Skip to main content

Posts

The Confession of a Social Criminal

 ( Was filled with the urge of writing this after seeing posts about Swosthani on social medias ) Yes we don't read Swosthani in our house every year. No I'm not an Atheist. I don't know if I qualify as a religious person. I celebrate every festival. I bow down at every temple I see. I pray to God and put tika before exam and flights. But we have never read Swosthani in our home, as far as I remember. I once remember reading Swosthani when I was younger, not aloud though. I didn't worship the cover before reading it, I just put it on my lap and read it. To me, I was just reading another book. I remember there was this Goma of 7 or 17 years who married a 70 years old man. ( I haven't read it ever after that day so I'm not really sure about the facts. ) That part seemed absurd to me, even as a schoolgirl. I imagined myself, around the same age, marrying such an old man; and it scared me! I just put the book aside and never completed it. There are things like ...

The Scars

"Will you be fine now? Do you want me to stay?" She slowly unwrapped her arms from around her little brother as he gave her a nod as an answer. "But this hurts, I just realised." He said, with a short shy and guilty glance at his hand. "Of course it does. I will go get some ointment, you stay here." With that, she left the room, taking just one more glance at his arm. Some old and some new, there was hardly any part of the skin on his left forearm and palm not carrying the burden of any scars or cuts. Scars, she had known them too well for too long. She could tell by looking at a scar how much a person had suffered. She could tell which scars were from self-harm and which from suicidal attempts. The numerous, shallow, scary to look at, those ones were from "self-harm". Usually done when a person loathed himself so much that he would want to cause pain, see himself suffering, and fill himself up with physical pain enough to overwrite the actu...

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

छर्लङ्ग !

काँचको घुम्टो ओढेर ओठ खुलाइ हाँस्दैछे उ हाँसो आहा! छर्लङ्ग छ! जति जति तन्कन्छन् ती मुस्कानका रेखाहरु बिझाउँछन् कठै ती अदृश्य काँचका पर्दाले आँसु कतै बाफ बन्छ हाँसो तर छर्लङ्ग छ! मान्छे बन्नु थियो उसलाइ गुडिया कसैले बनाइदियो सास फेर्न खोज्छे कति शरिर तर मरिसक्यो नचाउनेले चलाइदिन्छन् नियती उही, नाचिदिन्छे वाह! गुडिया! भनिदिन्छन् होइन भन्न सक्दिन उ शरीर खेलौना बनिसक्यो मनको अब कसले सुन्छ ? छाला मात्र छर्लङ्ग छ! रङ्गीविरङी फ्रकमा सजाइ गयो दोकानदार निला चम्किला आँखाले फरियाको सपना देखे न हात उसको चल्न सक्यो न कपडा आफैँ बढ्न सक्यो देख्नेले नाङ्गा खुट्टा देखे मुख मिठ्याए गइदिए उ मुस्कान बोकी उभिरही समर्थन सबले बुझिरहे उ लाज ढाक्न चाहिरही खुल्ला सबैले देखिरहे भने सबै छर्लङ्ग छ!

केही प्रश्नलाई एक सानो जवाफ!

"त्यो लुगाको रंग कस्तो नसुहाएको त्यसलाइ,किन लगाकी होली? किन? हाहा " पार्टीमा कसैलाई देख्दा, फेसबुकमा कसैको फोटो स्क्रोल गर्दा हेरेर हाँस्दै भन्छौं होला कतिलाई! काश त्यो बेला आफ्नो त्यो लुगा याद आउंथ्यो जुनमा आफु मोटी नै देखिए पनि लगाउन चाहन्थ्यौं , जुन तस्वीर त्यति राम्रो नलागे पनि फेसबुकमा सजाउन चाहन्थ्यौं। किन? उ यति ठुलो कार्यक्रममा पनि मेकअप नगरी फुस्रो मुहार लिएर आइ, सायद उसले क्यामेराभन्दा टाढा रमाउन जानेकी छे की सायद? किन? त्यो नाचको लुगा उसलाई सुहाउँदैन सायद, र पनि त्यसमा नाच्दा उसले पाउने खुशी तिमीले लुकेर टिप्पणी गर्दा पाउने आनन्द भन्दा चोखो छ। किन? हो उसको चश्माका शिशा मोटा,बाक्ला होलान तिम्रो फेशनमा नपर्ने, तर तिनले उसलाई संसार देखाउँछन्। किन? उ होची नै सहि तिम्रा हिलजुत्ताका भिडमा तर उसको खुट्टाले आत्तिनु त पर्दैन भांचिउला कि भन्दै! हेर फलानोले यस्तो गरेछ, यस्तो लगाएछ, सुहाएछ, सुहाएनछ, कार्टुन देखिएछ! तिमी पनि त कार्टुन नै देखिएकी थियौ होला सानोमा आमाको मेकअप किट लुकाएर मुखैभरी दल्दा, आमाल...

