डियर बाबा
स्कुलमा चिठी लेख्नपर्दा आदरणीय बुवा, पुजनीय पिता, सादर नमस्कार्, ढोग , धेरै लेखेँ होला । तर कहिल्यै बुवा, पिता भनेर नबोलाउनेले र नमस्कार सम्म नगर्नेले यो औपचारिकताको ढोंग किन गर्नु ? "मलाई यहाँ सन्चै छ्, हजुरलाई पनि आरामै होला! " अहँ, मलाई आराम छैन्, बाङ्गलादेशको गर्मीले हैरान पारेको छ । अनि हजुरलाई त बिसन्चो भए नि फोनमा ढांटिहल्नुहुन्छ क्यारे । यो सब लेखेर त्यो पेन्सिलले बनाएको टिकेट सहित खाममा हालेर पठाउने कुरा भएन, त्यसैले मैले हजुरलाई चिठीको सट्टा लभलेटर लेखेँ ।
"लभलेटर" : लभ मतलब माया अनि लेटर मतलब चिठी । आफुले माया गर्ने मान्छेलाई मायाको सन्देश
सजाएर पठाइने चिठी । आज कुशे औशीँमा सबै फेसबुकमा "आइ लभ यु बाबा" लेख्दै होलान्, मैले लभलेटर नै
लेखिदिएँ । कतिपटक सुनियो, पढियो, बुझियो होला माया भनेको प्रेमी प्रेमिकाको प्रेमलाई मात्र भनिंदन्,
बुवाआमा, दाजुबहिनी, साथिभाइ, सबैलाई गरिने मायालाई माया नै भनिन्छ भनेर । त्यही मायालाई आज मैले
शब्दमा कोर्दैछु, के म गलत छु ? प्रेमीप्रेमिकालाई खुशी पार्न कताबाट टुटेफुटेका शायरी जम्मा गरेर , पहिलो
भेट देखिको फ्ल्याशब्याक सुनाएर, चिटिक्क पारेर लभलेटर लेख्छन् । त्यही सब बाबाको लागी गर्नु गलत
होला र ?
हाम्रो सम्बन्धको पहिलो भेटसम्म उग्न साह्रै गाह्रो भो मलाई, जती गरे पनि पुग्न सकिंन । हजुरलाई त याद होला हस्पिटलमा हाम्रो पहिलो भेट । जब म सानी थिएँ, अहिलेभन्दा धेरै सानी अनि अहिलेभन्दा धेरै ज्ञानी पनि । तिखो स्वरमा रोएर बाहेक त्योबेला अहिले जस्तो अरु कुनै दुख दिन्नथेँ होला । हजुरले पहिलोपटक मलाई देख्दा म कि म निद्रामा थिएं होला, कि को जुंगे मान्छे आयो भनेर सोच्दैथिएँ होला । त्योबेला दर्शन, नमस्ते, हाइ हेल्लो केहि गरिंन होला, त्यसको लागी अहिले सरी भनेँ है बाबा ?
हजुरलाई बाबा भनेर बोलाउन पनि कती समय कुराएं होला मैले । अहिले पो जब आवश्यकता हुन्छ तब छिनछिनमा बाबा! बाबा! भनेर कराइराख्छु त । त्योबेला कुनै स्वार्थ थिएन त्यसैले बोलाउन समय लगाएँ होला । दुख त मैले धेरै नै दिएकी छु सानैदेखी । नुहाउने बेला रोएर टोल थर्काउने म्, थरिथरिको बदमासी गर्ने म अनि अरुको अपजस सुन्नुपर्ने हजुरले । वर्षौंसम्म हजुरले नख्वाइदिए आफ्नो हातले खाना नखाने, जुत्ताको तुना बांध्नसम्म हजुरलाई बोलाईराख्ने । मेरो स्कुलको ब्याग मिलाईदिने देखी मेरो हातले नभ्याउने शर्टको बाहुलाको टांक लगाइदिने, सबथोक हजुरलाई नै गर्न लगाउंथें । दिक्क लाग्थेन र हजुरलाई बाबा ?
