Skip to main content

म सुक्ष्मकीट झैँ भएछु


म सुक्ष्मकीट झैँ भएछु
भएर पनि नभए जस्तो
देखिएर पनि अदृश्य जस्तो
म सानो होइन
तिम्रा आँखाले मलाई हेर्न भ्याएनन्

तिमी त ठूलाठूला महल र्हेछौ
धरहरा र्हेछौ
तर त्यही धरहराबाट कसैलाई हेर्न लगाउ
तिमी पनि सुक्ष्मकीट झैँ हुनेछौ

म सुक्ष्मकीट झँै भएछु
मेरो विनाश गर्नु तिमी आफ्नो माहनता सम्झन्छौ
मलाई पलपल जलाउन खोज्छौ
मेरो पिडामा तिमी खुशी हुन्छौ
मेरा अनेकौँ खतरा कल्पना गरी
तिमी मेरा अवशेष पनि बाँकी राख्दैनौ
तर जब मेरो आवश्यकता हुन्छ
तिमीले चाहेर पनि मलाई भेट्टाउने छैनौ

म सुक्ष्मकीट झैँ भएछु
प्रयोगशालामा भेटिन्छु
प्रयोग गरेर तिमी ठूलो बन्छौ
अन्त्यमा मलाई तिक्ष्ण भन्छौ
तिमी मलाई हेप्दै जान्छौ
मबाट टाढिँदै जान्छौ
तर याद राख
जब समय आँउछ
तब कसैको प्राण लिन
एउटा सुक्ष्मकीट नै काफी हुन्छ..........      

Comments

Post a Comment