Skip to main content

Posts

Showing posts from January, 2015

नचिनेको मान्छे

” अनामिका, प्लिज बिलिभ मि ! म साँच्चै माया गर्छु तिमिलाई। “ ” सट अप सन्देश! तिम्रो कुरा पत्याउँ म? मलाई त थाहा पनि छैन तिमी को हौ। अनि यो म्यासेज पठाउने के साच्चै सन्देश नै हो? “ ” नरिसाउ न प्लिज! म फोन गर्छु तिमिलाई पर्ख। “ ” अहँ, मलाई कुरा गर्नुछैन। जति दुःख दिनुथियो दिईसक्यो तिम्रो आवाजले मलाई। “ भाइबरको फेरि अर्को ” टुङ टुङ ” लाई बेवास्ता गर्दै मोवाईल डाटा अफ गरेर छेउ लगाएँ मोबाइललाई । पाप्रो उप्किएर छाला जस्ताको तस्तै भएपनि रहिरहने सानो दागजस्तै सोचेको सानो अतित त आखिर पाप्रो उप्काँउदैमा रगत बग्ने हालतमा पो रहेछ। नराम्ररी कोट्याईदियो घाउ आज, त्यो फोनकलले। अनि भाइबरमा यि म्यासेज! फोन कलमै अल्झिएको मेरो जिवन. . . उफ्! म सम्झिन चाहन्नँ, तर पनि लाग्छ अझ उहि टेबलमा छु, उहि सत्यको सामुन्ने! खोई किन बचाएर राख्छ कसैले चल्न छाडेको नम्बर, खोई किन भाइबरमा खोज्छन अनि उथलपुथल पारिदिन्छन् एकनासले अघी बढीरहेको जिवन । टेबलमा फ्राईड राईसले भरिएको एउटा प्लेट अनि त्यसमा एक-एक काँटा अल्झाएर अलमलिएका म र प्रनित! भेज फ्राईड राईसमा चिकेनका टुक्रा खोजेझैँ म त्यहाँ उसक

"बढ्दै छ त बढ्न देउ"

बढ्दै छ त बढ्न देउ तिम्रो के बिग्रीएको छ र ? तिमी त आफ्नो महल मा आफैँ हराएझैँ छौ तीनजना लाई तीनसय कोठा फालाफाल मालामाल तिम्रो चर्पी जत्रो पनि नहोला कसैको घर यहाँँ तिम्रो जुत्ता राख्ने र्‍याक जत्रो झुपडिमा कोचिएर तीस फोक्सो सास फेर्छन यहाँँ तर तिमीलाई के ? जनस्ंख्या बढेर पनि तिम्रो के बिगारेको छ र ? बरु तिम्रा नोकर चाकर सुसारे बढेका छन् गरीबी बढेर पनि तिम्रो के बिगारेको छ र ? बरु तिम्रा अघी जोडिने करोडौँ हात थपिएका छन् अनी त तिमी भन्छौ "बढ्दै छ त बढ्न देउ" बढ्दै छ त बढ्न देउ तिम्रो के बिग्रीएको छ र ? तिमी त खजाना लुट्न मै व्यस्त छौ मस्त छौ विदेशी होटेलका किराफट्याङ्रा चाख्दैछौ तिम्रा ठुल्ठुला कुकुरले फाल्ने खानाले कसैको भोक मेटिन्छ यहाँ सिस्नु पनि भेटिन छाड्यो एकछाकको चिन्ताले घाँटी रेटिन्छ यहाँँ तर तिमीलाई के मतलब छ र ? भोक्मरी बढेर पनि तिम्रो के बिगारेको छ र ? " म गाउँ गाउँमा खान पुर्‍याँउछु " यो भाषणले तिम्रा लागि ताली पिट्ने लाखौँ भोका जन्मेका छन् करोडौँ भोक जन्मेका छन् त्यसैले त तिमी भन्छ

नयाँ झुल

“हेर बुढी, ठाउँठाउँमा च्यात्तिसक्यो झुल पनि, नसकिने भो अब !” “अनि कसले त्यै चलाउन भन्यो त हजुरलाई ? अर्को झुल हुँदाहुदै किन लामखुट्टेलाई निम्तो दिईराको होला ?” “कुन झुल ?” “त्यै क्या, नानीले ल्याको नयाँ झुल !” किताबका पानामा हराउँदा हदाउँदै पनि अचानक त्यो नयाँ झुलको चर्चाले केही पुराना कुरा सम्झाइदिए । दराजबाट आमाले त्यो झुल  झिक्दै ओछ्यानमा फिजाएझैँ गुम्सिएका याद मेरो स्मृतिमा फिँजिए । – – – – – – – – – “कति फोका उठेको मुखभरि ?” “राम्र्रै हो नि काली, धेरै ह्यान्ड्सम भयो भने अरुले हेर्थे, अब हेर्दैनन्, तँलाइ फाइदा !” “नचाहिने कुरा नगर न ! के भा’कोे ?” “किसको दाग हो काली, लामखुट्टेको । तैँले माया गर्दिनस् अनि त्यै लामखुट्टे त हुन्छ नि रातभर ।” “कतिपटक भनिसकेँ एउटा झुल किन भनेर ! मेरो कुरा त माने पो है ?” अलि बेर छेउमा बस्दा पनि मेरा हातमा सलबलाउन खोजेका उसका हात फेरि उसकै पुरानो जिद्दीका बाटोमा हिंडेका चाल पाइहालेँ । अनि फुत्किएर गएँ ग्याँस चुल्होतिर । जारको पिंधबाट जसोतसो जगमा हाल्दा पनि पुग्ने देखिनँ त्यो पानी मैले खाना पकाउन । “पानी सक्केछ त ! ल्याउनुपर्दैन ?”