ट । यसो हेरेँ, टन्नै सिट खाली रहेछन् । त्यही तस्बिर आँखामा लिएर निस्किएँ ।
उपत्यकामा पढ्नु अब सम्भव देखिएन । मुटु दरो बनाउनुपर्ने थियो । हो, मैले उपत्यका छाड्नैपर्ने थियो ।
फि–लिस्टबाट कलेजको वेबसाइट हेर्दै तीनका काठ्मान्डु अफिसका ठेगाना बटुल्यौँ । चहा¥यौँ— पुतलीसडक, बागबजार क्षेत्रका अग्ला घरका तला–तला । हरेक कलेजको अफिस पुग्यौँ । कतै ‘एन्नुअल फी’को नाममा १० लाख थपिने, कतै के, कतै के । हेर्दाहेर्दै पहिलो किस्ता नै २५–३० लाख पुग्ने देखियो, हरेक कलेजमा ।
अन्तिम कलेज बाँकी थियो, गयौँ झिनो आश लिएर ।
‘हामीले बढी पैसा लियौँ रे ? कुन कलेजले सस्तोमा बेच्छ र सिट ? पैसा तिर्न नसक्ने मान्छे के छोरालाई मेडिकल पढाउने आँट्नुभएको ? यति पैसा तिर्न नि कन्जुसी गर्ने भए त छोरा डक्टर बन्दैन कहिल्यै ।’
असैह्य भयो, बुवालाई तानेर बाहिर निस्केँ म । ढोकाबाहिर पुग्न नपाउँदै एक हुल आएर गेटमा ताल्चा मार्ने तयारी गरे ।
‘ए–ए, के गरेको यो ?’ आत्तिदैँ निस्कियो त्यो मान्छे ।
‘आदेश आ‘छ पार्टीबाट, सब मेडिकल कलेजमा ताला लगाउने ।’
साँच्चै यति रिस रहेछ मभित्र कि मनमनै सबलाई खुच्चिङ भन्दै थिएँ ।
‘हो, ठीक गर्नु भो, यस्तै गर्नुपर्छ यी सब चोरहरूलाई,’ बुवाको कुण्ठा अचानक व्यक्त भयो । ती बन्दकर्ताले हाम्रो मर्म बुझ्दैनथे । तर, समर्थन पाएर दंग परे ।
घर दिन प्रतिदिन कसैको शोकमा डुबेझैँ शून्य हुँदै थियो । भो पढ्दिनँ, भनुँ भने उही कथा दोहोरिन्थ्यो । नयाँँ दुई कलेज पनि नाम नचलेकै होस्, पूर्वाधार नहोस् । तर, टन्न पैसा माग्न भने नलजाउने । त्यो बजारमा जति नयाँ कलेज आए, उति नै बढ्थे मलजस्ता भवन, व्यापारी र व्यापार ।
हातको फी लिस्ट हेरेँ । कलेजको वेब एड्रेसबाहेक केही साँचो लागेन, च्यातिदिएँ । बढेँ डस्टबिनतिर । आमाले ल्याएका पर्चा मैले त्यहीँ फ्याँकेको रहेछु । टिपेँ, कच्याककुचुक पारिएका पर्चा सुमसुम्याउँदै खोलेँ ।
‘स्टडी अब्रोड ।’
बुवाआमालाई लुकेर हेरेँ, मुहारमा देखेँ त केवल छोरालाई आश देखाएर पनि मेडिकल पढाउन नसकेको ग्लानि । एकातिर मेरो अठोट थियो, अर्कोतिर हामी सबैको सपना… ।
फेसबुकमा त्यो साथीको म्यासेज खोजेँ ।
० तँ कुन कलेजमा रे ?
– किन र ?
० ह्या, खुरुक्क भन् न, फस्र्ट इन्स्टलमेन्ट कति हो ?
– १५ लाख ।
म पनि कहाँ फ्लासब्याकमा हराउँदै छु । देशको माया नगर्ने, विदेश मोहमा पलायन हुने युवा भन्दै होलान् देशमा कतिले । भो कसैलाई दोष दिन्नँ । यही सोचेर चित्त बुझाउँला, आफ्नो देशमा बसेर आफ्नो मनले चिताएको विषय पढ्ने सपना निकै महँगो पर्ने रैछ, मैले किन्नै सकिनँ ।

Comments
Post a Comment