Skip to main content

म सुक्ष्मकीट झैँ भएछु


म सुक्ष्मकीट झैँ भएछु
भएर पनि नभए जस्तो
देखिएर पनि अदृश्य जस्तो
म सानो होइन
तिम्रा आँखाले मलाई हेर्न भ्याएनन्

तिमी त ठूलाठूला महल र्हेछौ
धरहरा र्हेछौ
तर त्यही धरहराबाट कसैलाई हेर्न लगाउ
तिमी पनि सुक्ष्मकीट झैँ हुनेछौ

म सुक्ष्मकीट झँै भएछु
मेरो विनाश गर्नु तिमी आफ्नो माहनता सम्झन्छौ
मलाई पलपल जलाउन खोज्छौ
मेरो पिडामा तिमी खुशी हुन्छौ
मेरा अनेकौँ खतरा कल्पना गरी
तिमी मेरा अवशेष पनि बाँकी राख्दैनौ
तर जब मेरो आवश्यकता हुन्छ
तिमीले चाहेर पनि मलाई भेट्टाउने छैनौ

म सुक्ष्मकीट झैँ भएछु
प्रयोगशालामा भेटिन्छु
प्रयोग गरेर तिमी ठूलो बन्छौ
अन्त्यमा मलाई तिक्ष्ण भन्छौ
तिमी मलाई हेप्दै जान्छौ
मबाट टाढिँदै जान्छौ
तर याद राख
जब समय आँउछ
तब कसैको प्राण लिन
एउटा सुक्ष्मकीट नै काफी हुन्छ..........      

Comments

Post a Comment

Popular posts from this blog

The Jack of All Trades

I was told I could be good at anything not warned it meant average at everything People grow up, may be I grew down on every chessboard but as a pawn Being born a cluster of potential meant so much more for me to waste The rising star they all looked up to who fell shooting down in a haste There were so many boats to ride I put my feet in all but heart in none Shuffling again and again to find the same Jack of all trades, master of none. I had this picture perfect idea of me painted gold with every medal I landed every teacher and fortune teller so sure a future set in stone waiting to be handed I was my full-marks and my first prizes my monitor badges and assembly applauses my jumping years and too good for my peers my school songs and their genuine cheers my dance rehearsals, the needles and threads my poems and speeches turning heads my raising hands and stunned teachers my voice familiar with the speakers. Now I am this collage of embarrassments everyday reminded to make amendments...

That Day

  That day I put on a red lipstick cause you asked me to only for you to wipe it off in a hurry. I took a hundred amazing pictures of you only for you to take one blur shot of me. I spent the morning getting ready for you only to hear how I need to learn to be pretty I took the sweetest selfies with you only to forever hide it in my gallery. That day I surprised you with a pair of sunglasses only for you to be mad about how I didn't get a box for it. I paid for our lunch only for you to never ask what I wanted to eat. I got on a crowded bus with you only for you to jump into the only empty seat. I took three buses to get to you only for you to run saying there were friends you had to meet. That day I came to you straight from a week long trip Only for you to say I smelled like shit. I waited all day to get a reply from you only for you to yell for God knows what I did. I made you a video montage on your birthday only for you to say you'll be busy and wis...

हे जानकी !

हे जानकी ! तिमी र म एउटै जात एउटै धर्म एउटै रगत एउटै माटो तिमी र म कहाँ फरक छौँ  र ? तिमीले दुःख नपाएको होइन मैले पनि सुख पाएको होइन नेपालकी चेलीको कर्मै यही रहेछ तिमीले रामायण जहाँ छाडेकी थियौ मेरो कथा पनि त्यहीँबाट सुरु हुन्छ आउ न आफ्नै आँखाले हेर मेरो जन्म तिम्रो जस्तै छ मेरी आमाले पनि मलाई समाजको डरले धरतीले तिमीलाई लत्याएजस्तै एउटा फोहोरको डिब्बामा मिल्क्याइन् तिमी भने राजपुत्री भयौ म भने एउटा गरिब घरकी चेली भएँ तिमी स्वयंवरमा सजाइयौ म ठालूका आँखामा सजाइएँ तिमीलाई बहादुरीले जितेर लग्यो मलाई पैसाले जितेर लगे हे जानकी ! तिमी कि जनकपुत्री जानकी बन्यौ कि रामप्रिया सिता मेरो नागरिकता पनि पिता र पतिमा अडेको छ आउ न आफ्नै आँखाले हेर सुखशयलको जीबन छाडी पतिसँगै वनवास लाग्यौ इच्छाआकांक्षा मार्ने तिम्रो बानीले मलाइ पनि कहाँ छाडेको छ र ? तर यो त तिम्रो बानी होइन बाध्यता रहेछ माइतमा पिताको आज्ञाा र घरमा पतिको आदेश मेरो पनि सास यति मै खुम्चिएको छ तिमी वनवास लगिएझैँ म पनि सिमानापारि कुनै कोठीको वासमा बेचिन्छु आउ न आफ्नै आँखाले हेर सुन्दरता तिम्रो लागि अभिशाप नै बनेको थियो हे जानकी ! म पनि कहा...