Skip to main content

Posts

Showing posts from June, 2015

असम्भवको आशमा

पहेँला ति पात पत्रपत्र उडेर कतै हावाको लहलहैमा सायद आकाश चुम्ने आशमा वेगले हुर्रिएका अचानकै थाकेका यताउता बरालिँदै आशाहरु विपरित बिस्तारै बिस्तारै नचाहँदा नचाहँदै जमिनलाई चुम्न पुगे ओइलाएका ति चुम्बनले सकम्बरीझैँ ! सुकेरै टुक्रँदा हुन् कति कती आफ्नै आँशुले कठै भिजेर कुहिँदा हुन् कती अझै हावाको भर नछाडि अँगालीँदै सँगै बरालिरहँदा हुन् कती न आफुलाई कठै बचाउन सक्दा हुन् पाइलाका डामसँगै कहिल्यै नउठ्ने गरि पराजित लड्दा हुन् जमिनमै बिलाउँदा हुन्!  तर एक यस्तो हुँदो हो बचाइरहँदो हो आफुलाई कुन्नी कुन नियतीका लागी घाममा पनि नसुक्दो हो झारिले पनि नरुझ्दो हो आँधी हुरिमा पनि अटल! चुपचाप् उही रुखको फेदमा हेरिरहँदो हो खुशी हरिया पातलाई सम्झिरहँदो हो आफ्ना दिन् बस् हेरिरहँदो हो आँसु बग्ला समयले ठग्ला र पनि पर्खिरहँदो हो थाहा छ उसलाई न उ सक्छ ना सक्छ कसैले झरेको पातलाई फेरी उठाएर रुखमा टाँसिदिन असम्भवकै आशमा मौन प्रयासमा पर्खिरहनेछ उ नओइलाउन्जेल् पर्खनेछ फर्कन!

एक महँगो सपना

‘यति प्रेसर छ नि पढाइको । तँसँग त घर–परिवार छ । कमसे कम आफ्नै देशमा छस् । यहाँ त पढाइको प्रेसर अलग, घरको न्यास्रो अलग !’ ‘जहिले यस्तै सेन्टी कुरा गरेर बस् । त्यस्तोे मान्छे किन विदेश जानुप¥यो त ? नेपालमा मेडिकल कलेजको कमी थियो र ? आखिर जता गए नि पैसै तिरेर पढ्नु रैछ । नेपालमै पढ्नुपथ्र्याे त त्यस्तो मान्छेले, के सधैँ किचकिच गरि’रा होला ?’ सोच्थेँ, अरूले बुझोस्, नबुझोस् । यही एउटा साथी छ, मलाई बुझ्ने । तर, यसले पनि पन्छाइदियो । अँ, मेरै गल्ती होला सायद । रहर नै होला मेरो यति टाढा आउने । सधैँ बिदेसिनेको मात्र गल्ती जो देख्छन् यहाँ । ‘आमा, म त कहिले विदेश जान्नँ ।’ न कसैले कहिल्यै जा भनेको थियो, न त नजा नै । तैपनि सानैदेखिको अठोट थियो यो मेरो । घरबाट एकरात पनि अन्त कतै बिताएको थिइनँ । अचम्म लाग्थ्यो, साथीहरू कसरी घर छाडेर राजधानी आएका होलान् ! मसँग त त्यति पनि हिम्मत थिएन । र, थाहा थियो, बुवाआमासँग त्यति पैसा थिएन, अरूलाई झैँ विदेश पठाउने । अनि, झन् मजबुत बन्दै गयो त्यो अठोट । प्रवेश परीक्षा सकेर बाहिर मात्र के निस्किएँ, ओइरो लाग्यो प्रोस्पेक्टस बाँड्ने हातहरूको । यसो हेरेँ, विद

