Skip to main content

Posts

Showing posts from 2014

हाउस-हस्ब्यान्ड

“मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “ “जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?” “मैले के लेखेँ र, भको कुरा त हो नि ।” “खै देखा, के लेखिस् ? ह्वाट डज योर मदर डु ? माइ मदर इज अ टिचर । ह्वाट डज योर फादर डु ? माइ फादर इज अ हाउस्-हस्ब्यान्ड । “           “हाउस्-हस्ब्यान्ड्”, सुन्दा हाँसो लाग्नुपर्ने यो शब्द खै कसरी त्यो दिन यी आमाछोरीको कुरा सुन्दा भाँडा माझ्दै गरेको झुसको तिखो तार हातमा बिझेझैँ अचानक च्वास्स बिझेको थियो मेरो मनमा । ” हाउस-हस्ब्यान्ड रे ? यस्तो नि हुन्छ ? के लेखेकी यस्तो ? “ ” अनी के लेख्नु त ? त्यो दीक्षा, सबिनाहरु को मामु अफिस जानुहुन्नँ, घर बसेर घरको काम गर्नुहुन्छ अनि हाउसवाइफ भन्छन् उनिहरु । मेरो बाबा चाहिँ हाउस-हस्ब्यान्ड भन्न किन नपाउने नि मैले ? “             उसको उमेरको बुझाइले त्यो कुरा उसको लागी सामान्य थियो, सायद अहिले हुन्थ्यो भने त्यसलाई व्यङ्य बुझ्थेँ होला म । तर उसले त त्यही भनेकी थिइ जे उसले देखेकी थिइ । गलत के भनेकी थिइ र उसले ? बिहान जब उसको आँखा खुल्थ्यो तब उसको कोठामा दुधको गिलास लग

मानबहादुर

जुत्ता च्यात्तियो ? मानबहादुरले टालिदेला लुगा फाट्यो ? मानबहादुरले सिलाईदेला भारी बढी भयो ? मानबहादुरले बोकिदेला केहि बिग्रीयो ? भनेँ नि, मानबहादुरले बनाइदेला यो गाउँमा जसको जे बिग्रीए पनि बनाइदिन्छ मानबहादुरले तर उसको च्यात्तिएको लुगा च्यात्तिएको मन सिलाईदिने अरु कुनै मानबहादुर छैन खाली हात घर जानुहुन्न छोरछोरी खल्ती छम्न आइहाल्छन् मना रित्तो छैन उसको मात्र खल्ति रित्तो खल्ती देखेर बग्ने सन्तानका आँसुले उसको खल्ती भरिदैँन केवल मन भरिएर आउछँ उ घर नै जादैँन भिजिरहन्छ रातभर भिजिरहन्छ पानीले उसको आँसु बगाइरहन्छ मानबहादुरको आँसु देख्ने अरु कुनै मानबहादुर छैन दाउरा फुक्दा फुक्दा बुढिलाई दम लाग्यो तर अरुको घरसम्म ग्यास सिलिन्डर पुर्याउन बोकिदिने मानबहादुरले आफ्नो घरमा एउटा स्टोभ पनि ल्याउन सकेको छैन अरुको गाडी टिलिक्क टल्काइदिन्छ अनी चुँडिएको चप्पल घिसार्दै घर पुग्छ गाउँको सेवा गर्ने मानबहादुरले आफ्नो सेवा गर्ने कुनै मानबहादुर् पाएकै छैन आफ्नो खेत छैन तर अरुको खेतमा हलो जोतिदिन्छ पाएको एक मुठी चामल  बुढीलाई सम्हालेर राख्न दिन्छ त्यो अनमोल छ उसक

विश्व एड्स दिवस

( २ वर्ष अघी लेखिएको कविता, खोट भए माफी चाहन्छु )  विश्व   एड्स   दिवस मनाउदैँ छौँ रे हामी खै कहाँ छन् एड्स रोगी ? रोगी जती लुकाएर भोगीहरुलाई रातो रिबन भिराएर " विश्व एड्स दिवस " मनाउदैँ छौँ रे हामि अहँ देखेको छैन मैले त कुनै एड्स रोगि भए पनि भन्ला र कसैले ? " म एड्स रोगी हुँ " भन्दै चिच्याउला र कसैले ? हाम्रै कृपाले हामी छौँ नि महान् ! कसैलाई एड्स हतारको रक्तदानको देन होला हामी भन्छौँ " छि , कता गएर एड्स बोकेर आइस् ! " कसैलाई एड्स अभिभावकको उपहार होला हामी भन्छौँ " छि , कुन अश्लीलातामा मुख जोतेर आइस् ! " यो समाज आफु पवित्र बन्नखोज्छ यो समाज आफु चोखिएर पन्छिन खोज्छ के उसलाई " छि " भन्ने पवित्र होलान् ? आफुले गर्दा " प्रकृतिको नियम " अरुलाई " छी " ? फरका यती हो ती सबको करणी गुप्त छ केवल उसले प्रमाणपत्र पाएको छ एड्स को सायद कुनै टेस्टमा कसैको शरिर पवित

