Skip to main content

Posts

ट्युसन जिन्दगीको

“करुणा, के छ हालखबर ?”  अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै म सम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी नै छ मेरो जसले मलाई लिफ्ट दिनु आफ्नो बाइकको धर्म सम्झेर रोकोस् मेरो लागि । तब यो को हो जो रोकियो मेरो लागि ?  “ए, आकाश दादा, हजुर पो ?”  “अँ, को भन्ठान्यौ र ?” खै को भन्ठाने कि थिएँ मैले ? मनले भने कल्पना र आशा दुवै बुनिसकेको थियो, काश मेरो पनि कोही हुन्थ्यो जो बाइकमा आउँथ्यो अनि लिएर जान्थ्यो मलाई फिल्म हेर्न, पिज्जा खुवाउन, अनि सुनाउँथेँ होला मैले पनि, साथी संगीको माझमा अनि फेसबुकका भित्तामा ! जब कुनै जोडी देख्थेँ मेरो मनले प्रश्न गथ्र्याे “मेरो जीवनमा यस्तो दिनकहिले आउला ?”  “कोही हैन दादा, कस्तो नचिनेको हजुरलाई मैल !”  “हाहा, हुन त चिन्थ्यौ पनि कसरी, २ वर्ष बढी भो होला देखादेख सम्म नभाको ।”  हुन त हो,एक त्यो समय थियो मेरो एसएलसी अघिको,अनि एक आजको दिन छ । पढ्दापढ्दै समय बितेको थाहै भएनछ । जसरि यती समय बित्यो, लाग्छ मेरो “ट...

म सधैं मुस्कुराइ रहनेछु आकृति !

चार काँधमध्ये मेरो पनि एक थियो । तर, आफैँले बोकेर घाटसम्मको बाटो पहिल्याए पनि त्यो मुहार हेरेको छैन मैले । पाइलाको गणितमा टाढै छु म, जहाँ उसको शरीर अनेक कर्मकान्डको भागिदार बन्दैछ । थाहा छैन, त्यो मुहार अन्तिम पटक हेर्न मैले पाइनँ, चाहिनँ, या सकिनँ । “बाबु,तिमी न्यौपाने सरको छोरा होइनौं ?” बसको झ्याल बाहिरबाट कसैले अचानक यो प्रश्न गर्दा केही बेर त अकमक्किएँ म । २०६० साल । ८ मा पढ्दैथिएँ म । घरबाट टाढा काठमान्डुमा मेरो पहिलो साल, मामाघर बुटवलमा दशैँ मनाएर फर्कँदै थिएँ । आफ्नै गाउँ, आफ्नै ठाउँ । सानै थिएँ रे, त्यसैले नाइटबस छोडेर बिहानै ५ः३० को बस रोजियो । मामालाई पाल्पा जानुथियो, म पहिलो पटक त्यती लामो यात्रा गर्दैथिएँ । झोलामा वाईवाईका तीन प्याकेट,एक बोतल पानी, आधा लिटरको फ्यान्टा, एउटा टेस्टी बिस्कुट र मनमा केही डर लिएर कुर्दै थिएँ । बसका चक्काले आफ्नो कर्तव्य सम्झिने समय आउन अझै १५ मिनेट थियो । त्यतिखेरै झ्यालबाट त्यो आवाज, जवाफमा “हो” भनेँ मैले। “एक्लै जान लागेको? छेउको सिटमा कोही छैन?” बिहानको बस, खासै मान्छे थिएनन् । “खै अहिलेसम्म त कोही बसेको छैन ।” त्यत...

नचिनेको मान्छे

” अनामिका, प्लिज बिलिभ मि ! म साँच्चै माया गर्छु तिमिलाई। “ ” सट अप सन्देश! तिम्रो कुरा पत्याउँ म? मलाई त थाहा पनि छैन तिमी को हौ। अनि यो म्यासेज पठाउने के साच्चै सन्देश नै हो? “ ” नरिसाउ न प्लिज! म फोन गर्छु तिमिलाई पर्ख। “ ” अहँ, मलाई कुरा गर्नुछैन। जति दुःख दिनुथियो दिईसक्यो तिम्रो आवाजले मलाई। “ भाइबरको फेरि अर्को ” टुङ टुङ ” लाई बेवास्ता गर्दै मोवाईल डाटा अफ गरेर छेउ लगाएँ मोबाइललाई । पाप्रो उप्किएर छाला जस्ताको तस्तै भएपनि रहिरहने सानो दागजस्तै सोचेको सानो अतित त आखिर पाप्रो उप्काँउदैमा रगत बग्ने हालतमा पो रहेछ। नराम्ररी कोट्याईदियो घाउ आज, त्यो फोनकलले। अनि भाइबरमा यि म्यासेज! फोन कलमै अल्झिएको मेरो जिवन. . . उफ्! म सम्झिन चाहन्नँ, तर पनि लाग्छ अझ उहि टेबलमा छु, उहि सत्यको सामुन्ने! खोई किन बचाएर राख्छ कसैले चल्न छाडेको नम्बर, खोई किन भाइबरमा खोज्छन अनि उथलपुथल पारिदिन्छन् एकनासले अघी बढीरहेको जिवन । टेबलमा फ्राईड राईसले भरिएको एउटा प्लेट अनि त्यसमा एक-एक काँटा अल्झाएर अलमलिएका म र प्रनित! भेज फ्राईड राईसमा चिकेनका टुक्रा खोजेझैँ म त्यहाँ उसक...