हराएको सरोकार

दिनभरिको सबैभन्दा गाह्रो काम नै उठ्नु हँुदो रहेछ । राति अबेरसम्म टिभी र फेसबुकको स्क्रीनमा टाँसिएका आँखा बिहान अलार्मले ‘उठ् ’ भनेको फिटिक्क टेर्दैनन् । आफ्नो अल्छीपना कोठाभरि फैलाउन हाइ काढेर हात तन्काउँदै मात्र के थिएँ, त्यत्तिमै रोक्न पुगें । हात अलि पछाडि पुगेको भए लाग्ने रहेछ चियाको कपमा, अनि सहिद बन्थ्यो यो बिचरा पत्रिका । खै कसको मुहार छ आज फ्रन्ट पेजमा, भाग्यमानि हुन्थ्यो मेरी आमाको हातको चिया चाख्न पाएर । आमाको बानी पनि अचम्म लाग्छ, छोरा उठ्नु अघि चिया तयार हुन्छ, तर उठाउँदिनन् । यो बिचरा चियाको कप पनि सधैँ पुलुपुलु हेर्दो हो म अल्छि तन्नेरीको आफ्नै निद«ासँगको आनाकानी । अनि यो पत्रिका, न मैले कहिले पढ्नु यसलाई ! के नै हुन्छ र हेर्न लायक ? त्यही बिचका पानामा हलिउड र बलिउडका सेलिब्रिटीका चर्तिकला, त्यो त तिनले भन्दा पहिले हामीले चाल पाइसक्छौँँ इन्टरनेटमा । हामी टिनएजरको पत्रिका पढाइ पछिल्ला पानाबाट सुरु हुन्छ, खेलकुद पट्टिबाट । त्यो पनि के हेराइ भयो र ? अस्ति राती ब्यँुझेर हेरेको मेस्सीले ह्याट्रिकले रेकर्ड तोडेको कुरा आज बल्ल आउँछ पत्रिकामा । अनि बाँकी रह्यो त्यही, दुर्घटना

गर्ल्स होस्टेलको भूत

‘सिलाइ लगभग सकियो, तर अलिकति काम बाँकी छ । ५ बजे आउनू !’ ‘पुल’ लेखिएको ढोकालाई जबर्जस्ती धकेल्न खोजिरहेकी रचनातिर हेरेर हाँस्दै बाहिर निस्किएँ । प्रमिस‘हाँस् न अब ! भनेकै हो त तँलाई यिनीहरूले यति चाँडै लुगा तयार पार्दैनन् भनेर !’ नयाँ कलेजको युनिफर्म लिन आएका हामी बदलामा बिताउनलाई एक घन्टा लिएर फर्कियौँ । ‘युथ कलेक्सन’बाट । समय टन्नै थियो बिताउन अनि छेवैको होटेलबाट मःमःको बास्ना ! ‘ओइ सनम ! कस्तो मःमः खान मन लाग्यो ! एक घन्टा यता के डुल्नु ? मःमः खाउँ न !’ रचनाले भनी । ‘युनिफर्मका लागि सब एड्भान्समै देको, मैले त पैसै बोक्या छैन । तँसँग छ ?’ ‘मसँग झन् के हुन्थ्यो ? तैँले अचानक आएर हिँड् भनेर बोलाइस्, म त आत्तिएर पैसा–सैसा नबोकी हिडेँ ।’ अँ, अचानकै आफ्नो अँध्यारो कोठामा झसंग भएर ब्युँझेकी थिएँ म । न केही बुझेँ, न बुझ्न सक्थेँ नै । आफ्नै कोठा अचानक बिरानो लाग्यो । यति दिन मेरा साथी बनेका भित्ताबीच पनि निसास्सिएझैँ लाग्यो । केवल फुत्किन चाहन्थेँ त्यहाँबाट । अनि निहुँ बन्यो सिरानीको छेवैबाट मलाई नियालिरहेको त्यो युथ कलेक्सनको बिल । चोकसम्म जाने साथी खोज्दै पुगेकी थिएँ रचनाको कोठामा