Skip to main content

Posts

चर्किएको ऐना

              रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड ! त्यो पोस्टकार्डको औचित्य कहिले बुझिन उसले, तर त्यसको उपस्थितिले रिसाउँथी ऊ सधैँ, छेकिदिन्थ्यो उसको मुहार, मानौँ उसको अस्तित्वको एक पाटो नै लुकाइदिँदै छ । र पनि कहिल्यै हटाउने प्रयास गरिन, मम्मीको कुरा नमान्ने कुरा जो भएन !               आफ्नो मुहारभन्दा अघि नजरको निसाना बन्ने त्यो पोस्टकार्डबाट ध्यान हटाएर आफैँतिर तानी उसले । सधैँको साथी थियो त्यो ऐना उसको, सब देखेको थियो त्यसले, उसको अबोध बालापन त उमेरसँगै बढ्दै गएको उसको शरीर पनि । उसका थोते दाँतको हाँसो देखेको थियो त आँसुले पखालिएको गाजल पनि । स्कुले युनिफर्ममा दुईचुल्ठी बाटेको रूप देखेको थियो त पहिरन फेर्दाको उसको नग्न शरीर पनि, लुकेको के थियो र त्यसबाट ? दराजको अर्...

असम्भवको आशमा

पहेँला ति पात पत्रपत्र उडेर कतै हावाको लहलहैमा सायद आकाश चुम्ने आशमा वेगले हुर्रिएका अचानकै थाकेका यताउता बरालिँदै आशाहरु विपरित बिस्तारै बिस्तारै नचाहँदा नचाहँदै जमिनलाई चुम्न पुगे ओइलाएका ति चुम्बनले सकम्बरीझैँ ! सुकेरै टुक्रँदा हुन् कति कती आफ्नै आँशुले कठै भिजेर कुहिँदा हुन् कती अझै हावाको भर नछाडि अँगालीँदै सँगै बरालिरहँदा हुन् कती न आफुलाई कठै बचाउन सक्दा हुन् पाइलाका डामसँगै कहिल्यै नउठ्ने गरि पराजित लड्दा हुन् जमिनमै बिलाउँदा हुन्!  तर एक यस्तो हुँदो हो बचाइरहँदो हो आफुलाई कुन्नी कुन नियतीका लागी घाममा पनि नसुक्दो हो झारिले पनि नरुझ्दो हो आँधी हुरिमा पनि अटल! चुपचाप् उही रुखको फेदमा हेरिरहँदो हो खुशी हरिया पातलाई सम्झिरहँदो हो आफ्ना दिन् बस् हेरिरहँदो हो आँसु बग्ला समयले ठग्ला र पनि पर्खिरहँदो हो थाहा छ उसलाई न उ सक्छ ना सक्छ कसैले झरेको पातलाई फेरी उठाएर रुखमा टाँसिदिन असम्भवकै आशमा मौन प्रयासमा पर्खिरहनेछ उ नओइलाउन्जेल् पर्खनेछ फर्कन!

एक महँगो सपना

‘यति प्रेसर छ नि पढाइको । तँसँग त घर–परिवार छ । कमसे कम आफ्नै देशमा छस् । यहाँ त पढाइको प्रेसर अलग, घरको न्यास्रो अलग !’ ‘जहिले यस्तै सेन्टी कुरा गरेर बस् । त्यस्तोे मान्छे किन विदेश जानुप¥यो त ? नेपालमा मेडिकल कलेजको कमी थियो र ? आखिर जता गए नि पैसै तिरेर पढ्नु रैछ । नेपालमै पढ्नुपथ्र्याे त त्यस्तो मान्छेले, के सधैँ किचकिच गरि’रा होला ?’ सोच्थेँ, अरूले बुझोस्, नबुझोस् । यही एउटा साथी छ, मलाई बुझ्ने । तर, यसले पनि पन्छाइदियो । अँ, मेरै गल्ती होला सायद । रहर नै होला मेरो यति टाढा आउने । सधैँ बिदेसिनेको मात्र गल्ती जो देख्छन् यहाँ । ‘आमा, म त कहिले विदेश जान्नँ ।’ न कसैले कहिल्यै जा भनेको थियो, न त नजा नै । तैपनि सानैदेखिको अठोट थियो यो मेरो । घरबाट एकरात पनि अन्त कतै बिताएको थिइनँ । अचम्म लाग्थ्यो, साथीहरू कसरी घर छाडेर राजधानी आएका होलान् ! मसँग त त्यति पनि हिम्मत थिएन । र, थाहा थियो, बुवाआमासँग त्यति पैसा थिएन, अरूलाई झैँ विदेश पठाउने । अनि, झन् मजबुत बन्दै गयो त्यो अठोट । प्रवेश परीक्षा सकेर बाहिर मात्र के निस्किएँ, ओइरो लाग्यो प्रोस्पेक्टस बाँड्ने हातहरूको । यसो हेरेँ, विद...