भत्किएको पर्खाल

ब्रेकसँगै झट्टै मेरा आंखा ट्याक्सीको मिटरमा पुगे । सम्झिएँ, दाम त एयरपोर्टमै तोकिसकियो । मिटर त केवल हात्तीको देखाउने दाँत थियो, व्यर्थ ! ढोका खोल्न हात बढाएँ, घरी एकथरी ह्यान्डल तानेँ घरी अर्को । तर फगत्, ढोका खुलेन । केहि सिप नलागेपछी हतास भएर हेरें केहि अघिदेखी मेरो क्रीयाकलाप नियालीरहेको ट्याक्सीचालकलाई । अलि पछाडी सर्यो, हात तन्कायो र सानो माइकजस्तो देखिने त्यो लक तान्यो । मनमनै आफुलाई “थुक्क” भन्न भ्याएँ । एक वर्षमा कती थोक बदलिए होलान् तर ट्याक्सीको ढोका खोल्न उस्तै अनाडी ! ह्यान्डलको “खिटिक्क”सँगै ढोका सजिलै खोलिदियो उसले, अनि मतिर हेरेर ङिच्च हाँस्यो । भावहिन मुहारले उसले गिज्याएको पचाउंदै ओर्लिएँ म, अनि पाइला टेकें आफ्नो लोकन्थलीको जमीनमा एक वर्षपछी । केहि पाइला अघी बढाएँ अनि नियालेँ आफ्नो टोललाई । एकतिर बुढेसकालमा पहेंला खिइएका दाँत देखाएर हाँसेझैँ हाँसेका पुरानो बस्तीका घर र तीनका गोठ । अर्कोतिर नयाँ बस्तीका अग्ला रंगीन घर, बैँसको घमन्ड हांसिरहेझैँ । अनि यी बिच तिनै घरमा तल्ला कोठामा जिन्दगी गुजार्नेहरुका मासुपसल, ग्रीलपसलका रुन्चे टहरा । स्वार्थी आँखाले आफ्नै घर खोज्...

बाबालाई लभलेटर

डियर बाबा स्कुलमा चिठी लेख्नपर्दा आदरणीय बुवा, पुजनीय पिता, सादर नमस्कार्, ढोग , धेरै लेखेँ होला । तर कहिल्यै बुवा, पिता भनेर नबोलाउनेले र नमस्कार सम्म नगर्नेले यो औपचारिकताको ढोंग किन गर्नु ? "मलाई यहाँ सन्चै छ्, हजुरलाई पनि आरामै होला! " अहँ, मलाई आराम छैन्, बाङ्गलादेशको गर्मीले हैरान पारेको छ । अनि हजुरलाई त बिसन्चो भए नि फोनमा ढांटिहल्नुहुन्छ क्यारे । यो सब लेखेर त्यो पेन्सिलले बनाएको टिकेट सहित खाममा हालेर पठाउने कुरा भएन, त्यसैले मैले हजुरलाई चिठीको सट्टा लभलेटर लेखेँ । "लभलेटर" : लभ मतलब माया अनि लेटर मतलब चिठी । आफुले माया गर्ने मान्छेलाई मायाको सन्देश सजाएर पठाइने चिठी । आज कुशे औशीँमा सबै फेसबुकमा "आइ लभ यु बाबा" लेख्दै होलान्, मैले लभलेटर नै लेखिदिएँ । कतिपटक सुनियो, पढियो, बुझियो होला माया भनेको प्रेमी प्रेमिकाको प्रेमलाई मात्र भनिंदन्, बुवाआमा, दाजुबहिनी, साथिभाइ, सबैलाई गरिने मायालाई माया नै भनिन्छ भनेर । त्यही मायालाई आज मैले शब्दमा कोर्दैछु, के म गलत छु ? प्रेमीप्रेमिकालाई खुशी पार्न कताबाट टुटेफुटेका शायरी जम्मा गरेर , पहिलो भेट द...

