Skip to main content

नचिनेको मान्छे

” अनामिका, प्लिज बिलिभ मि !
म साँच्चै माया गर्छु तिमिलाई। “
” सट अप सन्देश! तिम्रो कुरा पत्याउँ म?
मलाई त थाहा पनि छैन तिमी को हौ। अनि यो म्यासेज पठाउने के साच्चै सन्देश नै हो? “
” नरिसाउ न प्लिज! म फोन गर्छु तिमिलाई पर्ख। “
” अहँ, मलाई कुरा गर्नुछैन। जति दुःख दिनुथियो दिईसक्यो तिम्रो आवाजले मलाई। “
भाइबरको फेरि अर्को ” टुङ टुङ ” लाई बेवास्ता गर्दै मोवाईल डाटा अफ गरेर छेउ लगाएँ मोबाइललाई । पाप्रो उप्किएर छाला जस्ताको तस्तै भएपनि रहिरहने सानो दागजस्तै सोचेको सानो अतित त आखिर पाप्रो उप्काँउदैमा रगत बग्ने हालतमा पो रहेछ।
नराम्ररी कोट्याईदियो घाउ आज, त्यो फोनकलले। अनि भाइबरमा यि म्यासेज! फोन कलमै अल्झिएको मेरो जिवन. . . उफ्! म सम्झिन चाहन्नँ, तर पनि लाग्छ अझ उहि टेबलमा छु, उहि सत्यको सामुन्ने! खोई किन बचाएर राख्छ कसैले चल्न छाडेको नम्बर, खोई किन भाइबरमा खोज्छन अनि उथलपुथल पारिदिन्छन् एकनासले अघी बढीरहेको जिवन ।
टेबलमा फ्राईड राईसले भरिएको एउटा प्लेट अनि त्यसमा एक-एक काँटा अल्झाएर अलमलिएका म र प्रनित! भेज फ्राईड राईसमा चिकेनका टुक्रा खोजेझैँ म त्यहाँ उसको र मेरो भेटको अर्थ खोज्दै थिएँ, तर फगत ! नतिजा उहि; शुन्य। “ हामि आज किन भेट्यौँ? “
ओठसम्मै आईपुगेर पनि बाटो बिराए मेरा शब्दले, सकिँन बोल्न। चुपचाप काँटा खेलाईरहेँ । हाम्रो सम्वन्धको चिसोपनमा त्यो बिचरा फ्राईड राईस पनि सेलाँउदै थियो।
” हामी क्या अचम्म है, ब्रेकअप पछि फस्ट डेट! “
त्यो अनौठो मौनतालाई चिर्ने प्रयास गर्यो उसले ।
मैले पनि हाँसोमै उडाईदिएँ, “हाहा” भनेर चुप रहनु सजिलो थियो त्यहाँ केहि बोल्नु भन्दा । हो, त्यो पहिलो भेट थियो हाम्रो। फेसबुकमा गरेको चिनजान र त्यो भेट। अनि ति दुइ घटनाबिच पुरा भईसकेको त्यो अपुरो प्रेमकहानी।
” हेलो! अनामिका, म प्रनित बोलेको। “
” अँ, चिनेँ। “
” चिन्यौ रे, कसरि? मैले त आज फस्ट टाईम फोन गरेको। “
” भर्खर त नम्बर मागेको च्याटमा तिमिले, अरु कस्ले फोन गर्छ त?”
” ए अं है, बिर्सेको मैले, हाहा। “
प्रनितसंगको मेरो फेसबुक चिनजान पुरानै थियो तर नाता हरेक दिन नयाझैँ बन्थ्यो । उसका सबै तस्विर हेरेर भ्याएकि थिएँ मैले। फुटबल खेल्थ्यो, गितार बजाँउथ्यो, ह्यान्डसम थियो, गीत पनि मिठो गाँउथ्यो। बस! ‘क्रस’ थियो उ मेरो, नदेखे नभेटे पनि। धेरै नै मिल्थ्यौँ हामि तर त्यो दिन फोनको बात केहि अलग थियो, उसका आवाजको मात केही अलग थियो। म डुब्दै गएँ, लठ्ठिदै गएँ। थाहा थिएन के गफ भयो, लाग्थ्यो चाहिने कुरा केहि गरिएन तर समय हेर्दा अनि र अरु मै ५१ मिनेट कटिसकेको थियो।
“अनामिका!”
“हमम्!”
“आई लभ यू!”
“ह्वाट! नजिस्क न।”
“जिस्केको हैन साँचिकै भनेको हो।”
“मलाई किन माया गर्नु तिमिले? यति नराम्री छु म? किन?”
“हेर, राम्री केटि भनेको रुखमा तल फलेको स्याउ जस्तै हो; सबले टिप्छन्। नराम्री चैँ रुखको टुप्पोमा फलेको स्याउ, पुग्न सक्दैनन् अनि नराम्रो भन्छन् तर मिठो त्यहि हुन्छ।”
सायद त्यो जवाफ साहित्यिक थियो, तर मलाई चित्त बुझेन। न म स्याउ हुँ, न त नराम्री ।
मैले त मलाई राम्री भनोस्, तारिफ गरोस् भनेर मात्र त्यति भनेकि थिएँ। त्यती पनि नबुझेर साहित्यका कुरा गर्नुपर्ने, बुद्दु!
तर पनि खै के जादु थियो त्यही बुद्दुको आवाजमा, मेरो ‘क्रस’ एकाएक लभमा बदलियो । मैले उसलाई नाइँ भन्न सकिँन। बाध्यताले होईन, शायद त्यो एक कलमा मैले आफ्नो मन हारिसकेकी थिएँ।
” पिरो भो? “
” अँ “
उसको मुहार हेरेर पिरो भएको त ठम्याएं तर अफशोस उसको मनको कुरा पत्ता पाउन यति सजिलो थिएन।
” लिउ पानी! “
” हैन, सस हाल्छु। “
” ल, सस हाल त्यसो भए। “
” भो! पानी नै पिँउछु। “
” तिमि कहिले एउटा डिसिजनमा टिक्न सक्छौ प्रनित? “
” भो, त्यो कुरा नगर! याद नगर पहिलाका कुरा केहि। “