हराएको सरोकार

दिनभरिको सबैभन्दा गाह्रो काम नै उठ्नु हँुदो रहेछ । राति अबेरसम्म टिभी र फेसबुकको स्क्रीनमा टाँसिएका आँखा बिहान अलार्मले ‘उठ् ’ भनेको फिटिक्क टेर्दैनन् । आफ्नो अल्छीपना कोठाभरि फैलाउन हाइ काढेर हात तन्काउँदै मात्र के थिएँ, त्यत्तिमै रोक्न पुगें । हात अलि पछाडि पुगेको भए लाग्ने रहेछ चियाको कपमा, अनि सहिद बन्थ्यो यो बिचरा पत्रिका । खै कसको मुहार छ आज फ्रन्ट पेजमा, भाग्यमानि हुन्थ्यो मेरी आमाको हातको चिया चाख्न पाएर । आमाको बानी पनि अचम्म लाग्छ, छोरा उठ्नु अघि चिया तयार हुन्छ, तर उठाउँदिनन् । यो बिचरा चियाको कप पनि सधैँ पुलुपुलु हेर्दो हो म अल्छि तन्नेरीको आफ्नै निद«ासँगको आनाकानी । अनि यो पत्रिका, न मैले कहिले पढ्नु यसलाई ! के नै हुन्छ र हेर्न लायक ? त्यही बिचका पानामा हलिउड र बलिउडका सेलिब्रिटीका चर्तिकला, त्यो त तिनले भन्दा पहिले हामीले चाल पाइसक्छौँँ इन्टरनेटमा । हामी टिनएजरको पत्रिका पढाइ पछिल्ला पानाबाट सुरु हुन्छ, खेलकुद पट्टिबाट । त्यो पनि के हेराइ भयो र ? अस्ति राती ब्यँुझेर हेरेको मेस्सीले ह्याट्रिकले रेकर्ड तोडेको कुरा आज बल्ल आउँछ पत्रिकामा । अनि बाँकी रह्यो त्यही, दुर्घटना...

गर्ल्स होस्टेलको भूत

‘सिलाइ लगभग सकियो, तर अलिकति काम बाँकी छ । ५ बजे आउनू !’ ‘पुल’ लेखिएको ढोकालाई जबर्जस्ती धकेल्न खोजिरहेकी रचनातिर हेरेर हाँस्दै बाहिर निस्किएँ । प्रमिस‘हाँस् न अब ! भनेकै हो त तँलाई यिनीहरूले यति चाँडै लुगा तयार पार्दैनन् भनेर !’ नयाँ कलेजको युनिफर्म लिन आएका हामी बदलामा बिताउनलाई एक घन्टा लिएर फर्कियौँ । ‘युथ कलेक्सन’बाट । समय टन्नै थियो बिताउन अनि छेवैको होटेलबाट मःमःको बास्ना ! ‘ओइ सनम ! कस्तो मःमः खान मन लाग्यो ! एक घन्टा यता के डुल्नु ? मःमः खाउँ न !’ रचनाले भनी । ‘युनिफर्मका लागि सब एड्भान्समै देको, मैले त पैसै बोक्या छैन । तँसँग छ ?’ ‘मसँग झन् के हुन्थ्यो ? तैँले अचानक आएर हिँड् भनेर बोलाइस्, म त आत्तिएर पैसा–सैसा नबोकी हिडेँ ।’ अँ, अचानकै आफ्नो अँध्यारो कोठामा झसंग भएर ब्युँझेकी थिएँ म । न केही बुझेँ, न बुझ्न सक्थेँ नै । आफ्नै कोठा अचानक बिरानो लाग्यो । यति दिन मेरा साथी बनेका भित्ताबीच पनि निसास्सिएझैँ लाग्यो । केवल फुत्किन चाहन्थेँ त्यहाँबाट । अनि निहुँ बन्यो सिरानीको छेवैबाट मलाई नियालिरहेको त्यो युथ कलेक्सनको बिल । चोकसम्म जाने साथी खोज्दै पुगेकी थिएँ रचनाको कोठामा ...

