( २ वर्ष अघी लेखिएको कविता, खोट भए माफी चाहन्छु )
मनाउदैँ छौँ रे
हामी
खै कहाँ छन्
एड्स रोगी ?
रोगी जती लुकाएर
भोगीहरुलाई
रातो रिबन भिराएर
"विश्व
एड्स दिवस"
मनाउदैँ छौँ रे
हामि
अहँ
देखेको छैन मैले
त
कुनै एड्स रोगि
भए पनि भन्ला
र कसैले ?
"म एड्स रोगी
हुँ" भन्दै चिच्याउला र
कसैले ?
हाम्रै कृपाले
हामी छौँ नि
महान्!
कसैलाई एड्स हतारको
रक्तदानको देन होला
हामी भन्छौँ
"छि, कता गएर
एड्स बोकेर आइस्
! "
कसैलाई एड्स अभिभावकको
उपहार होला
हामी भन्छौँ
"छि,कुन अश्लीलातामा
मुख जोतेर आइस्
! "
यो समाज आफु
पवित्र बन्नखोज्छ
यो समाज आफु
चोखिएर पन्छिन खोज्छ
के उसलाई "छि" भन्ने
पवित्र होलान् ?
आफुले गर्दा " प्रकृतिको नियम "
अरुलाई
" छी " ?
फरका यती हो
ती सबको करणी
गुप्त छ
केवल उसले प्रमाणपत्र
पाएको छ
एड्स को
सायद
कुनै टेस्टमा
कसैको शरिर पवित्र
भनिएला
तर
उसले मनमनै
कतिलाई नङ्याएको होला
कतिको बलात्कार गरेको होला
उ मनमनै कती खाटमा
त कतिको नजरमा
खस्यो होला
त्यो रोगी भनिने
को त शरिरमा
एड्स छ
तर यो समाज
?
यो समाजको मनमा एड्स
छ
मस्तिष्कमा
एड्स छ
यो समाजको कणकणमा एड्स
छ
त्यसैले
यो एड्स रोगी
समाजलाई
"एड्स
दिवसको हार्दिक मंगलमय शुभकामना
!!! "
Comments
Post a Comment