Skip to main content

चर्किएको ऐना

              रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड ! त्यो पोस्टकार्डको औचित्य कहिले बुझिन उसले, तर त्यसको उपस्थितिले रिसाउँथी ऊ सधैँ, छेकिदिन्थ्यो उसको मुहार, मानौँ उसको अस्तित्वको एक पाटो नै लुकाइदिँदै छ । र पनि कहिल्यै हटाउने प्रयास गरिन, मम्मीको कुरा नमान्ने कुरा जो भएन !

              आफ्नो मुहारभन्दा अघि नजरको निसाना बन्ने त्यो पोस्टकार्डबाट ध्यान हटाएर आफैँतिर तानी उसले । सधैँको साथी थियो त्यो ऐना उसको, सब देखेको थियो त्यसले, उसको अबोध बालापन त उमेरसँगै बढ्दै गएको उसको शरीर पनि । उसका थोते दाँतको हाँसो देखेको थियो त आँसुले पखालिएको गाजल पनि । स्कुले युनिफर्ममा दुईचुल्ठी बाटेको रूप देखेको थियो त पहिरन फेर्दाको उसको नग्न शरीर पनि, लुकेको के थियो र त्यसबाट ? दराजको अर्कोपट्टि टिनमा धर्सा थिए मार्करको, उसको उमेरसँग बढ्दो उचाइका नाप । तर त्योभन्दा नजिकबाट ऊ हुर्किएको त त्यो छेवैको ऐनाले नियालेको थियो ।

              आज ऊ आफूलाई सिँगार्न ऐनासामु उभिएकी होइन । नियाली रही जुन रूप लिएर ऊ फर्किएकी थिई, घरी आँखीभौँ खुम्चाउँदै त घरी तन्काउँदै । घरी आँखाको नानी डुलाउँदै आँखाको कुनाकुना चहार्दै !

 ‘ह्या, मेरो आँखा पनि त्यस्तो देखिँदैन, यत्तिकै जे पनि भनिदिने !’

             जति सम्झियो उति रिस धुरी चढ्थ्यो । घर फर्किनसाथ तेर्सिएको मम्मीको प्रश्न, ‘तैँले पिएर आइस् ?’

              न मेकअप उत्रियो न त्यो कालो वानपिस । गर्मीमा पनि सिरकभित्र पसी ऊ आफूलाई लुकाउन । रिस, रोदन, मध्यरातका फोनका गफ अनि अनेकौँ रहस्य लुकाइदिने त्यही सिरक थियो उसको, आज पनि भावनाका छाल कसो नलुकाइदेला ?
           
‘कसरी सोच्न सक्नु भो के मम्मीले त्यस्तो ! मेरो एक–एक साथीलाई पनि थाछ, हाउ मच आई हेट ड्रिकिङ !’

                उसको सबैभन्दा मन पर्ने झुम्का अल्झाइदियो सिरकले, अरु बेला हुन्थ्यो त सुमसुम्याउँदै हुन्थी, तर आज फिटिक्कै माया लागेन । रिसमा घरी सिरक, घरी झुम्का र घरी आफ्नै कान तान्दातान्दै बल्ल स्वतन्त्रता पायो त्यो झुम्काले, तर त्यसलगत्तै हुर्याइदिएँ टेबुलतिर त्यसलाई सिरकमुनिबाट चिहाएका हातले ।

                 उसलाई रिस मम्मीले शंका गरेकोमा होइन, विश्वास गर्न नसकेकोमा थियो ।

                  सिरक कसेर समात्दै कोल्टे फेर्दा रिस आफ्नै सुरमा थियो । अँ उसका साथी सबै बेग्लै ब्याकग्राउन्डका थिए, ऊ हुर्किएभन्दा अलि आधुनिक दुनियाँमा हुर्किएका । घरबाट संगत नगर्ने उर्दी आउँथ्यो तर एकै ठाउँमा पढ्दा टाढा रहिरहनु सम्भव थियो र ? उसलाई थाहा थियो, उसका साथी बिग्रिएका थिएनन्, केवल फरक थिए । उनीहरूको समाजले त्यही सही मान्छ, उसको समाजले त्यही गलत । मन्जुर उसलाई केवल पिउनु थिएन । र, पिउन कसैले कर नगर्ने सर्तमा नै मनाएका थिए साथीले उसलाई ।
                 
