प्रीय मुलान
आज कुन्नी कहाँबाट
केही कुनामा थन्किएका स्मृतिका पानाबाट
भुलिन थालेको बाल्यकालबाट तिमिलाई सम्झिएँ
मुस्कुराएँ वा
आँसु बगाएँ कुन्नी
तर झस्किएँ।
अनि कलम समात्दैछु यो अन्धकारमा
बिहानी होला केही क्षणमा
तर केहि कुरा छन् मनमा
तिमिसँग गर्न
अनि निदरी छाडी शब्दमा अल्झिएँ।
कति ईतिहास हौ तिमी
कति दन्त्यकथा
कति डिज्नीकी प्रीय पात्र
तर हौ त तिमी म झैँ एक छोरी
बस्, अरु के नाता गासुँ?
कवच ओढि तिमी
वक्ष लुकाइ
युद्दस्थलमा भिडेको कथा म सधैँ सुन्थेँ
आज आउ
फुर्सदमा छौ भने
कवच उतारी बस छेवैमा
संगिनिझैँ बात मारौँ
आज मेरो युद्धको कथा सुनौँ!
प्रीय मुलान!
हामी कुन्तिपुत्र कर्ण त हैनौँ!
न तिमी त्यो कवचमा जन्मिएकी थियौ,
न म!
लामा रेशमी केश
सुन्दरताको भेष
तिमीलाई पनि राम्रो लाग्थ्यो होला कुनैबेला?
मेरो मन पनि त्यही माटोले ढाँचिएको हो मुलान!
म पनि रमाउने गर्थेँ
दर्पणको छायाँमा
चलचित्रका मायामा
सुरिलो धुनमा
अरुलाई सिँगार्ने सुनमा
पाउजुको ध्वनिमा
सुनौलो बिहानीमा
निर्धक्क भइ हिँड्थेँ म कुनैबेला मुलान!
गुनगुनाउँदै, लहराउँदै
के थाहा थियो र
म कुनै मीठो गीतमा नभइ
युद्धस्थलमा थिएँ!
चोट लाग्यो जब
अनि पो
कवच समाएँ मैले!
छातीमा भिरेँ त्यसलाई
तिमिले शरीर जोगायौ होला
मैले सँगसँगै मन पनि जोगाउन खोजेँ
कुन्नी कति छेक्यो त्यो कवचले?
कति छेक्ने हो अझै?
कहिलेसम्म सक्ला र छेक्न?
केही वार झुक्याएर लागिहाल्दा रहेछन्।
युद्ध चलिरहेको रहेछ मुलान!
रणभुमिको धुलो चाखेपछी पो थाहा पाएँ!
केही पराइ दुश्मन हुँदो रहेछन्
धेरै आफ्नै सोचेका!
म त चन्चल थिएँ साथी, नरम थिएँ कति
सायद त्यसैले
अस्त्रले अलि बढी नै काट्थे
चोट केहि गहिरै लाग्थे।
अनि सिको गरेँ मैले तिम्रो
कवच समातेँ
बचाएँ आफुलाइ!
लुकाएँ आफुलाइ!
हत्तार नगर न मुलान
बस एकैछिन
हाम्रा युद्ध चलिरहन्छन्
पँधेरोमा बसी पीडा बिसाऔँ एकैछिन।
कथा सुरु भएको नै कहाँ छ र?
प्रीय मुलान!
जब पहिलो पटक कवच भिरेँ
आफ्नो कमजोरी लुकाउन थियो
जब दोस्रो पटक भिरेँ
म भित्रकी नारी लुकाउन थियो
के गर्नु?
दुनियाँले ती दुई एकै हुन् भनि पढाएको जो थियो!
शरीरमा सबैको नजर गाढिँदो रहेछ
ठुलाठुला कपडा किनेँ
लाली त्यागेँ, फिका रङ्गमा डुबेँ
प्यारो केश चट्ट काटिदिएँ
तिमीले युद्धमा लड्न आफुलाई लुकाएझैँ
मैले पनि लुकाएँ मुलान
आफुभित्रकी नारीलाई!
के थाहा थियो र साथी
नजर लगाउनेलाई जस्तो पोशाकले पनि नछेक्ने रहेछ!
मेरो आवाज कति मधुरो थियो मुलान
कोइलीझैँ भन्थे सँगिनीले
तर आवाजको मिठासको अर्थ रहेनछ
कसैको कानसम्म नपुगेपछी!
