Skip to main content

हे जानकी !


हे जानकी !
तिमी र म एउटै जात
एउटै धर्म
एउटै रगत
एउटै माटो
तिमी र म कहाँ फरक छौँ  र ?
तिमीले दुःख नपाएको होइन
मैले पनि सुख पाएको होइन
नेपालकी चेलीको
कर्मै यही रहेछ
तिमीले रामायण जहाँ छाडेकी थियौ
मेरो कथा पनि त्यहीँबाट सुरु हुन्छ
आउ न
आफ्नै आँखाले हेर

मेरो जन्म तिम्रो जस्तै छ
मेरी आमाले पनि मलाई
समाजको डरले
धरतीले तिमीलाई लत्याएजस्तै
एउटा फोहोरको डिब्बामा मिल्क्याइन्
तिमी भने राजपुत्री भयौ
म भने एउटा गरिब घरकी चेली भएँ
तिमी स्वयंवरमा सजाइयौ
म ठालूका आँखामा सजाइएँ
तिमीलाई बहादुरीले जितेर लग्यो
मलाई पैसाले जितेर लगे
हे जानकी !
तिमी कि जनकपुत्री जानकी बन्यौ
कि रामप्रिया सिता
मेरो नागरिकता पनि
पिता र पतिमा अडेको छ
आउ न
आफ्नै आँखाले हेर

सुखशयलको जीबन छाडी
पतिसँगै वनवास लाग्यौ
इच्छाआकांक्षा मार्ने तिम्रो बानीले
मलाइ पनि कहाँ छाडेको छ र ?
तर यो त तिम्रो बानी होइन
बाध्यता रहेछ
माइतमा पिताको आज्ञाा
र घरमा पतिको आदेश
मेरो पनि सास
यति मै खुम्चिएको छ
तिमी वनवास लगिएझैँ
म पनि
सिमानापारि
कुनै कोठीको वासमा बेचिन्छु
आउ न
आफ्नै आँखाले हेर

सुन्दरता तिम्रो लागि अभिशाप नै बनेको थियो
हे जानकी !
म पनि कहाँ बचेकी छु र ?
एकान्तमा मलाइ पनि
कुनै रावणले हरण गर्दा
रामको साथ नभएको बात लाग्छ
यौवन र सौन्दर्य डाम्ने
रावणका २० आँखाले
कति बलात्कारी जन्माएको छ
तिमीलाई
न जटायुले बचाउन सक्यो
न लक्ष्मणरेखाले रोक्न सक्यो
म त लक्ष्मणरेखा भित्र पनि
असुरक्षित छु
आउ न
आफ्नै आँखाले हेर

तिम्रो लागि वानर लडेझैँ
मेरा पनि आफन्त लड्छन्
तर जित जसको भएपनि
हार मेरै हुन्छ
हे जानकी !
रावणले छुन नसके पनि
तिमी अग्निपरीक्षमा होमिएकी नै थियौ
म पनि त प्रश्नै प्रश्नले डामिएकी छु
अग्निपरीक्षमा उतीर्ण भएपनि
लखेटियौ तिमी
म पनि त
बहिष्कृत छु
अरु कसैको गल्ती थियो
तर म तिरस्कृत छु
म घृणित छु
आउ न
आफ्नै आँखाले हेर

तिमीले लवकुश गुमाए जस्तै
मलाई मेरै सन्तानले
वृद्धाश्रममा पुर्‍याउँछन्
मेरो गर्भबाट
लाखौँ  चेली तुहाउँछन्
आउ न
आफ्नै आँखाले हेर

तिमी रामलाई उभ्याउ अग्निको सामु
नजाओस् उ पनि बचेर
वानर नकुरी ढाल रावणलाई
समाजको प्रक्रियालाई फेर
सक्छौ भने रामायणका पानामा
नयाँ अध्याय यो केर
भनिदेउ यो समाजलाई, निसास्सिने गरी
मर्यादाको काडेँतारले नघेर
तर तिमी त चुप थियौ
त्यसैले त
हे जानकी !
तिमीलाई समाजले जमीनमा
भासिन बाध्य गराएझैँ
म पनि
जिउदैँ गाडिदैँछु
आफैँमा भासिदैँछु
आउ न
आफ्नै आँखाले हेर

Comments

  1. शिष्ट शैली ,
    मन छुने कबिता सारै राम्रो लाग्यो पड्दा ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...

Minimising the Fear of Oblivion

There was a time when I had these huge dreams. I wanted to accomplish everything at an young age, I was scared if my dreams would die like that of my parents. I would even think of never getting married because the way I saw, it trapped you. I would write songs and think of having them recorded and even plan a whole music video, imagine it playing on the radios. However I didn't have that kind of money. I wrote novels and imagined getting them published and sold, getting prizes for those. I laugh when I remember I actually even met a lot of publishers by searching the addresses and going there alone, when I was just 18 or less. The thing was, I was so stupidly determined I would do something big, become someone famous at an early age. We've all read biographies where people started at an young age, nobody believed them and they ended up big right? I was determined, that it was my fate to become a famous person like that. But more than that, I was scared, what if I die without ...