Skip to main content

Posts

Showing posts from February, 2021

अदृश्य यादहरु

  मेटिन्छ्न् के भावना कहिल्यै?                                            यादहरु त लुक्ने रहेछन् कुनै कुनामा अनि के भावना नअल्झिएका होलान् र तिनमा कतै? हुँदैनथे त डुलिरहन्थे नै किन यादबिनाका भावना भावनाबिनाका सम्झना सम्झना बिनाका कल्पना.... कोल्टे फेर्दै छटपटाउने त होइन न छाहारीमा शितल हावासँगै टोलाउने र पनि खै मीठो निद्रामा हुँदा रहेछन् कतै बिहानीसँगै नझुल्किदिने दुखका वर्षामा पनि नझस्किने न हाँसोमा बेरिएर रुवाउने न आँसुमा डुब्दा काउकुती लगाउने। आफ्नै दिनचर्यामा अल्झिरहँदा पार्श्वमा बिलाइरहेको कुनै धुन झैँ टाढा सूक्ष्म पाउमा परेर पनि नबिझ्ने अचल अदृश्य परिधिमै रहेर पनि ढुकढुकी नसुनिने अनि बगिरहन्छन् दिनहरु चलिरहन्छन् भित्तामा टाँगिएका अङ्क अझै टाढा टाढा बढारिदिँदै कहिलेकाहिँ चाहेर पनि ठम्याउन नसकिने। त्यस्तै कुनै एक दिनमा अरु दिनझैँ न्यानो एक दिनमा दिनहरुको भिडमा हराउन सक्ने मात्र अर्को एक दिनमा अर्कै दिशामा अर्कै गन्तव्यतिर हिँड्दा हिँड्दै ब्युँताइदिन्छन् अनायासै बनेका दुई आकृतिले केही पहिलोपटक जोडिएका केही अन्तिमपल्ट छुट्टिएका जानी-नजानी हैन, नज