चिच्याउनु पर्ने रहेछ यहाँ
ठूलो, घोक्रो आवाजमा
आफ्नो मधुरता, कोमलता सबै फ्याँकिदिएँ
चिच्याएँ म पनि
चिच्याइरहेँ
रौद्र रुप देखाइ तर्साइरहेँ
संसार तुच्छ रहेछ मुलान!
मनको मीठो भाषाले सधैँ लड्न नसकिने रहेछ।
अब त वर्षौँ बितिसके
चिच्याइरहेको
गला भासीइसक्यो।
तिमिले नर बनी झुक्याउन आवाज फेर्यौ होला नि है?
के एकान्तमा आफ्नै आवाजमा बोल्थ्यौ?
नत्र त बिर्सिन्थ्यौ होला कुनै दिन आफ्नै मधुर आवाज
मैले त बिर्सीसकेँ।
प्रीय मुलान!
म हरेक दिन यो कवच लगाइ
एक नयाँ युद्धमा जान्छु
अब त धमिलिसक्यो सम्झना पनि
सायद नशा लागिसक्यो यसको!
भिड्न गाह्रो रहेछ यो कवच बिना यहाँ पनि
तिम्रो समयमा झैँ!
एक शक्तिझैँ दिन्छ यो कवचले
आत्मबलझैँ।
कुनै एक्लो सडकमा हिँड्दा
कुनै भिडमा धकेलिँदा
कुनै बाटोमा अघि बढ्दा
कतै अघि बढ्ने बाटो खोज्दा
कति मन जित्नलाई
कतिबाट मन जोगाउनलाई
कति हात पाउनलाई
कति हात हटाउनलाई
कति आफ्नो हक सम्झाउनलाई
कति पारिश्रमिक पाउनलाई
नभइ नहुने रहेछ यो कवच!
एक दिन घरमै छाडी हिँडिछु हेर
हारै हार खाएर घर पुगेँ
अनि बुझेँ
नसकिने रहेछ यहाँ
त्रासलाग्दो रहेछ दुनियाँ।
डर त कहिले कम भएन मुलान
बस्, मन छेकिदिन्छ यो कवचले
अनि देखिदैँन हरेक दिन काँप्ने ढुकढुकी!
तर सुन न
एउटा कुरा सोध्छु
नढाँटी भन है?
तिमी थाक्यौ कि थाकेनौ कहिले?
कवच भारी लागेन कुनै दिन?
कहिल्यै त लाग्थ्यो होला
लामो केश फिँजाई
नाचिदिउँ झैँ बिच रनभुमीमा
ती दिनमा त चोटले पनि तर्साउँथेनन् सायद
लाग्थ्यो होला
यो भन्दा कती पिरोल्न सक्ला र दुनियाँले?
तिनका अस्त्रले भन्दा त कति
आफ्नै कवचले नै काटिन्छ
निसासिन्छ!
कुनै क्षण के यस्तो लाग्यो तिमिलाइ
कि बस्
छातीको बोझ हटाइदिउँ
रमाइदिउँ
केही शब्द उहीँ मधुरो आवाजमा गाइदिउँ?
सायद
गर्यौ होला
अनि फेरि त्यही क्षणमा लाखौँ वाण
तिमिमाथी बर्से होलान्
अनि ओढ्यौ होला फेरि उही कवच
कहिले नखोल्ने कसम खाइ!
म मात्र होइन मुलान
म त बस् एक पात्र हो
तिमिझैँ!
इतिहासका पाना पल्टाउने हो भने
हामीझैँ हजारौँ योद्धा रहेछन्
सबैका आआफ्नै युद्ध रहेछन्!
कोही आफ्ना साहित्य अरुका मनसम्म पुर्याउन नाम फेर्दा रहेछन्
कोहि आफ्ना आदर्श अरुका कानसम्म पुर्याउन
कति तिमिझैँ रणभुमीमा लड्न रुप बदल्दा रहेछन्
कति आफ्ना पेशामा अघि बढ्न
अस्ति पनि एक "ब्लु गर्ल" ले कवच पहिरेकी रहेछिन् मुलान,
आफ्नो प्रीय एक खेल हेर्न
तर उसको कवच चिनेछन् तिनले
चोट पुर्याइहालेछ्न्
अनि ती चोटभन्दा शितल उनलाई अग्नि लागेछ
जलाइ गइन् त्यसैले आफुलाई!