नातागोताकाले सुनाउँछन् कती किचकिचे, चकचके थिएँ सानोमा भनेर । मलाई त त्यस्ता किचकिचे बच्चा देख्दा खेतमा लगेर हुर्याइदिउँझैँ हुन्छ, हजुरले कसरी झेल्नुभयो ? नहुर्याइदिनुभएकोमा धन्यवाद है बाबा :)
हुन त उमेर बढ्दै जांदा पनि कहाँँ सप्रीएँ र म ? अझ जिद्दी अझ अटेरि! यो भएन , त्यो भएन यो किन्दिनु, त्यो किन्दिनु! अहिले पसलमा जांदा कुनै सामानको प्राइस ट्याग देख्दा त मेरै सातो जान्छ, हजुरले कसरी मेरो जिद्दी पुरा गरिदिनुहुन्थ्यो बाबा ? हरेक वर्ष स्कुलबाट ल्याउने ति कथालेखन्, कवितालेखनका पुरस्कार र ढंगको रिजल्ट बाहेक गर्व गर्ने कमै मौका दिएं होला हजुरलाई । तर पनि राम्रो कुरा जती सबै मलाई नै चाहिन्थ्यो, माग जती सबै मेरै हुन्थे । हजुरको खल्तीमा कती पैसा छ र त्यसले के कती गर्न पुग्छ भन्ने बुझ्न मैले वर्षौँ लगाएं । यसको लागी पनि सरी है बाबा ।
आजकल अलि बुझ्ने भएकी छु भनेर के ढांट्नु, अस्ती अस्ती सम्म पनि कुन सानो कुरामा निहुँ खोज्दैथिएँ क्यारे । नेपाल हुंदा त्यहिँ छेउमा हुँदा पनि म मोबाइलमा झुन्डिन्थें अनि हजुर पत्रीका पल्टाउंदै बस्नुहुन्थ्यो चस्मा मिलाउंदै । अहिले भने इन्टरनेट र फोनको बिल बढाउंदै बोल्छौं । दुरि, अभाव नहुन्जेल मायाको त कदर नै नहुने रहेछ । आज पनि मुख हेर्न बिहान स्काइपले जुरायो, तर उता माइक बिग्रिएकोले मुख मात्रै हेर्न पाइयो । मुख हेर्न, कुरा गर्न, उपहार दिन यस्ता दिन नै कुर्नुपर्ने गरी स्वार्थी किन बनायो समयले मलाई ?
सबैले भन्छन् मेरो आंखा हजुरको जस्तो छ, नाक हजुरको जस्तो छ, निधार हजुरको जस्तो छ, गाला हजुरको जस्तो छ! तर मलाई ऐनासम्म पनि हेर्नुपर्दैन यो भन्न कि म हजुरजस्तै छु । इख लिने, मनमा आएको कुरा
प्याच्चै बोलिदिने, अरुको अगाडी राम्रो बनेर ढोंग गरिरहन नसक्ने, यो सब कुरा काटीकुटी छ ममा पनि । अनि
जोसंग पनि छिट्टै घुल्नेमिल्ने, धेरै मान्छे चिन्ने, काम गर्दा कि गित सुन्नुपर्ने कि गुनगुनाउनुपर्ने, यो सब पनि
उस्तै । हजुरको डायरीका पानामा कैद लेख पढ्दा मेरो पनि सपना त्यस्सै रहला कि भन्ने डर लाग्छ, त्यसैले
लेख्न, छपाउन यती हत्तार गर्छु म । हजुरले आफ्नो समयमा यो गरेँ त्यो गरेँ भनेर सुनाउंदा मैले किन गर्न
नपाउनु भनेर डाहा गर्छु म । कतिपटक आफ्नो मनमा जे आयो त्यही गर्ने रहर हुन्छ, तयार पनि हुन्छु तर हजुरले रोक्नुभयो भने रिसाएरै भए पनि रोकिन्छु । अरुले के सोच्छन् भन्ने कुराको म मतलब गर्दिंन तर पनि मेरो कुनै कदमले हजुरहरुलाई के सुन्नुपर्ला भन्ने सोचेर रोकिन्छु । यो सबै कुरा हरेक पटक सुनाउन सक्थें भने कती गर्व हुन्थ्यो होला है हजुरलाई ?
