Skip to main content

Posts

म र मेरा कथा!

 झस्केर ब्युझिएँ स्वप्न उहीँ क्षणझैँ जीवित वर्तमानभन्दा समीप त्यो अतीत मेरा सपनालाई चिरेर त्यो सुइ कुन्नी कता पुग्यो घाउ अझै बिझाइरहन्छ रक्त तर बहिरहन्छ अश्रुमा घोलिँदै मेरा चीत्कार रोक्न बढेका ती हात कति तालीका गड्गडाहटमा मिसिएका होलान् यता मेरो चित्कार फुत्किरहन्छ अनि रोकिरहन्छ आफैँ आफैँ एक अदृश्य डरले म र मेरा कथा यसैगरी ब्युँझन्छन् हर रात हर क्षण र म सुम्सुमाइरहन्छु समाजको लोरी गाउँदै वास्तविकता नामक राक्षसका दन्त्यकथा सुनाउँदै म र मेरा कथा कुन्नी कहाँबाट सुरु भए तर समाप्त हुँदैनन् कहिल्यै बरु थपिरहन्छ अर्को एक अध्याय अर्को एक अध्याय जति जति लाग्छ सुखमय अन्त अब त आउनुपर्ने यी कथाकि पात्रलाई अब त कुनै मोडले रुवाउनु नपर्ने कुन्नी कुन कालो बादलबाट बर्सिरहन्छन् पीडा कथा छ त पीडा छ पीडा छ र त कथा छ म र मेरा कथा अल्झिरहन्छौँ यिनैमा कुनै स्वर्गीय संसारको आशामा बढिरहन्छौँं अर्को दर्दनिय अध्यायतर्फ! म र मेरा कथा व्यर्थझैँ लाग्छन् कहिले न सुनाउन म सक्षम छु न सुनिदिन कोही न सुनिदिएर बुझिदिन कोही के अस्तित्व नसुनाइएका यी कथाको के अर्थ जीतको ब...

प्रीय मुलान!

प्रीय मुलान आज कुन्नी कहाँबाट केही कुनामा थन्किएका स्मृतिका पानाबाट भुलिन थालेको बाल्यकालबाट तिमिलाई सम्झिएँ मुस्कुराएँ वा आँसु बगाएँ कुन्नी तर झस्किएँ। अनि कलम समात्दैछु यो अन्धकारमा बिहानी होला केही क्षणमा तर केहि कुरा छन् मनमा तिमिसँग गर्न अनि निदरी छाडी शब्दमा अल्झिएँ। कति ईतिहास हौ तिमी कति दन्त्यकथा कति डिज्नीकी प्रीय पात्र तर हौ त तिमी म झैँ एक छोरी बस्, अरु के नाता गासुँ? कवच ओढि तिमी वक्ष लुकाइ युद्दस्थलमा भिडेको कथा म सधैँ सुन्थेँ आज आउ फुर्सदमा छौ भने कवच उतारी बस छेवैमा संगिनिझैँ बात मारौँ आज मेरो युद्धको कथा सुनौँ! प्रीय मुलान! हामी कुन्तिपुत्र कर्ण त हैनौँ! न तिमी त्यो कवचमा जन्मिएकी थियौ, न म! लामा रेशमी केश सुन्दरताको भेष तिमीलाई पनि राम्रो लाग्थ्यो होला कुनैबेला? मेरो मन पनि त्यही माटोले ढाँचिएको हो मुलान! म पनि रमाउने गर्थेँ दर्पणको छायाँमा चलचित्रका मायामा सुरिलो धुनमा अरुलाई सिँगार्ने सुनमा पाउजुको ध्वनिमा सुनौलो बिहानीमा निर्धक्क भइ हिँड्थेँ म कुनैबेला मुलान! गुनगुनाउँदै, लहराउँदै के थाहा थियो र म कुनै मीठो गीतमा नभइ य...
"तीजको लहर आयो बरी लै!.." सायद पल्लो घरको रेडियोमा होला घन्किएको। महिना दिन देखि घन्किरहेका स्पिकरको भिडमा त्यो रेडियो अनि "हामी पनि नाच्नु पर्छ बिचबिचमा" को बिचमा कमै सुनिने कन्यादानको यो गीत। आजको बिहानी फ्ल्याशब्याकको लहर ल्याउने नियतले नै मेरो आँगनमा आएको जस्तो लाग्दैछ। "हो, सधैँ यसरी छोरी मान्छे जसरी चिटिक्क परेर बसे पो राम्री देखिन्छ। सधैँ कपालै नकोरी, स्पोर्ट्स सुज लगाएर खुट्टा बजाउँदै हिँडेर हुन्छ?" आमालाई आफ्नो सन्तान दुनियाँमा सबैभन्दा राम्रो लाग्छ रे भन्छन्। सन्तान जस्तो देखिए पनि आमाले राम्रो देख्छिन् रे, जति मोटाए पनि आमाले सन्तान दुब्लाएकै देख्छिन् रे पनि भन्छन्। भन्नेले मेरी आमालाई चिन्दैनन् सायद। मेरी आमाका धेरै सपना छन् मसँग जोडिएका; मैले प्रगती गरुँ, धेरै पढुँ, ठुली मान्छे बनुँ, कमाएर बाबाआमालाई पाल्न सकुँ, राम्रो घरमा बिहे गरुँ आदि इत्यादि । तर सबैभन्दा ठूलो सपना भने मैले घरबाट निस्किनु अघि ऐना हेरुँ; फुक्का मुहार, निन्द्रा नपुगेका आँखा र रङ्गहिन ओठहरुमा रङ्ग भर्ने रसायन लगाउँ र टोलका केटाहरु नै तर्सिने गरि हात हल्लाउँदै, जुत्ता बजा...