उनको खरानीको रापले
अलिकती भए पनि त्यो रङ्गशालाको ढोका पग्लिएछ मुलान,
अनि हजारौँले नाघ्न पाएछ्न् त्यो आँगन
केही दिन
बिना कवच।
हामीजस्ता पात्र
लडिरहन्छौँ
लड्दा लड्दै मरिरहन्छौँ
बस्
मर्दा मर्दै
केही हदसम्म अरुका लागि बाटो कोरिदिन्छौँ
अलिकती सहज बनाइदिन्छौँ।
तर के सहज के कठिन मुलान
लड्नु तिमिले पनि परेकै थियो
मैले पनि लडेकै छु
कवच तिमीले पनि भिरेकी थियौ
मैले पनि भिरेकी छु
मेरो युद्ध तिम्रा र उनका अगाडि साना देखिएलान्
तर मलाई भित्रैबाट खाइसके!
मेरो कोमल छाला छियाछिया बनाइसके
काला रेशमी केश सेतै रङ्गाइसके!
साँच्चै भनुँ?
म थाकिसकेँ
तर युद्ध थाकेको छैन।
कुनै दिन त छुट्टी देला मलाई यो युद्धले
वा सायद मेरो सासले
अनि हल्का भइ नाच्ने छु त्यो दिन
छातिबाट कवच उतारी
उही सुरिलो स्वरमा गाउँदै
आफ्नो कोमलतालाई अँगाल्दै।
त्यो दिन खै संगिनी
धेरैपछी
मुस्कुराउँछु कि?
प्रीय मुलान!
यो युद्ध खै, कसको विरुद्ध चल्दैछ?
कसले हार्दैछ, कसले जित्दैछ?
कुन्नी
म त होशमा आएदेखी आफुलाई यो कुरुक्षेत्रमै पाएकी छु
सोच्थेँ यो युद्ध जिताउने वीर योद्धा मै हुनेछु
तर अब लाग्दैछ
यो युद्ध म भन्दा पहिले नै थियो
र म पछि पनि चलिरहनेछ!
कुनै दिन त हामीले जित्छौँ कि मुलान?
आज कुन्नी कहाँबाट
केही कुनामा थन्किएका स्मृतिका पानाबाट
भुलिन थालेको बाल्यकालबाट तिमिलाई सम्झिएँ
मुस्कुराएँ वा
आँसु बगाएँ कुन्नी
तर झस्किएँ।
अनि कलम समात्दैछु यो अन्धकारमा
बिहानी होला केही क्षणमा
तर केहि कुरा छन् मनमा
तिमिसँग गर्न
अनि निदरी छाडी शब्दमा अल्झिएँ।
कति ईतिहास हौ तिमी
कति दन्त्यकथा
कति डिज्नीकी प्रीय पात्र
तर हौ त तिमी म झैँ एक छोरी
बस्, अरु के नाता गासुँ?
कवच ओढि तिमी
वक्ष लुकाइ
युद्दस्थलमा भिडेको कथा म सधैँ सुन्थेँ
आज आउ
फुर्सदमा छौ भने
कवच उतारी बस छेवैमा
संगिनिझैँ बात मारौँ
आज मेरो युद्धको कथा सुनौँ!
प्रीय मुलान!
हामी कुन्तिपुत्र कर्ण त हैनौँ!
न तिमी त्यो कवचमा जन्मिएकी थियौ,
न म!
लामा रेशमी केश
सुन्दरताको भेष
तिमीलाई पनि राम्रो लाग्थ्यो होला कुनैबेला?
मेरो मन पनि त्यही माटोले ढाँचिएको हो मुलान!
म पनि रमाउने गर्थेँ
दर्पणको छायाँमा
चलचित्रका मायामा
सुरिलो धुनमा
अरुलाई सिँगार्ने सुनमा
पाउजुको ध्वनिमा
सुनौलो बिहानीमा
निर्धक्क भइ हिँड्थेँ म कुनैबेला मुलान!
गुनगुनाउँदै, लहराउँदै
के थाहा थियो र
म कुनै मीठो गीतमा नभइ
युद्धस्थलमा थिएँ!
चोट लाग्यो जब
अनि पो
कवच समाएँ मैले!