                     पहिलो अनुभव थियो यो उसको, कौतुहलता र सतर्कता पनि लिएर गएकी थिई ऊ उपहारसँगै । बारमा रहेछ बर्थडे पार्टी, अनि ऊ नपिउने दृढता लिएर गएकी थिई, कस्तो अनौठो कुरा ! नयाँ–नयाँ परिकार, डान्स फ्लोरमा पाइला नचाउनु, आफूले पहिलोपटक लगाएको वानपिस जो सायद त्यहाँको सबैभन्दा लामो लुगा थियो, रमाइलो हुँदै थियो त्यो अनुभव । तर फूल पनि त कोपिला हुँदै सुन्दर हुन्छ, अनि फक्रिएको समय, जब ओइलाउँछ तब कुरूप बन्छ, गनाउँछ । अन्तसम्म मात्यो पार्टी पनि गनायो उसलाई । कतै कसैको ब्रेकअपको रुवाबास, कोही नशामा मुख छाडिरहेका । एक कुनामा सम्हाल्न नसकेर बान्ता गरिरहेको ठिटो । अनि उसको आफ्नै टेन्सन पनि त थियो, बाहिर अँध्यारो र सम्भवतः कुनै सार्वजनिक यातायात बाँकी नरहेको उसलाई पुर्याइदिन ।

                 चिसो सिरेटोले गालामा घरी माया गरेझैँ घरी थप्पड लगाएझैँ गरिरहन्थ्यो उसलाई त्यो बेला कारको झ्यालबाट, तर त्यो अपरिचितलाई झ्याल बन्द गर्ने आग्रह पनि गर्न सकिनँ । फोनमा टन्नै मिसकल र त्योबीचमा एक रिसिभ्ड कल । सायद पार्टीमा कसैले उठाइदिएको होला घरबाट आएको फोन । डर त थियो मनमा, घर पुगिएला नपुगिएला । त्यो अपरिचितको नियत कस्तो होला, र पनि आफूले सिकेको मार्सल आर्ट सम्झिएर ढुक्क थिई कताकता । चोकमा गाडीबाट पाइला जमिनमा राख्न पाउँदाको आनन्द, ओहो !

                   खाल्टैखाल्टो त्यो बाटोमा सकिनसकी हिल जुत्ताको सन्तुलन मिलाउँदै घर जति नजिकिन्थ्यो । त्यति डर बढ्दै थियो मनमा । डर जायज थियो, उसलाई थाहा थियो उसले गाली खानैपर्ने काम गरेकी छे । राति १० बजे घर पुग्नु, घरमै थाहा दिए पनि कहिल्यै नलगाएको छोटो लुगा, अनि अझ कुनै नौलो व्यक्तिले पुर्याइदिएको थाह पाए त ? र पनि यो डरले ऊभित्रको एक अनौठो सन्तुष्टि मेट्न सकेको थिएन । त्यो कुरामा त मम्मीले पनि गर्व गर्नुपर्ने हो, ऊ त्यस्तो ठाउँबाट पनि मदिराको एक थोपा ओठसम्म नपुर्याइ फर्किएकी थिई ।

‘तैँले पिइस् ?’

               घर आइपुग्नासाथको त्यो मापसे चेक । सम्झिँदा पनि रिस र आँसु सम्हाल्न नसकेर बग्थे । सिरकको खोलको एक फेरले आँसु पुछ्दै रिसमा फेरि त्यसैलाई हत्केलाबीच कसेर कोल्टे फेरि उसले । यसपटकको कोल्टेसँगै फ्लासब्याक पनि फेरिए । यही सिरकमुनि रातभर फोनमा बोल्थी ऊ । आवाज लुकाउने कसरत सिरकले गर्नुपर्दैनथ्यो, आखिर उसलाई बोल्ने मौका नै कसले दिन्थ्यो र ? नशामा उसको प्रेमी बोलिरहन्थ्यो, अनि ऊ बीचबीचमा केवल ‘अँ’ बोलिदिन्थी उपस्थिति जनाउन । ऊ मुख छाडिदिन्थ्यो, अनेकौँ आरोप लगाउँथ्यो तर ऊ बोल्दिन थिई, उसको ध्यान कहिले त्यो आवाजमा हुँदैनथ्यो । नाम मात्रका लागि सुनिरहन्थी तर त्यो नशामा डुबेको आवाजसँग घिन मान्थी ऊ । सिरकमुनि लुकिरहँदा त निसासिएर बीचबीचमा उघारेर सास फेर्थी ऊ, तर त्यो सम्बन्धमा कतिन्जेल निसासिन सम्भव थियो र ?

