Skip to main content

Posts

Showing posts from April, 2015

ट्युसन जिन्दगीको

“करुणा, के छ हालखबर ?”  अचानक आएर त्यो बाइक छेवैमा अडियो, अनि हेल्मेटको पर्दा छिचोल्दै म सम्म आइपुग्यो त्यो सम्बोधन । अचम्म मान्नु स्वभाविक हो मैले, न परिवारमा कसैको बाइक छ अरुलाई झैँ सधैँ स्कुल–कलेज पुयाइदिन, न कुनै प्रेमी नै छ मेरो जसले मलाई लिफ्ट दिनु आफ्नो बाइकको धर्म सम्झेर रोकोस् मेरो लागि । तब यो को हो जो रोकियो मेरो लागि ?  “ए, आकाश दादा, हजुर पो ?”  “अँ, को भन्ठान्यौ र ?” खै को भन्ठाने कि थिएँ मैले ? मनले भने कल्पना र आशा दुवै बुनिसकेको थियो, काश मेरो पनि कोही हुन्थ्यो जो बाइकमा आउँथ्यो अनि लिएर जान्थ्यो मलाई फिल्म हेर्न, पिज्जा खुवाउन, अनि सुनाउँथेँ होला मैले पनि, साथी संगीको माझमा अनि फेसबुकका भित्तामा ! जब कुनै जोडी देख्थेँ मेरो मनले प्रश्न गथ्र्याे “मेरो जीवनमा यस्तो दिनकहिले आउला ?”  “कोही हैन दादा, कस्तो नचिनेको हजुरलाई मैल !”  “हाहा, हुन त चिन्थ्यौ पनि कसरी, २ वर्ष बढी भो होला देखादेख सम्म नभाको ।”  हुन त हो,एक त्यो समय थियो मेरो एसएलसी अघिको,अनि एक आजको दिन छ । पढ्दापढ्दै समय बितेको थाहै भएनछ । जसरि यती समय बित्यो, लाग्छ मेरो “टिनएज”पनि बित्छ यसैगरि, अरुका