Skip to main content

Posts

Showing posts from 2019

प्रीय मुलान!

प्रीय मुलान आज कुन्नी कहाँबाट केही कुनामा थन्किएका स्मृतिका पानाबाट भुलिन थालेको बाल्यकालबाट तिमिलाई सम्झिएँ मुस्कुराएँ वा आँसु बगाएँ कुन्नी तर झस्किएँ। अनि कलम समात्दैछु यो अन्धकारमा बिहानी होला केही क्षणमा तर केहि कुरा छन् मनमा तिमिसँग गर्न अनि निदरी छाडी शब्दमा अल्झिएँ। कति ईतिहास हौ तिमी कति दन्त्यकथा कति डिज्नीकी प्रीय पात्र तर हौ त तिमी म झैँ एक छोरी बस्, अरु के नाता गासुँ? कवच ओढि तिमी वक्ष लुकाइ युद्दस्थलमा भिडेको कथा म सधैँ सुन्थेँ आज आउ फुर्सदमा छौ भने कवच उतारी बस छेवैमा संगिनिझैँ बात मारौँ आज मेरो युद्धको कथा सुनौँ! प्रीय मुलान! हामी कुन्तिपुत्र कर्ण त हैनौँ! न तिमी त्यो कवचमा जन्मिएकी थियौ, न म! लामा रेशमी केश सुन्दरताको भेष तिमीलाई पनि राम्रो लाग्थ्यो होला कुनैबेला? मेरो मन पनि त्यही माटोले ढाँचिएको हो मुलान! म पनि रमाउने गर्थेँ दर्पणको छायाँमा चलचित्रका मायामा सुरिलो धुनमा अरुलाई सिँगार्ने सुनमा पाउजुको ध्वनिमा सुनौलो बिहानीमा निर्धक्क भइ हिँड्थेँ म कुनैबेला मुलान! गुनगुनाउँदै, लहराउँदै के थाहा थियो र म कुनै मीठो गीतमा नभइ य
"तीजको लहर आयो बरी लै!.." सायद पल्लो घरको रेडियोमा होला घन्किएको। महिना दिन देखि घन्किरहेका स्पिकरको भिडमा त्यो रेडियो अनि "हामी पनि नाच्नु पर्छ बिचबिचमा" को बिचमा कमै सुनिने कन्यादानको यो गीत। आजको बिहानी फ्ल्याशब्याकको लहर ल्याउने नियतले नै मेरो आँगनमा आएको जस्तो लाग्दैछ। "हो, सधैँ यसरी छोरी मान्छे जसरी चिटिक्क परेर बसे पो राम्री देखिन्छ। सधैँ कपालै नकोरी, स्पोर्ट्स सुज लगाएर खुट्टा बजाउँदै हिँडेर हुन्छ?" आमालाई आफ्नो सन्तान दुनियाँमा सबैभन्दा राम्रो लाग्छ रे भन्छन्। सन्तान जस्तो देखिए पनि आमाले राम्रो देख्छिन् रे, जति मोटाए पनि आमाले सन्तान दुब्लाएकै देख्छिन् रे पनि भन्छन्। भन्नेले मेरी आमालाई चिन्दैनन् सायद। मेरी आमाका धेरै सपना छन् मसँग जोडिएका; मैले प्रगती गरुँ, धेरै पढुँ, ठुली मान्छे बनुँ, कमाएर बाबाआमालाई पाल्न सकुँ, राम्रो घरमा बिहे गरुँ आदि इत्यादि । तर सबैभन्दा ठूलो सपना भने मैले घरबाट निस्किनु अघि ऐना हेरुँ; फुक्का मुहार, निन्द्रा नपुगेका आँखा र रङ्गहिन ओठहरुमा रङ्ग भर्ने रसायन लगाउँ र टोलका केटाहरु नै तर्सिने गरि हात हल्लाउँदै, जुत्ता बजा