A Mere Piece of Cloth

Another set of eyes stop to stare at me. Maybe I am dressed wrong? I try to adjust the shawl and my own thoughts seem stupid to me. If this is dressing wrong, then I don't know what one would call dressing right. An hour back, standing before the mirror, my mind was flooding with confusions of what to wear. If it were back in my home in Nepal, nothing could have made me think so much about dressing up. I would have picked my usual set of shirt and jeans, grabbed my earphones, and would have hopped off to somewhere feeling comfortable. But here I was in my hostel in Bangladesh. Going out alone in jeans would have been stupidity. I definitely didn't have the guts to have a 20 minutes long rickshaw ride with people staring at me. So kurtha and salwar it was. Then the usual questions like which one, which colour, with what pair of trousers and with which shawl, bombarded me. The others were easy to answer, but the one I was stuck at was the shawl. I could not find my fav...

Minimising the Fear of Oblivion

There was a time when I had these huge dreams. I wanted to accomplish everything at an young age, I was scared if my dreams would die like that of my parents. I would even think of never getting married because the way I saw, it trapped you. I would write songs and think of having them recorded and even plan a whole music video, imagine it playing on the radios. However I didn't have that kind of money. I wrote novels and imagined getting them published and sold, getting prizes for those. I laugh when I remember I actually even met a lot of publishers by searching the addresses and going there alone, when I was just 18 or less. The thing was, I was so stupidly determined I would do something big, become someone famous at an early age. We've all read biographies where people started at an young age, nobody believed them and they ended up big right? I was determined, that it was my fate to become a famous person like that. But more than that, I was scared, what if I die without ...

The Confession of a Social Criminal

 ( Was filled with the urge of writing this after seeing posts about Swosthani on social medias ) Yes we don't read Swosthani in our house every year. No I'm not an Atheist. I don't know if I qualify as a religious person. I celebrate every festival. I bow down at every temple I see. I pray to God and put tika before exam and flights. But we have never read Swosthani in our home, as far as I remember. I once remember reading Swosthani when I was younger, not aloud though. I didn't worship the cover before reading it, I just put it on my lap and read it. To me, I was just reading another book. I remember there was this Goma of 7 or 17 years who married a 70 years old man. ( I haven't read it ever after that day so I'm not really sure about the facts. ) That part seemed absurd to me, even as a schoolgirl. I imagined myself, around the same age, marrying such an old man; and it scared me! I just put the book aside and never completed it. There are things like ...

The Scars

"Will you be fine now? Do you want me to stay?" She slowly unwrapped her arms from around her little brother as he gave her a nod as an answer. "But this hurts, I just realised." He said, with a short shy and guilty glance at his hand. "Of course it does. I will go get some ointment, you stay here." With that, she left the room, taking just one more glance at his arm. Some old and some new, there was hardly any part of the skin on his left forearm and palm not carrying the burden of any scars or cuts. Scars, she had known them too well for too long. She could tell by looking at a scar how much a person had suffered. She could tell which scars were from self-harm and which from suicidal attempts. The numerous, shallow, scary to look at, those ones were from "self-harm". Usually done when a person loathed himself so much that he would want to cause pain, see himself suffering, and fill himself up with physical pain enough to overwrite the actu...

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, ड...

छर्लङ्ग !

