Skip to main content

Posts

Showing posts from October, 2014

म सुक्ष्मकीट झैँ भएछु

म सुक्ष्मकीट झैँ भएछु भएर पनि नभए जस्तो देखिएर पनि अदृश्य जस्तो म सानो होइन तिम्रा आँखाले मलाई हेर्न भ्याएनन् तिमी त ठूलाठूला महल र्हेछौ धरहरा र्हेछौ तर त्यही धरहराबाट कसैलाई हेर्न लगाउ तिमी पनि सुक्ष्मकीट झैँ हुनेछौ म सुक्ष्मकीट झँै भएछु मेरो विनाश गर्नु तिमी आफ्नो माहनता सम्झन्छौ मलाई पलपल जलाउन खोज्छौ मेरो पिडामा तिमी खुशी हुन्छौ मेरा अनेकौँ खतरा कल्पना गरी तिमी मेरा अवशेष पनि बाँकी राख्दैनौ तर जब मेरो आवश्यकता हुन्छ तिमीले चाहेर पनि मलाई भेट्टाउने छैनौ म सुक्ष्मकीट झैँ भएछु प्रयोगशालामा भेटिन्छु प्रयोग गरेर तिमी ठूलो बन्छौ अन्त्यमा मलाई तिक्ष्ण भन्छौ तिमी मलाई हेप्दै जान्छौ मबाट टाढिँदै जान्छौ तर याद राख जब समय आँउछ तब कसैको प्राण लिन एउटा सुक्ष्मकीट नै काफी हुन्छ..........      

डिभाइडरले भाइटिका मनायो

मैले एउटा डिभाइडर देखेँ पहेँलो डिभाइडर, सुनौलो थियो क्यारे खासै त याद भएन तर आज मैले एउटा डिभाइडर देखेँ कहिल्यै नओइलाउने मखमली र रङ्गबिरङ्गी गोदावरीको मालाले ठाँटिएको त्यो डिभाइडर निधारमा सप्तरङ्गी टिका त थिएन न त कसैलाई सगुन दियो त्यसले तर बहिनीको मायाको ख्याल नगरी त्यो मायाको मालाको मजाक बनाइ डिभाइडरलाई लगाइदिँदै हिँडने कैयौँ मध्य कुनै एकको कारण त्यो डिभाइडरले आज भाइटिका मनायो ति कैयौँ मध्य कुनै एकको दिदीको त्यो डिभाइडरले भाइ बन्न पायो आज त्यो डिभाइडरले भाइटिका मनायो पाए त म पनि त्यो डिभाइडरलाई भाइ बनाइदिन्थेँ सगुनको लोभ छैन मलाई तर त्यसलाई दिदीको स्नेहले भिजाइदिन्थेँ तर म त त्यसको दिदी बन्न सक्दिनँ मेरो भाइ अहिले सानै छ दिदीले लगाइदिएको माला साह«ै राम्रो लाग्छ उसलाई खोई ? कुनै दिन ठूलो त होला नि त्यो मालाले घोच्ला नि अनि उ पनि डिभाइडरलाई माला समर्पित गर्दै मखमलीको दाम्लोबाट मुक्त हुन खोज्ला त्यो दिन मैले पनि एउटा डिभाइडर भाइ पाउनेछु जसले बदलामा सेल–रोटी खोज्दैन जसलाई मालाले कहिले घोच्दैन डिभाइडरलाई माला लाइदिन त पाइन्छ तर निधार खाली भएका ती भाइ जसलाई मखमलीको मालाले नघोचेको धेरै भयो

हे जानकी !

हे जानकी ! तिमी र म एउटै जात एउटै धर्म एउटै रगत एउटै माटो तिमी र म कहाँ फरक छौँ  र ? तिमीले दुःख नपाएको होइन मैले पनि सुख पाएको होइन नेपालकी चेलीको कर्मै यही रहेछ तिमीले रामायण जहाँ छाडेकी थियौ मेरो कथा पनि त्यहीँबाट सुरु हुन्छ आउ न आफ्नै आँखाले हेर मेरो जन्म तिम्रो जस्तै छ मेरी आमाले पनि मलाई समाजको डरले धरतीले तिमीलाई लत्याएजस्तै एउटा फोहोरको डिब्बामा मिल्क्याइन् तिमी भने राजपुत्री भयौ म भने एउटा गरिब घरकी चेली भएँ तिमी स्वयंवरमा सजाइयौ म ठालूका आँखामा सजाइएँ तिमीलाई बहादुरीले जितेर लग्यो मलाई पैसाले जितेर लगे हे जानकी ! तिमी कि जनकपुत्री जानकी बन्यौ कि रामप्रिया सिता मेरो नागरिकता पनि पिता र पतिमा अडेको छ आउ न आफ्नै आँखाले हेर सुखशयलको जीबन छाडी पतिसँगै वनवास लाग्यौ इच्छाआकांक्षा मार्ने तिम्रो बानीले मलाइ पनि कहाँ छाडेको छ र ? तर यो त तिम्रो बानी होइन बाध्यता रहेछ माइतमा पिताको आज्ञाा र घरमा पतिको आदेश मेरो पनि सास यति मै खुम्चिएको छ तिमी वनवास लगिएझैँ म पनि सिमानापारि कुनै कोठीको वासमा बेचिन्छु आउ न आफ्नै आँखाले हेर सुन्दरता तिम्रो लागि अभिशाप नै बनेको थियो हे जानकी ! म पनि कहाँ बच