“जाबो ड्रिंक गर्छ भनेर त्यसलाई छोडिस् ? किन त्यति ओभर रियाक्ट गर्छेस् ? नर्मल कुरा हो त ड्रिंकिङ !”

              यस्तै अनेकौँ किनका जवाफ दिन्थी ऊ मौनताले ।

               यति हुँदाहुँदै पनि उसको घृणा उसकै मम्मीले नबुझेर उसमाथि शंका गर्न कसरी सुहाउँथ्यो ?

              कोठाको ढोका धकेलिएको आवाज आयो, हत्तपत्त कोल्टे फेरी । धेरैपटक कोल्टे फेरिसकेकी थिई । ऊ आफैँलाई हेक्का थिएन, छेउतिर फर्किएकी छे वा भित्तातिर ।

                सिरकको घुम्टोले फेरि कति कुरा लुकाइदियो, उसकी मम्मीले बगाएका आँसु पनि । अस्तव्यस्त कोठा, छरपस्ट सामान, अनि लुगासम्म नफेरी सिरकभित्र सायद निदाइसकेको त्यो शरीर । यी सब लक्षण त पिएरै आउनुको थियो उनका लागि । अझ पार्टीमा उठेको त्यो फोन र त्यसमा सुनिएको नशामा चुर आवाज । गल्ली पसेदेखि नियालिरहँदा देखिएको लडखडाएको चाल । सायद यही दिन देख्न बाँकी थियो, आफ्नी छोरीलाई गर्व सम्झिने उनले ।

                   गइन् आफ्नै कोठामा र घुप्लुक्कै लुकाइन् उनले पनि आफूलाई सिरकमुनि । उही बानी आमा छोरीको ।

                   यता उसको कोठामा भने हावाको वेग बढ्दै घट्दै थियो । कति हावा त्यो मोटो पर्दाले छेकिदिन्थ्यो त कति यति बलियो कि पर्दा पनि हार मानेर उडिदिन्थ्यो । दराज र ऐनाको बोर्डरमा जबरजस्ती अड्याइएको त्यो पोस्टकार्ड घरी उडेझैँ, घरी आफ्नै ठेगानामा फर्किएझैँ गरिरह्यो । पोस्टकार्डमुनिबाट कालो टेप चिहायो, आफ्नै कहानी बोकेको कालो टेप । तर, ती सिरकले लुकाएका आँसुले भरिएका कुनै जोडी आँखाले देखेनन् त्यो टेपको झल्को । देख्थे त हटाउँथे होला, उप्काउँथे होला, अनि पाउने थिए केवल एक चर्किएको ऐना ।

                     त्यो चर्किएको ऐनासँग नजर जुधे केही सम्झना पनि त्यस्तै टुटेफुटेका नै झुल्किन्थे होला । सायद जीवन नभएर कुनै चलचित्र हुन्थ्यो त धमिलो वा नेगेटिभमा देखिन्थे होला ती क्षण । टोलको कुनै कुनाबाट सकिनसकी उसले तानेर, घिसारेर वा कसैको मद्दत लिएर ल्याइपुर्याउने त्यो बेहोस शरीर, त्यही शरीर जो वज्र बनेर प्रहार गथ्र्योे र रुवाउँथ्यो उसले जन्मदेखि चिनेका ममता बोक्ने जोडी आँखालाई । त्यही शरीर जसमाथि उसले केवल छेउमा भेटेका स–साना सामान फ्याँक्न सक्थी आफ्नोअगाडि मम्मीले पिटाइ खाएको देखिदेखी रोक्ने अथक प्रयासमा । त्यही शरीर जो पूरै टोल थर्काएर, ब्युँझाएर आफू भने नशाले थकाएपछि जुत्तासम्म खोल्ने ड्युटी ती दुईका लागि छाडेर ढलिदिन्थ्यो खाटमा, अंग्रेजीमा बबर्राउँदै । त्यही शरीर जो कुनै झगडामा त्यही ऐनासँग भेट हुँदा लागेको चोट लिएर डुल्दो हो सोही सहरको कुनै कुनामा, आफूभन्दा बढी चोट त्यो चर्किएको ऐनासँगै त्यही घरमा छाडेर ।