काँचको घुम्टो ओढेर ओठ खुलाइ हाँस्दैछे उ हाँसो आहा! छर्लङ्ग छ! जति जति तन्कन्छन् ती मुस्कानका रेखाहरु बिझाउँछन् कठै ती अदृश्य काँचका पर्दाले आँसु कतै बाफ बन्छ हाँसो तर छर्लङ्ग छ! मान्छे बन्नु थियो उसलाइ गुडिया कसैले बनाइदियो सास फेर्न खोज्छे कति शरिर तर मरिसक्यो नचाउनेले चलाइदिन्छन् नियती उही, नाचिदिन्छे वाह! गुडिया! भनिदिन्छन् होइन भन्न सक्दिन उ शरीर खेलौना बनिसक्यो मनको अब कसले सुन्छ ? छाला मात्र छर्लङ्ग छ! रङ्गीविरङी फ्रकमा सजाइ गयो दोकानदार निला चम्किला आँखाले फरियाको सपना देखे न हात उसको चल्न सक्यो न कपडा आफैँ बढ्न सक्यो देख्नेले नाङ्गा खुट्टा देखे मुख मिठ्याए गइदिए उ मुस्कान बोकी उभिरही समर्थन सबले बुझिरहे उ लाज ढाक्न चाहिरही खुल्ला सबैले देखिरहे भने सबै छर्लङ्ग छ!

केही प्रश्नलाई एक सानो जवाफ!

"त्यो लुगाको रंग कस्तो नसुहाएको त्यसलाइ,किन लगाकी होली? किन? हाहा " पार्टीमा कसैलाई देख्दा, फेसबुकमा कसैको फोटो स्क्रोल गर्दा हेरेर हाँस्दै भन्छौं होला कतिलाई! काश त्यो बेला आफ्नो त्यो लुगा याद आउंथ्यो जुनमा आफु मोटी नै देखिए पनि लगाउन चाहन्थ्यौं , जुन तस्वीर त्यति राम्रो नलागे पनि फेसबुकमा सजाउन चाहन्थ्यौं। किन? उ यति ठुलो कार्यक्रममा पनि मेकअप नगरी फुस्रो मुहार लिएर आइ, सायद उसले क्यामेराभन्दा टाढा रमाउन जानेकी छे की सायद? किन? त्यो नाचको लुगा उसलाई सुहाउँदैन सायद, र पनि त्यसमा नाच्दा उसले पाउने खुशी तिमीले लुकेर टिप्पणी गर्दा पाउने आनन्द भन्दा चोखो छ। किन? हो उसको चश्माका शिशा मोटा,बाक्ला होलान तिम्रो फेशनमा नपर्ने, तर तिनले उसलाई संसार देखाउँछन्। किन? उ होची नै सहि तिम्रा हिलजुत्ताका भिडमा तर उसको खुट्टाले आत्तिनु त पर्दैन भांचिउला कि भन्दै! हेर फलानोले यस्तो गरेछ, यस्तो लगाएछ, सुहाएछ, सुहाएनछ, कार्टुन देखिएछ! तिमी पनि त कार्टुन नै देखिएकी थियौ होला सानोमा आमाको मेकअप किट लुकाएर मुखैभरी दल्दा, आमाल...

भत्किएको पर्खाल

ब्रेकसँगै झट्टै मेरा आंखा ट्याक्सीको मिटरमा पुगे । सम्झिएँ, दाम त एयरपोर्टमै तोकिसकियो । मिटर त केवल हात्तीको देखाउने दाँत थियो, व्यर्थ ! ढोका खोल्न हात बढाएँ, घरी एकथरी ह्यान्डल तानेँ घरी अर्को । तर फगत्, ढोका खुलेन । केहि सिप नलागेपछी हतास भएर हेरें केहि अघिदेखी मेरो क्रीयाकलाप नियालीरहेको ट्याक्सीचालकलाई । अलि पछाडी सर्यो, हात तन्कायो र सानो माइकजस्तो देखिने त्यो लक तान्यो । मनमनै आफुलाई “थुक्क” भन्न भ्याएँ । एक वर्षमा कती थोक बदलिए होलान् तर ट्याक्सीको ढोका खोल्न उस्तै अनाडी ! ह्यान्डलको “खिटिक्क”सँगै ढोका सजिलै खोलिदियो उसले, अनि मतिर हेरेर ङिच्च हाँस्यो । भावहिन मुहारले उसले गिज्याएको पचाउंदै ओर्लिएँ म, अनि पाइला टेकें आफ्नो लोकन्थलीको जमीनमा एक वर्षपछी । केहि पाइला अघी बढाएँ अनि नियालेँ आफ्नो टोललाई । एकतिर बुढेसकालमा पहेंला खिइएका दाँत देखाएर हाँसेझैँ हाँसेका पुरानो बस्तीका घर र तीनका गोठ । अर्कोतिर नयाँ बस्तीका अग्ला रंगीन घर, बैँसको घमन्ड हांसिरहेझैँ । अनि यी बिच तिनै घरमा तल्ला कोठामा जिन्दगी गुजार्नेहरुका मासुपसल, ग्रीलपसलका रुन्चे टहरा । स्वार्थी आँखाले आफ्नै घर खोज्...