चर्किएको ऐना

              रिसैरिसमा सानो झिलिमिली पर्स कोठाको कुनामा वास्तै नगरी फ्याँक्दै खाटसम्म पुग्न हतारिइरहेका उसका पाइला टक्क अडिए, जब आफैँलाई ऐनामा खोज्ने प्रयास गरे उसका आँखाले । वर्षौं पुरानो, सायद ऊभन्दा पनि पुरानो त्यो दराज अनि ऐनाको कुनामा जबरजस्ती अड्याइएको कुनै दुरदेशको मनोरम दृश्यको पोस्टकार्ड ! त्यो पोस्टकार्डको औचित्य कहिले बुझिन उसले, तर त्यसको उपस्थितिले रिसाउँथी ऊ सधैँ, छेकिदिन्थ्यो उसको मुहार, मानौँ उसको अस्तित्वको एक पाटो नै लुकाइदिँदै छ । र पनि कहिल्यै हटाउने प्रयास गरिन, मम्मीको कुरा नमान्ने कुरा जो भएन !               आफ्नो मुहारभन्दा अघि नजरको निसाना बन्ने त्यो पोस्टकार्डबाट ध्यान हटाएर आफैँतिर तानी उसले । सधैँको साथी थियो त्यो ऐना उसको, सब देखेको थियो त्यसले, उसको अबोध बालापन त उमेरसँगै बढ्दै गएको उसको शरीर पनि । उसका थोते दाँतको हाँसो देखेको थियो त आँसुले पखालिएको गाजल पनि । स्कुले युनिफर्ममा दुईचुल्ठी बाटेको रूप देखेको थियो त पहिरन फेर्दाको उसको नग्न शरीर पनि, लुकेको के थियो र त्यसबाट ? दराजको अर्...

असम्भवको आशमा

पहेँला ति पात पत्रपत्र उडेर कतै हावाको लहलहैमा सायद आकाश चुम्ने आशमा वेगले हुर्रिएका अचानकै थाकेका यताउता बरालिँदै आशाहरु विपरित बिस्तारै बिस्तारै नचाहँदा नचाहँदै जमिनलाई चुम्न पुगे ओइलाएका ति चुम्बनले सकम्बरीझैँ ! सुकेरै टुक्रँदा हुन् कति कती आफ्नै आँशुले कठै भिजेर कुहिँदा हुन् कती अझै हावाको भर नछाडि अँगालीँदै सँगै बरालिरहँदा हुन् कती न आफुलाई कठै बचाउन सक्दा हुन् पाइलाका डामसँगै कहिल्यै नउठ्ने गरि पराजित लड्दा हुन् जमिनमै बिलाउँदा हुन्!  तर एक यस्तो हुँदो हो बचाइरहँदो हो आफुलाई कुन्नी कुन नियतीका लागी घाममा पनि नसुक्दो हो झारिले पनि नरुझ्दो हो आँधी हुरिमा पनि अटल! चुपचाप् उही रुखको फेदमा हेरिरहँदो हो खुशी हरिया पातलाई सम्झिरहँदो हो आफ्ना दिन् बस् हेरिरहँदो हो आँसु बग्ला समयले ठग्ला र पनि पर्खिरहँदो हो थाहा छ उसलाई न उ सक्छ ना सक्छ कसैले झरेको पातलाई फेरी उठाएर रुखमा टाँसिदिन असम्भवकै आशमा मौन प्रयासमा पर्खिरहनेछ उ नओइलाउन्जेल् पर्खनेछ फर्कन!