                        कोठामा हावाको वेग थामिँदै गयो । तर ती दुई मनको वेग थामिएन । दुईतिर सिरकले ती दुईको पीडा लुकाइरह्यो, अनियता फेरि पोस्टकार्डले लुकाइदियो टेपको केही अंश । केहीबेरअघि मुख खोलौँलाझैँ गरिरहेको त्यो दराज फेरि मौन बसिदियो । हो, त्यो दराजले वर्षौंदेखि धेरै कुरा देखिरह्यो र त्यो चर्किएको ऐनाझैँ लुकाइरह्यो ।

Comments

  1. ARE INFANTS, THE UNBORN, AND YOUNG CHILDREN SINNERS? BY STEVE FINNELL
    Are infants, unborn children, and young children sinners? Of course they are not sinners. To believe that you would have to believe the false doctrine of original sin. There is no Biblical evidence that men are now nor were they ever guilty of Adam's sin. Men die physically because of Adam's sin. Men die spiritually because the the sins they themselves commit.


    Romans 9:11 (for the children not yet being born, nor having done any good or evil......(NKJV)

    The unborn cannot commit evil.

    Deuteronomy 1:34-39 ......39 'Moreover your little ones and your children, who you will be victims, who today have no knowledge of good and evil, they shall go in there; to them I will give it, and they shall possess it. (NKJV)

    The Lord does not punish children for the sins of their fathers nor for the sin of Adam.

    Isaiah 7:14-16 ...Behold, the virgin shall conceive and bear a Son, and shall call His name Immanuel. 15 "Curds and honey He shall eat, that He may know to refuse the evil and choose the good. 16. "For before the Child shall know to refuse the evil and choose the good, the land that you dread will be forsaken by both her kings.(NKJV)

    Even Jesus had an age of accountability. Jesus had to reach an age where He knew right from wrong before He could be charged with committing sin. Infants, the unborn, and small children have to reach a certain age before they can be guilty of sin. Jesus was not guilty of Adam's sin nor did He Himself commit sin.

    The doctrine of original sin and infant baptism is a man-made tradition.

    Matthew 18: 2-3 ..."Assuredly, I say to you, unless you are converted and become as little children, you will by no means enter into the the kingdom of heaven. (NKJV)

    Certainly Jesus was not saying you have to be guilty of original sin like these children to enter into heaven. Little children are not guilty of Adam's sin nor any other kind of sin.

    Hebrews 2:10-17....17 Therefore, in all things He had to be made like His brethren, that He might be a merciful and faithful High Priest in things pertaining to God, to make propitiation for the sins of the people. (NKJV)

    In order to believe the false doctrine of original sin you would have to believe that Jesus was guilty of Adam's sin and therefore a sinner from birth. Jesus had to made like us in every respect.

    Jesus was born like us all. NOT GUILTY OF ADAM'S SIN NOR ANY OTHER SIN.

    Men are only guilty of the sins they themselves commit at the point when they can distinguish good from evil. Yes, there is an age of accountability.

    You can believe the false doctrine of original sin and of children sinners that is written in man-made creed books or you can believe God's word as recorded in the Bible.

    YOU ARE INVITED TO FOLLOW MY BLOG. http://steve-finnell.blogspot.com

    ReplyDelete

Post a Comment

Popular posts from this blog

The Jack of All Trades

I was told I could be good at anything not warned it meant average at everything People grow up, may be I grew down on every chessboard but as a pawn Being born a cluster of potential meant so much more for me to waste The rising star they all looked up to who fell shooting down in a haste There were so many boats to ride I put my feet in all but heart in none Shuffling again and again to find the same Jack of all trades, master of none. I had this picture perfect idea of me painted gold with every medal I landed every teacher and fortune teller so sure a future set in stone waiting to be handed I was my full-marks and my first prizes my monitor badges and assembly applauses my jumping years and too good for my peers my school songs and their genuine cheers my dance rehearsals, the needles and threads my poems and speeches turning heads my raising hands and stunned teachers my voice familiar with the speakers. Now I am this collage of embarrassments everyday reminded to make amendments...

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...