चुप लागेँ, गरिन त्यो कुरा। के याद राखुँ म, के बिर्सिदिउँ ? प्रपोज गरेको भोलिपल्ट उसले मलाई ” म रिलेसनको लागि रेडि छैन ” भनेको? या फेरि ‘रिलेसन’ मै फर्केको? या त्यो सम्झुँ जब हाम्रा भेटघाटका अनेकौँ योजना उ अन्तिम मिनेटमा आएर टारिदिन्थ्यो? भेटघाट बिना गाँसेको माया, भेटघाट नहुँदैमा के भो र भन्दै केहि बोलिँन म। फेरि केहि समयमा भन्न थाल्यो “म अझै पनि आफ्नो एक्सलाई माया गर्छु, यो रिलेसनको लागि रेडि छैन म। ” फेरि पनि केहि बोलिँन म। उसले भेट्न बोलायो, गएँ। नबोल त्यो बारेमा भन्यो, बोलिँन म।
” रुघा लागेको हो र?” नबोली बस्न पनि सकिँन ।
” होईन “
” कस्तो अर्कै सुनिएको त तिम्रो आवाज। “
” कस्तो सुनियो र? “
” नाके श्वर। “
” यस्तै त हो नि। “
” अनि त्यो दिन त कस्तो अर्कै थ्यो त! “
” कुन दिन? “
” प्रपोज गरेको दिन के, फोनमा! “
काँटामा वसिरहेका उसका औँला अचानक खुकुला भए। मुखमा भएको खाना नसर्किए पनि निल्नु-ननिल्नुको असमञ्जसमा थियो। यस्तो लाग्थ्यो टमेटो ससको बोतलबाट चिल्ली सस परेको थियो उसको भागमा।
” अनामिका, आई निड टु टेल यु अ ट्रुथ! “
” के? भन न “
” त्यो दिन फोनमा म हैन, मेरो साथी थियो। म र उ संगै थियौँ। मैले तिमीलाई कहिले माया गरेको थिइँन, तिमीसँग सधैँ कुरा गर्ने उहि थियो । “
काश केहि सत्यको पिरो सहन र मेटाउन पनि टमेटो ससको स्वाद पर्याप्त हुन्थ्यो ।
डाटा अफ गर्नु समाधान होला र ? अन गरेँ अनि भाइबरमा उहि म्यासेजका लस्कर! यस्तै “टुङ टुङ्” ले मेरो स्मार्टफोन किनेको सबै उत्साह खोसिदिएको थियो, जब “म सन्देश” भन्दै कुनै नचिनेको नम्बरबाट आएका कुनै नचिनेको मान्छेका म्यासेजलाई पछ्याँउदै आएको थियो त्यो फोन । अनि त्यो आवाज; त्यो आवाज नै पर्याप्त थियो उसको परिचय दिन ।
” अनामिका, म सन्देश बोलेको । तिमीलाई प्रनित बनेर फोन गर्ने म नै थिएँ ! “
“तिमी ? द्याट वाज यु ? तिम्रो हिम्मत पनि कसरी भयो मलाई फोन गर्ने ? मेरो नम्बर कता बाट पायौ ? “
” पाउनु किन पर्यो, तिम्रो नम्बर कन्ठै छ मलाई । सधैँ मैले नै त फोन गर्थेँ तिमीलाई ! “
अहँ, अलिकती पनि ग्लानी थिएन उसको आवाजमा । कुनै बेला माया गाँसेको त्यो आवाजसँग घृणा मात्र बाँकी रह्यो ।
” आज किन ? “
” तिमीले भाइबर जोइन गरेको नोटिफिकेसन आयो, अनि थाम्न सकिँन मनलाई । तिमीलाई सरी भन्नुथ्यो । “
” केको लागी ? “
” डन्ट जोक के, थाहा छ नि तिमीलाई, त्यही फोनको लागी ! “
जोक ? मजाक त ति दुइले बनाएका थिए, मेरो भावनाको, मेरो मायाको !
 ” भन्यौ नि सरी ? अब डिलेट गर नम्बर ! “
” अनामिका ! “
” ह्वाट ? “
” आइ रियल्ली लभ यु ! “
फोन काट्नुको बिकल्प थिएन । अनि त्यसको केहि छिनमा भाइबरमा म्यासेजको ओइरो; “र्युड” भएँ रे म । हो, सन्देशको “आइ लभ यु” बेवास्ता गरेँ, प्रनितका शब्दलाई अचानक त्यो टेबलमा फ्राइ राइससँगै अधुरो छोडेर हिडेँ, सायद “र्युड्” नै भएँ म । तर हक छ मलाई!
पहिले सोच्थेँ नदेखी नभेटी माया गाँसिदैन, तर जब आफुलाई असर भयो तब बिश्वास आफैँ भयो । हरसम्भव प्रयास गरेँ सम्बन्धलाई बाँधिरहन, तर आज आफुलाई हेर्दा हाँस्छु । मलाई त यती पनि थाहा छैन कि मैले माया गरेँ त कसलाई ? प्रनितको आकृतिलाई या सन्देशको आवाजलाई ?
कसैको भावनाको हत्या गरेको आरोपमा सजाय सुनाउन मिले म यि दुवैलाई बराबर दोषी करार गरिदिने थिएँ, र सँगसँगै आफ्नो मुर्खतालाई पनि । तर यहाँ कसैबाट पन्छिन “ब्लक” पर्याप्त छ । सायद यही एक फाइदा छ “भर्चुअल्” नाताको !
“सरि, म नचिनेको मान्छेसँग बोल्दिँन”
सन्देशसम्म यो सन्देश पुगे लगत्तै गरेको त्यो ब्लक पछी म सोच्दैछु, यि सबमा “नचिनेको मान्छे” आखिर को थियो ? प्रनित जोसँग चिनजान छ भन्ने भ्रममा म थिएँ, सन्देश जो मलाई नचिन्दा पनि मलाई माया गर्छ भन्ने जिद्दी गरिरहन्छ, या उ, जोसँग मैले माया गासेँ ?
 