एक महँगो सपना

‘यति प्रेसर छ नि पढाइको । तँसँग त घर–परिवार छ । कमसे कम आफ्नै देशमा छस् । यहाँ त पढाइको प्रेसर अलग, घरको न्यास्रो अलग !’ ‘जहिले यस्तै सेन्टी कुरा गरेर बस् । त्यस्तोे मान्छे किन विदेश जानुप¥यो त ? नेपालमा मेडिकल कलेजको कमी थियो र ? आखिर जता गए नि पैसै तिरेर पढ्नु रैछ । नेपालमै पढ्नुपथ्र्याे त त्यस्तो मान्छेले, के सधैँ किचकिच गरि’रा होला ?’ सोच्थेँ, अरूले बुझोस्, नबुझोस् । यही एउटा साथी छ, मलाई बुझ्ने । तर, यसले पनि पन्छाइदियो । अँ, मेरै गल्ती होला सायद । रहर नै होला मेरो यति टाढा आउने । सधैँ बिदेसिनेको मात्र गल्ती जो देख्छन् यहाँ । ‘आमा, म त कहिले विदेश जान्नँ ।’ न कसैले कहिल्यै जा भनेको थियो, न त नजा नै । तैपनि सानैदेखिको अठोट थियो यो मेरो । घरबाट एकरात पनि अन्त कतै बिताएको थिइनँ । अचम्म लाग्थ्यो, साथीहरू कसरी घर छाडेर राजधानी आएका होलान् ! मसँग त त्यति पनि हिम्मत थिएन । र, थाहा थियो, बुवाआमासँग त्यति पैसा थिएन, अरूलाई झैँ विदेश पठाउने । अनि, झन् मजबुत बन्दै गयो त्यो अठोट । प्रवेश परीक्षा सकेर बाहिर मात्र के निस्किएँ, ओइरो लाग्यो प्रोस्पेक्टस बाँड्ने हातहरूको । यसो हेरेँ, विद...

हराएको सरोकार

दिनभरिको सबैभन्दा गाह्रो काम नै उठ्नु हँुदो रहेछ । राति अबेरसम्म टिभी र फेसबुकको स्क्रीनमा टाँसिएका आँखा बिहान अलार्मले ‘उठ् ’ भनेको फिटिक्क टेर्दैनन् । आफ्नो अल्छीपना कोठाभरि फैलाउन हाइ काढेर हात तन्काउँदै मात्र के थिएँ, त्यत्तिमै रोक्न पुगें । हात अलि पछाडि पुगेको भए लाग्ने रहेछ चियाको कपमा, अनि सहिद बन्थ्यो यो बिचरा पत्रिका । खै कसको मुहार छ आज फ्रन्ट पेजमा, भाग्यमानि हुन्थ्यो मेरी आमाको हातको चिया चाख्न पाएर । आमाको बानी पनि अचम्म लाग्छ, छोरा उठ्नु अघि चिया तयार हुन्छ, तर उठाउँदिनन् । यो बिचरा चियाको कप पनि सधैँ पुलुपुलु हेर्दो हो म अल्छि तन्नेरीको आफ्नै निद«ासँगको आनाकानी । अनि यो पत्रिका, न मैले कहिले पढ्नु यसलाई ! के नै हुन्छ र हेर्न लायक ? त्यही बिचका पानामा हलिउड र बलिउडका सेलिब्रिटीका चर्तिकला, त्यो त तिनले भन्दा पहिले हामीले चाल पाइसक्छौँँ इन्टरनेटमा । हामी टिनएजरको पत्रिका पढाइ पछिल्ला पानाबाट सुरु हुन्छ, खेलकुद पट्टिबाट । त्यो पनि के हेराइ भयो र ? अस्ति राती ब्यँुझेर हेरेको मेस्सीले ह्याट्रिकले रेकर्ड तोडेको कुरा आज बल्ल आउँछ पत्रिकामा । अनि बाँकी रह्यो त्यही, दुर्घटना...