छातीमा भिरेँ त्यसलाई
तिमिले शरीर जोगायौ होला
मैले सँगसँगै मन पनि जोगाउन खोजेँ
कुन्नी कति छेक्यो त्यो कवचले?
कति छेक्ने हो अझै?
कहिलेसम्म सक्ला र छेक्न?
केही वार झुक्याएर लागिहाल्दा रहेछन्।
युद्ध चलिरहेको रहेछ मुलान!
रणभुमिको धुलो चाखेपछी पो थाहा पाएँ!
केही पराइ दुश्मन हुँदो रहेछन्
धेरै आफ्नै सोचेका!
म त चन्चल थिएँ साथी, नरम थिएँ कति
सायद त्यसैले
अस्त्रले अलि बढी नै काट्थे
चोट केहि गहिरै लाग्थे।
अनि सिको गरेँ मैले तिम्रो
कवच समातेँ
बचाएँ आफुलाइ!
लुकाएँ आफुलाइ!
हत्तार नगर न मुलान
बस एकैछिन
हाम्रा युद्ध चलिरहन्छन्
पँधेरोमा बसी पीडा बिसाऔँ एकैछिन।
कथा सुरु भएको नै कहाँ छ र?
प्रीय मुलान!
जब पहिलो पटक कवच भिरेँ
आफ्नो कमजोरी लुकाउन थियो
जब दोस्रो पटक भिरेँ
म भित्रकी नारी लुकाउन थियो
के गर्नु?
दुनियाँले ती दुई एकै हुन् भनि पढाएको जो थियो!
शरीरमा सबैको नजर गाढिँदो रहेछ
ठुलाठुला कपडा किनेँ
लाली त्यागेँ, फिका रङ्गमा डुबेँ
प्यारो केश चट्ट काटिदिएँ
तिमीले युद्धमा लड्न आफुलाई लुकाएझैँ
मैले पनि लुकाएँ मुलान
आफुभित्रकी नारीलाई!
के थाहा थियो र साथी
नजर लगाउनेलाई जस्तो पोशाकले पनि नछेक्ने रहेछ!
मेरो आवाज कति मधुरो थियो मुलान
कोइलीझैँ भन्थे सँगिनीले
तर आवाजको मिठासको अर्थ रहेनछ
कसैको कानसम्म नपुगेपछी!
चिच्याउनु पर्ने रहेछ यहाँ
ठूलो, घोक्रो आवाजमा
आफ्नो मधुरता, कोमलता सबै फ्याँकिदिएँ
चिच्याएँ म पनि
चिच्याइरहेँ
रौद्र रुप देखाइ तर्साइरहेँ
संसार तुच्छ रहेछ मुलान!
मनको मीठो भाषाले सधैँ लड्न नसकिने रहेछ।
अब त वर्षौँ बितिसके
चिच्याइरहेको
गला भासीइसक्यो।
तिमिले नर बनी झुक्याउन आवाज फेर्यौ होला नि है?
के एकान्तमा आफ्नै आवाजमा बोल्थ्यौ?
नत्र त बिर्सिन्थ्यौ होला कुनै दिन आफ्नै मधुर आवाज
मैले त बिर्सीसकेँ।
प्रीय मुलान!
म हरेक दिन यो कवच लगाइ
एक नयाँ युद्धमा जान्छु
अब त धमिलिसक्यो सम्झना पनि
सायद नशा लागिसक्यो यसको!
भिड्न गाह्रो रहेछ यो कवच बिना यहाँ पनि
तिम्रो समयमा झैँ!
एक शक्तिझैँ दिन्छ यो कवचले
आत्मबलझैँ।
कुनै एक्लो सडकमा हिँड्दा
कुनै भिडमा धकेलिँदा
कुनै बाटोमा अघि बढ्दा
कतै अघि बढ्ने बाटो खोज्दा
कति मन जित्नलाई
कतिबाट मन जोगाउनलाई
कति हात पाउनलाई
कति हात हटाउनलाई
कति आफ्नो हक सम्झाउनलाई
कति पारिश्रमिक पाउनलाई
नभइ नहुने रहेछ यो कवच!
एक दिन घरमै छाडी हिँडिछु हेर
हारै हार खाएर घर पुगेँ
अनि बुझेँ
नसकिने रहेछ यहाँ
त्रासलाग्दो रहेछ दुनियाँ।
डर त कहिले कम भएन मुलान
बस्, मन छेकिदिन्छ यो कवचले
अनि देखिदैँन हरेक दिन काँप्ने ढुकढुकी!