Comments

  1. राम्रो लेख्नुहुदो रहेछ खुसि लाग्यो प्रमिशा जी यस्लाइ निरन्तरता दिनुहोला

    ReplyDelete

Post a Comment

Popular posts from this blog

The Jack of All Trades

I was told I could be good at anything not warned it meant average at everything People grow up, may be I grew down on every chessboard but as a pawn Being born a cluster of potential meant so much more for me to waste The rising star they all looked up to who fell shooting down in a haste There were so many boats to ride I put my feet in all but heart in none Shuffling again and again to find the same Jack of all trades, master of none. I had this picture perfect idea of me painted gold with every medal I landed every teacher and fortune teller so sure a future set in stone waiting to be handed I was my full-marks and my first prizes my monitor badges and assembly applauses my jumping years and too good for my peers my school songs and their genuine cheers my dance rehearsals, the needles and threads my poems and speeches turning heads my raising hands and stunned teachers my voice familiar with the speakers. Now I am this collage of embarrassments everyday reminded to make amendments...

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

A cheesy poem

  You say you can't write poems about love About happiness, devoid of hurt but is it really that you cannot or that they never hit you hard enough. You've never written about starry skies but so many with watery eyes Always with a pen in the lows and never once so in the highs. It was never something you could not feel but writing it down would make it real. Maybe that would shield you for good But the end always hit as hard as it should. So you never wrote about your smiles In your theatre of memories, those blissful aisles but everytime you bled and shed you scribbled and went on for miles and miles. And though it begins so cliche with all these rhymes And will only get cheesier with the following lines I hope we're both patient with this one because today I wish to write about good times. Today all I did was exist and yet he looked at me like I won a nobel prize Today all I did was something dumb and yet he talked to me like I was the smartest pers...