ट्युसन जिन्दगीको

“करुणा, के छ हालखबर ?”  अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै म सम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी नै छ मेरो जसले मलाई लिफ्ट दिनु आफ्नो बाइकको धर्म सम्झेर रोकोस् मेरो लागि । तब यो को हो जो रोकियो मेरो लागि ?  “ए, आकाश दादा, हजुर पो ?”  “अँ, को भन्ठान्यौ र ?” खै को भन्ठाने कि थिएँ मैले ? मनले भने कल्पना र आशा दुवै बुनिसकेको थियो, काश मेरो पनि कोही हुन्थ्यो जो बाइकमा आउँथ्यो अनि लिएर जान्थ्यो मलाई फिल्म हेर्न, पिज्जा खुवाउन, अनि सुनाउँथेँ होला मैले पनि, साथी संगीको माझमा अनि फेसबुकका भित्तामा ! जब कुनै जोडी देख्थेँ मेरो मनले प्रश्न गथ्र्याे “मेरो जीवनमा यस्तो दिनकहिले आउला ?”  “कोही हैन दादा, कस्तो नचिनेको हजुरलाई मैल !”  “हाहा, हुन त चिन्थ्यौ पनि कसरी, २ वर्ष बढी भो होला देखादेख सम्म नभाको ।”  हुन त हो,एक त्यो समय थियो मेरो एसएलसी अघिको,अनि एक आजको दिन छ । पढ्दापढ्दै समय बितेको थाहै भएनछ । जसरि यती समय बित्यो, लाग्छ मेरो “ट...

म सधैं मुस्कुराइ रहनेछु आकृति !

चार काँधमध्ये मेरो पनि एक थियो । तर, आफैँले बोकेर घाटसम्मको बाटो पहिल्याए पनि त्यो मुहार हेरेको छैन मैले । पाइलाको गणितमा टाढै छु म, जहाँ उसको शरीर अनेक कर्मकान्डको भागिदार बन्दैछ । थाहा छैन, त्यो मुहार अन्तिम पटक हेर्न मैले पाइनँ, चाहिनँ, या सकिनँ । “बाबु,तिमी न्यौपाने सरको छोरा होइनौं ?” बसको झ्याल बाहिरबाट कसैले अचानक यो प्रश्न गर्दा केही बेर त अकमक्किएँ म । २०६० साल । ८ मा पढ्दैथिएँ म । घरबाट टाढा काठमान्डुमा मेरो पहिलो साल, मामाघर बुटवलमा दशैँ मनाएर फर्कँदै थिएँ । आफ्नै गाउँ, आफ्नै ठाउँ । सानै थिएँ रे, त्यसैले नाइटबस छोडेर बिहानै ५ः३० को बस रोजियो । मामालाई पाल्पा जानुथियो, म पहिलो पटक त्यती लामो यात्रा गर्दैथिएँ । झोलामा वाईवाईका तीन प्याकेट,एक बोतल पानी, आधा लिटरको फ्यान्टा, एउटा टेस्टी बिस्कुट र मनमा केही डर लिएर कुर्दै थिएँ । बसका चक्काले आफ्नो कर्तव्य सम्झिने समय आउन अझै १५ मिनेट थियो । त्यतिखेरै झ्यालबाट त्यो आवाज, जवाफमा “हो” भनेँ मैले। “एक्लै जान लागेको? छेउको सिटमा कोही छैन?” बिहानको बस, खासै मान्छे थिएनन् । “खै अहिलेसम्म त कोही बसेको छैन ।” त्यत...

नचिनेको मान्छे

” अनामिका, प्लिज बिलिभ मि ! म साँच्चै माया गर्छु तिमिलाई। “ ” सट अप सन्देश! तिम्रो कुरा पत्याउँ म? मलाई त थाहा पनि छैन तिमी को हौ। अनि यो म्यासेज पठाउने के साच्चै सन्देश नै हो? “ ” नरिसाउ न प्लिज! म फोन गर्छु तिमिलाई पर्ख। “ ” अहँ, मलाई कुरा गर्नुछैन। जति दुःख दिनुथियो दिईसक्यो तिम्रो आवाजले मलाई। “ भाइबरको फेरि अर्को ” टुङ टुङ ” लाई बेवास्ता गर्दै मोवाईल डाटा अफ गरेर छेउ लगाएँ मोबाइललाई । पाप्रो उप्किएर छाला जस्ताको तस्तै भएपनि रहिरहने सानो दागजस्तै सोचेको सानो अतित त आखिर पाप्रो उप्काँउदैमा रगत बग्ने हालतमा पो रहेछ। नराम्ररी कोट्याईदियो घाउ आज, त्यो फोनकलले। अनि भाइबरमा यि म्यासेज! फोन कलमै अल्झिएको मेरो जिवन. . . उफ्! म सम्झिन चाहन्नँ, तर पनि लाग्छ अझ उहि टेबलमा छु, उहि सत्यको सामुन्ने! खोई किन बचाएर राख्छ कसैले चल्न छाडेको नम्बर, खोई किन भाइबरमा खोज्छन अनि उथलपुथल पारिदिन्छन् एकनासले अघी बढीरहेको जिवन । टेबलमा फ्राईड राईसले भरिएको एउटा प्लेट अनि त्यसमा एक-एक काँटा अल्झाएर अलमलिएका म र प्रनित! भेज फ्राईड राईसमा चिकेनका टुक्रा खोजेझैँ म त्यहाँ उसक...