अबोर्सन

          " हेर् कान्छी, अलि दिन यताउता हुने नर्मल होला, तर अहिले डेढ महिना हुन लाईसक्यो । आज आइतबार, भोली सोमबार दिँउसोसम्म तेरो पिरियड्स भएन भने हामी हस्पिटल जान्छौँ । ए सरी ! हामी हैन, तँ । भोली बेलुका तँ KMC जा, टिकेट काट् , डक्टरको मा जा, जेसुकै गर्, तर प्रेग्नेन्सी को टेस्ट गराएर आइज । "          मेरो मन अझै मान्न तयार छैन कि म गर्भवती छु । असारको पहिलो सातामा हामी बहकियौँ । यती अचानक भयो त्यो सब कि न सुरक्षित हुने हेक्का थियो न समय नै । आइपिल किनेर उसले मलाई जब ख्वायो , ढुक्क थियौँ हामी । त्यसबिचको एक महिनामा यती सब भयो कि ती दुइ चक्किमाथी आँखा चिम्लिएर बिश्वास गरेझैँ बिर्सियौँ सब । जब होशमा आएँ, तब याद आयो महिनावारी रोकिएको, अनि झास्किएँ । रोकिएको महिनावारिले हाम्रो रोकिएको बोलचाल भने ब्युँझाइदियो, तर यहाँ खुशी हुने कारण छैन ।         " तर सबिन, मैले दुइपटक टेस्ट गरिसकेँ किट किनेर, दुबै पटक नेगेटिभ भनिसक्यो,तर पनि तँ किन म प्रेग्नेन्ट छु भनिराख्छस् ? "          दुइपटक, सायद तीनपटक । पहिलो पटक स्कार्फले मुख छोपेर बसपार्क पुगेकी थिएँ, प्रेग्नेन्सी ट

द्वन्द्व

शान्ति र अशान्ति बिच छ द्वन्द्व         स्वभाव र दुर्भाव बिच छ द्वन्द्व                                                                                                   द्वन्द्वको यहाँ परिभाषा गलत छ                                                                                                 दुइ परिभाषा बिच छ द्वन्द्व शक्ति र कमजोरी बिच छ द्वन्द्व                                                                                         मन र मस्तिष्क बिच छ द्वन्द्व                                                                                           मानिसको पाइला र त्यसमुनिका                                                                                       निर्दोष किरा बिच छ द्वन्द्व सारा लक्ष्य बिच छ द्वन्द्व सारा बिचार बिच छ द्वन्द्व                                                                                           जीवनमा कैयौँ मोड आउँछन्                                                                                           हरेक मोड बिच छ द्वन्द्व हरेक

उ पिउँदैछे

किताबको र्यक्मा एउटा बार बनाइ व्हिस्की र रमका बोतल पिउदैँ सम्पूर्ण ज्ञान पेटम पोखि गिलास आधा व्हिस्की आधा आसुँले भरेर लुटिएको इज्जतलाई चीयर्स्! बेचिएको सतलाई चीयर्स्! लोप्पा ख्वाइएको स्वाभिमानलाई चीयर्स्! नारी हुनुको कथालाई चीयर्स्!आज हरेक दु:खलाई गिज्याउँदै लाजसँगै आज लजाउँदै मदिरामाथी पुरुषत्वको ट्याग लगाउने समाजलाई बाहिर घिच्याउँदै घाउमा नुन छर्न तत्पर हातलाई हारको हार चढाउँदै नशामा बग्ने  नशा का थोपाले सबै घाउ सिउदैँछे उ पिउँदैछे चुरोटको धुँवा उड्दैछ धुँवासँग उसको रहरा पनि उद्दैछ खरानी खस्दैछ खरानिसँग उसको अस्तित्व पनि खस्दैछ अनी उसको मन् चुरोटका ठुटाझैँ जल्दै र जलाउदैँ जताततै छरिएको छ बोतल रित्तिदैँछ बोतलसँग उसको आँखा पनि रित्तिदैँछ उसको प्यास मेटिदैँछ प्याससँग यो समाज उसका आँखामा मेटिदैँछ अनी उसको माय सिसिका टुक्राझैँ फुट्दै बिझ्दै र बिझाउँदै लावारिस भएको छ उ भने मर्यादाको बाँध तोड्दै उसलाई सिद्ध्याउने हातहरुलाई  बदलाको उदाहरण बनि बोतलबाट फुत्किएको रक्सिझैँ स्वतन्त्र भएर जिउँदैछे उ पिउँदैछे