जन्मिएको कती महिनासम्म म बोलिंन , रोइ मात्र रहें । अनि जब बोल्न सुरु गरें त्यसपछी त रुवाउने काम टन्नै गरें होला । झगडा कसको घरमा नपर्ला र ? हाम्रो पनि हुन्थ्यो! म उमेरले सानो, रिस देखाउन नसक्ने, रोइदिन्थें । हजुर रुन नमिल्ने, रिसाउनुहुन्थ्यो । तर रातभर जेसुकै भए पनि भोली बिहान जुत्ताको फित्ता बाने बेला कसरी सबै जस्ताको त्यस्तै हुन्थ्यो बाबा ?
फेसबुकमा अरु सबैले बुवाको फोटो राखेको देखेर आफ्नो पालो किन आएन भनेर कुर्दै त हुनुहुंदैन नि हजुर ? म
त घर हुँदा राती कोठाभरी डोर टांगेर सानोदेखिका फोटो खोजेर झुन्डाइदिन्थें । फोटो कोलाज त त्योबेला नै
बनाइसकेँ मैले । आज लेख्दैछु हजुरलाई । सोचेकी थिएँ आफ्नो माया देखाउने छु यसमा, तर यसो पढ्छु, सरी
थ्यांक्यु बाहेक केहि देख्दिंन म त । सायद यिनै त्याग, यही गल्ती गर्ने अनि झेल्ने बानीमा होला
हाम्रो माया । सायद शब्दमा भन्दा बढी व्यवहारमा देखिने माया भएर होला चिठीमा बुझाउन यती गाह्रो
भएको । जस्तो चिठी लेख्छु भनेर सुरु गरेकी थिएं त्यस्तो लेख्नै सकिंन्, यो भुल अरु सबै भुल माफ
गरेजस्तै गरिदिनु है बाबा ?
मलाई थाहा छ ढाकाको पसलबाट ल्याइदिएको कुनै सर्ट टिसर्ट भन्दा ढाका युनिभर्सिटीबाट कुनदिन ल्याउने सर्टिफिकेटले धेरै खुशी दिनेच हजुरलाई । त्यसैले अहिले म फेरी त्यसैको तयारीमा लागेँ । आशा गर्छु ममा यसरि मनको कुरा गर्ने हिम्मत कुशे औंशी बाहेक अरु दिनमा पनि आओस्, अनि अर्कोपटक यस्तो केहि लेखेँ भने माफी माग्नुपर्ने कुराको लिस्ट योभन्दा धेरै सानो होस् । यो चिठी त्यती राम्रो त नहोला तर यो पढेर हजुरको आँखा रसाएको भए फेरी एकपटक रुवाएकोमा माफी चाहन्छु है बाबा । अलि अलि बुझ्ने हुंदैछु, सायद अब दुख कम सुख धेरै दिने दिन आउँछन् कि ?
उही हजुरकी (प्यारी) छोरी

मलाई थाहा छ ढाकाको पसलबाट ल्याइदिएको कुनै सर्ट टिसर्ट भन्दा ढाका युनिभर्सिटीबाट कुनदिन ल्याउने सर्टिफिकेटले धेरै खुशी दिनेच हजुरलाई । (गज्जप छ )
ReplyDeleteअलि अलि बुझ्ने हुंदैछु, सायद अब दुख कम सुख धेरै दिने दिन आउँछन् कि ?
ReplyDelete