"बढ्दै छ त बढ्न देउ"

बढ्दै छ त बढ्न देउ तिम्रो के बिग्रीएको छ र ? तिमी त आफ्नो महल मा आफैँ हराएझैँ छौ तीनजना लाई तीनसय कोठा फालाफाल मालामाल तिम्रो चर्पी जत्रो पनि नहोला कसैको घर यहाँँ तिम्रो जुत्ता राख्ने र्‍याक जत्रो झुपडिमा कोचिएर तीस फोक्सो सास फेर्छन यहाँँ तर तिमीलाई के ? जनस्ंख्या बढेर पनि तिम्रो के बिगारेको छ र ? बरु तिम्रा नोकर चाकर सुसारे बढेका छन् गरीबी बढेर पनि तिम्रो के बिगारेको छ र ? बरु तिम्रा अघी जोडिने करोडौँ हात थपिएका छन् अनी त तिमी भन्छौ "बढ्दै छ त बढ्न देउ" बढ्दै छ त बढ्न देउ तिम्रो के बिग्रीएको छ र ? तिमी त खजाना लुट्न मै व्यस्त छौ मस्त छौ विदेशी होटेलका किराफट्याङ्रा चाख्दैछौ तिम्रा ठुल्ठुला कुकुरले फाल्ने खानाले कसैको भोक मेटिन्छ यहाँ सिस्नु पनि भेटिन छाड्यो एकछाकको चिन्ताले घाँटी रेटिन्छ यहाँँ तर तिमीलाई के मतलब छ र ? भोक्मरी बढेर पनि तिम्रो के बिगारेको छ र ? " म गाउँ गाउँमा खान पुर्‍याँउछु " यो भाषणले तिम्रा लागि ताली पिट्ने लाखौँ भोका जन्मेका छन् करोडौँ भोक जन्मेका छन् त्यसैले त तिमी भन्छ...

नयाँ झुल

“हेर बुढी, ठाउँठाउँमा च्यात्तिसक्यो झुल पनि, नसकिने भो अब !” “अनि कसले त्यै चलाउन भन्यो त हजुरलाई ? अर्को झुल हुँदाहुदै किन लामखुट्टेलाई निम्तो दिईराको होला ?” “कुन झुल ?” “त्यै क्या, नानीले ल्याको नयाँ झुल !” किताबका पानामा हराउँदा हदाउँदै पनि अचानक त्यो नयाँ झुलको चर्चाले केही पुराना कुरा सम्झाइदिए । दराजबाट आमाले त्यो झुल  झिक्दै ओछ्यानमा फिजाएझैँ गुम्सिएका याद मेरो स्मृतिमा फिँजिए । – – – – – – – – – “कति फोका उठेको मुखभरि ?” “राम्र्रै हो नि काली, धेरै ह्यान्ड्सम भयो भने अरुले हेर्थे, अब हेर्दैनन्, तँलाइ फाइदा !” “नचाहिने कुरा नगर न ! के भा’कोे ?” “किसको दाग हो काली, लामखुट्टेको । तैँले माया गर्दिनस् अनि त्यै लामखुट्टे त हुन्छ नि रातभर ।” “कतिपटक भनिसकेँ एउटा झुल किन भनेर ! मेरो कुरा त माने पो है ?” अलि बेर छेउमा बस्दा पनि मेरा हातमा सलबलाउन खोजेका उसका हात फेरि उसकै पुरानो जिद्दीका बाटोमा हिंडेका चाल पाइहालेँ । अनि फुत्किएर गएँ ग्याँस चुल्होतिर । जारको पिंधबाट जसोतसो जगमा हाल्दा पनि पुग्ने देखिनँ त्यो पानी मैले खाना पकाउन । “पानी सक्केछ त ! ल्याउनुपर्दैन ...

हाउस-हस्ब्यान्ड

“मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “ “जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?” “मैले के लेखेँ र, भको कुरा त हो नि ।” “खै देखा, के लेखिस् ? ह्वाट डज योर मदर डु ? माइ मदर इज अ टिचर । ह्वाट डज योर फादर डु ? माइ फादर इज अ हाउस्-हस्ब्यान्ड । “           “हाउस्-हस्ब्यान्ड्”, सुन्दा हाँसो लाग्नुपर्ने यो शब्द खै कसरी त्यो दिन यी आमाछोरीको कुरा सुन्दा भाँडा माझ्दै गरेको झुसको तिखो तार हातमा बिझेझैँ अचानक च्वास्स बिझेको थियो मेरो मनमा । ” हाउस-हस्ब्यान्ड रे ? यस्तो नि हुन्छ ? के लेखेकी यस्तो ? “ ” अनी के लेख्नु त ? त्यो दीक्षा, सबिनाहरु को मामु अफिस जानुहुन्नँ, घर बसेर घरको काम गर्नुहुन्छ अनि हाउसवाइफ भन्छन् उनिहरु । मेरो बाबा चाहिँ हाउस-हस्ब्यान्ड भन्न किन नपाउने नि मैले ? “             उसको उमेरको बुझाइले त्यो कुरा उसको लागी सामान्य थियो, सायद अहिले हुन्थ्यो भने त्यसलाई व्यङ्य बुझ्थेँ होला म । तर उसले त त्यही भनेकी थिइ जे उसले देखेकी थिइ । गलत के भनेकी थिइ र उसले ? बिह...