म सुक्ष्मकीट झैँ भएछु

म सुक्ष्मकीट झैँ भएछु भएर पनि नभए जस्तो देखिएर पनि अदृश्य जस्तो म सानो होइन तिम्रा आँखाले मलाई हेर्न भ्याएनन् तिमी त ठूलाठूला महल र्हेछौ धरहरा र्हेछौ तर त्यही धरहराबाट कसैलाई हेर्न लगाउ तिमी पनि सुक्ष्मकीट झैँ हुनेछौ म सुक्ष्मकीट झँै भएछु मेरो विनाश गर्नु तिमी आफ्नो माहनता सम्झन्छौ मलाई पलपल जलाउन खोज्छौ मेरो पिडामा तिमी खुशी हुन्छौ मेरा अनेकौँ खतरा कल्पना गरी तिमी मेरा अवशेष पनि बाँकी राख्दैनौ तर जब मेरो आवश्यकता हुन्छ तिमीले चाहेर पनि मलाई भेट्टाउने छैनौ म सुक्ष्मकीट झैँ भएछु प्रयोगशालामा भेटिन्छु प्रयोग गरेर तिमी ठूलो बन्छौ अन्त्यमा मलाई तिक्ष्ण भन्छौ तिमी मलाई हेप्दै जान्छौ मबाट टाढिँदै जान्छौ तर याद राख जब समय आँउछ तब कसैको प्राण लिन एउटा सुक्ष्मकीट नै काफी हुन्छ..........      

डिभाइडरले भाइटिका मनायो

मैले एउटा डिभाइडर देखेँ पहेँलो डिभाइडर, सुनौलो थियो क्यारे खासै त याद भएन तर आज मैले एउटा डिभाइडर देखेँ कहिल्यै नओइलाउने मखमली र रङ्गबिरङ्गी गोदावरीको मालाले ठाँटिएको त्यो डिभाइडर निधारमा सप्तरङ्गी टिका त थिएन न त कसैलाई सगुन दियो त्यसले तर बहिनीको मायाको ख्याल नगरी त्यो मायाको मालाको मजाक बनाइ डिभाइडरलाई लगाइदिँदै हिँडने कैयौँ मध्य कुनै एकको कारण त्यो डिभाइडरले आज भाइटिका मनायो ति कैयौँ मध्य कुनै एकको दिदीको त्यो डिभाइडरले भाइ बन्न पायो आज त्यो डिभाइडरले भाइटिका मनायो पाए त म पनि त्यो डिभाइडरलाई भाइ बनाइदिन्थेँ सगुनको लोभ छैन मलाई तर त्यसलाई दिदीको स्नेहले भिजाइदिन्थेँ तर म त त्यसको दिदी बन्न सक्दिनँ मेरो भाइ अहिले सानै छ दिदीले लगाइदिएको माला साह«ै राम्रो लाग्छ उसलाई खोई ? कुनै दिन ठूलो त होला नि त्यो मालाले घोच्ला नि अनि उ पनि डिभाइडरलाई माला समर्पित गर्दै मखमलीको दाम्लोबाट मुक्त हुन खोज्ला त्यो दिन मैले पनि एउटा डिभाइडर भाइ पाउनेछु जसले बदलामा सेल–रोटी खोज्दैन जसलाई मालाले कहिले घोच्दैन डिभाइडरलाई माला लाइदिन त पाइन्छ तर निधार खाली भएका ती भाइ जसलाई मखमलीको मालाले नघोचेको धेरै भयो

हे जानकी !

हे जानकी ! तिमी र म एउटै जात एउटै धर्म एउटै रगत एउटै माटो तिमी र म कहाँ फरक छौँ  र ? तिमीले दुःख नपाएको होइन मैले पनि सुख पाएको होइन नेपालकी चेलीको कर्मै यही रहेछ तिमीले रामायण जहाँ छाडेकी थियौ मेरो कथा पनि त्यहीँबाट सुरु हुन्छ आउ न आफ्नै आँखाले हेर मेरो जन्म तिम्रो जस्तै छ मेरी आमाले पनि मलाई समाजको डरले धरतीले तिमीलाई लत्याएजस्तै एउटा फोहोरको डिब्बामा मिल्क्याइन् तिमी भने राजपुत्री भयौ म भने एउटा गरिब घरकी चेली भएँ तिमी स्वयंवरमा सजाइयौ म ठालूका आँखामा सजाइएँ तिमीलाई बहादुरीले जितेर लग्यो मलाई पैसाले जितेर लगे हे जानकी ! तिमी कि जनकपुत्री जानकी बन्यौ कि रामप्रिया सिता मेरो नागरिकता पनि पिता र पतिमा अडेको छ आउ न आफ्नै आँखाले हेर सुखशयलको जीबन छाडी पतिसँगै वनवास लाग्यौ इच्छाआकांक्षा मार्ने तिम्रो बानीले मलाइ पनि कहाँ छाडेको छ र ? तर यो त तिम्रो बानी होइन बाध्यता रहेछ माइतमा पिताको आज्ञाा र घरमा पतिको आदेश मेरो पनि सास यति मै खुम्चिएको छ तिमी वनवास लगिएझैँ म पनि सिमानापारि कुनै कोठीको वासमा बेचिन्छु आउ न आफ्नै आँखाले हेर सुन्दरता तिम्रो लागि अभिशाप नै बनेको थियो हे जानकी ! म पनि कहाँ बच