तर सुन न
एउटा कुरा सोध्छु
नढाँटी भन है?
तिमी थाक्यौ कि थाकेनौ कहिले?
कवच भारी लागेन कुनै दिन?
कहिल्यै त लाग्थ्यो होला
लामो केश फिँजाई
नाचिदिउँ झैँ बिच रनभुमीमा
ती दिनमा त चोटले पनि तर्साउँथेनन् सायद
लाग्थ्यो होला
यो भन्दा कती पिरोल्न सक्ला र दुनियाँले?
तिनका अस्त्रले भन्दा त कति
आफ्नै कवचले नै काटिन्छ
निसासिन्छ!
कुनै क्षण के यस्तो लाग्यो तिमिलाइ
कि बस्
छातीको बोझ हटाइदिउँ
रमाइदिउँ
केही शब्द उहीँ मधुरो आवाजमा गाइदिउँ?
सायद
गर्यौ होला
अनि फेरि त्यही क्षणमा लाखौँ वाण
तिमिमाथी बर्से होलान्
अनि ओढ्यौ होला फेरि उही कवच
कहिले नखोल्ने कसम खाइ!
म मात्र होइन मुलान
म त बस् एक पात्र हो
तिमिझैँ!
इतिहासका पाना पल्टाउने हो भने
हामीझैँ हजारौँ योद्धा रहेछन्
सबैका आआफ्नै युद्ध रहेछन्!
कोही आफ्ना साहित्य अरुका मनसम्म पुर्याउन नाम फेर्दा रहेछन्
कोहि आफ्ना आदर्श अरुका कानसम्म पुर्याउन
कति तिमिझैँ रणभुमीमा लड्न रुप बदल्दा रहेछन्
कति आफ्ना पेशामा अघि बढ्न
अस्ति पनि एक "ब्लु गर्ल" ले कवच पहिरेकी रहेछिन् मुलान,
आफ्नो प्रीय एक खेल हेर्न
तर उसको कवच चिनेछन् तिनले
चोट पुर्याइहालेछ्न्
अनि ती चोटभन्दा शितल उनलाई अग्नि लागेछ
जलाइ गइन् त्यसैले आफुलाई!
उनको खरानीको रापले
अलिकती भए पनि त्यो रङ्गशालाको ढोका पग्लिएछ मुलान,
अनि हजारौँले नाघ्न पाएछ्न् त्यो आँगन
केही दिन
बिना कवच।
हामीजस्ता पात्र
लडिरहन्छौँ
लड्दा लड्दै मरिरहन्छौँ
बस्
मर्दा मर्दै
केही हदसम्म अरुका लागि बाटो कोरिदिन्छौँ
अलिकती सहज बनाइदिन्छौँ।
तर के सहज के कठिन मुलान
लड्नु तिमिले पनि परेकै थियो
मैले पनि लडेकै छु
कवच तिमीले पनि भिरेकी थियौ
मैले पनि भिरेकी छु
मेरो युद्ध तिम्रा र उनका अगाडि साना देखिएलान्
तर मलाई भित्रैबाट खाइसके!
मेरो कोमल छाला छियाछिया बनाइसके
काला रेशमी केश सेतै रङ्गाइसके!
साँच्चै भनुँ?
म थाकिसकेँ
तर युद्ध थाकेको छैन।
कुनै दिन त छुट्टी देला मलाई यो युद्धले
वा सायद मेरो सासले
अनि हल्का भइ नाच्ने छु त्यो दिन
छातिबाट कवच उतारी
उही सुरिलो स्वरमा गाउँदै
आफ्नो कोमलतालाई अँगाल्दै।
त्यो दिन खै संगिनी
धेरैपछी
मुस्कुराउँछु कि?
प्रीय मुलान!
यो युद्ध खै, कसको विरुद्ध चल्दैछ?
कसले हार्दैछ, कसले जित्दैछ?
कुन्नी
म त होशमा आएदेखी आफुलाई यो कुरुक्षेत्रमै पाएकी छु
सोच्थेँ यो युद्ध जिताउने वीर योद्धा मै हुनेछु
तर अब लाग्दैछ
यो युद्ध म भन्दा पहिले नै थियो
र म पछि पनि चलिरहनेछ!
कुनै दिन त हामीले जित्छौँ कि मुलान?
This comment has been removed by the author.
ReplyDelete