Skip to main content

Posts

Showing posts from October, 2015

भत्किएको पर्खाल

ब्रेकसँगै झट्टै मेरा आंखा ट्याक्सीको मिटरमा पुगे । सम्झिएँ, दाम त एयरपोर्टमै तोकिसकियो । मिटर त केवल हात्तीको देखाउने दाँत थियो, व्यर्थ ! ढोका खोल्न हात बढाएँ, घरी एकथरी ह्यान्डल तानेँ घरी अर्को । तर फगत्, ढोका खुलेन । केहि सिप नलागेपछी हतास भएर हेरें केहि अघिदेखी मेरो क्रीयाकलाप नियालीरहेको ट्याक्सीचालकलाई । अलि पछाडी सर्यो, हात तन्कायो र सानो माइकजस्तो देखिने त्यो लक तान्यो । मनमनै आफुलाई “थुक्क” भन्न भ्याएँ । एक वर्षमा कती थोक बदलिए होलान् तर ट्याक्सीको ढोका खोल्न उस्तै अनाडी ! ह्यान्डलको “खिटिक्क”सँगै ढोका सजिलै खोलिदियो उसले, अनि मतिर हेरेर ङिच्च हाँस्यो । भावहिन मुहारले उसले गिज्याएको पचाउंदै ओर्लिएँ म, अनि पाइला टेकें आफ्नो लोकन्थलीको जमीनमा एक वर्षपछी । केहि पाइला अघी बढाएँ अनि नियालेँ आफ्नो टोललाई । एकतिर बुढेसकालमा पहेंला खिइएका दाँत देखाएर हाँसेझैँ हाँसेका पुरानो बस्तीका घर र तीनका गोठ । अर्कोतिर नयाँ बस्तीका अग्ला रंगीन घर, बैँसको घमन्ड हांसिरहेझैँ । अनि यी बिच तिनै घरमा तल्ला कोठामा जिन्दगी गुजार्नेहरुका मासुपसल, ग्रीलपसलका रुन्चे टहरा । स्वार्थी आँखाले आफ्नै घर खोज्