केही अन्त्य अनुत्तरित
प्रश्न आफ्नैजवाफ आफैँ बन्नुपर्ने
जवाफदेही नहुने रहेछ
कोहि यहाँ कसैको लागि
किन?
कोट्याइरहन्छ सधैँ
हजारौँ अन्य प्रश्नभन्दा
उत्तर उति नै जटिल
म खनिरहन्छु यादका सुरुङहरु
किन? किन? बर्बराउँदै
जति नजिक पुग्छु तर
अन्धकार पाउँछु उति
काँप्तछु अनि
के म साँच्चै चाहन्छु त्यो अन्त्यमा पुग्न?
कुन्नी!
जति जति खोज्दैछु त्यसलाई
भाग्दैछु उति नै अझ
कि डराउँछु अन्तमा कतै सत्य भेटिएलान्
ती सत्य जो म सुन्न चाहन्नँ
वा ती जो म मान्न चाहन्नँ
कि डराउँछु अन्त्य कतै
अन्त्य नै हुने हो
भावनाका
प्रश्नका सियोमा पिरोलेर अझै सँगालिरहेका
कतै बगाइ जाला जवाफका बाढीले
र त अर्को एउटा प्रश्न म आफैँ नदेखेझैँ
नसुनेझैँ हिँड्छु,
अनुत्तरित
के त्यो उत्तर तिमिसँग छ
वा मभित्र नै कतै?
Comments
Post a Comment