Skip to main content

Posts

Showing posts from September, 2015

बाबालाई लभलेटर

डियर बाबा स्कुलमा चिठी लेख्नपर्दा आदरणीय बुवा, पुजनीय पिता, सादर नमस्कार्, ढोग , धेरै लेखेँ होला । तर कहिल्यै बुवा, पिता भनेर नबोलाउनेले र नमस्कार सम्म नगर्नेले यो औपचारिकताको ढोंग किन गर्नु ? "मलाई यहाँ सन्चै छ्, हजुरलाई पनि आरामै होला! " अहँ, मलाई आराम छैन्, बाङ्गलादेशको गर्मीले हैरान पारेको छ । अनि हजुरलाई त बिसन्चो भए नि फोनमा ढांटिहल्नुहुन्छ क्यारे । यो सब लेखेर त्यो पेन्सिलले बनाएको टिकेट सहित खाममा हालेर पठाउने कुरा भएन, त्यसैले मैले हजुरलाई चिठीको सट्टा लभलेटर लेखेँ । "लभलेटर" : लभ मतलब माया अनि लेटर मतलब चिठी । आफुले माया गर्ने मान्छेलाई मायाको सन्देश सजाएर पठाइने चिठी । आज कुशे औशीँमा सबै फेसबुकमा "आइ लभ यु बाबा" लेख्दै होलान्, मैले लभलेटर नै लेखिदिएँ । कतिपटक सुनियो, पढियो, बुझियो होला माया भनेको प्रेमी प्रेमिकाको प्रेमलाई मात्र भनिंदन्, बुवाआमा, दाजुबहिनी, साथिभाइ, सबैलाई गरिने मायालाई माया नै भनिन्छ भनेर । त्यही मायालाई आज मैले शब्दमा कोर्दैछु, के म गलत छु ? प्रेमीप्रेमिकालाई खुशी पार्न कताबाट टुटेफुटेका शायरी जम्मा गरेर , पहिलो भेट द