Skip to main content

Posts

Showing posts from December, 2014

हाउस-हस्ब्यान्ड

“मामु, त्यो नाक चुच्चो भको मिसले फेरी मेरो एन्सर रङ छ भनेर काटिदिनुभो ! “ “जे मन लाग्यो लेखेर आइस् होला कपीमा अनि काट्नुहुन्न त ?” “मैले के लेखेँ र, भको कुरा त हो नि ।” “खै देखा, के लेखिस् ? ह्वाट डज योर मदर डु ? माइ मदर इज अ टिचर । ह्वाट डज योर फादर डु ? माइ फादर इज अ हाउस्-हस्ब्यान्ड । “           “हाउस्-हस्ब्यान्ड्”, सुन्दा हाँसो लाग्नुपर्ने यो शब्द खै कसरी त्यो दिन यी आमाछोरीको कुरा सुन्दा भाँडा माझ्दै गरेको झुसको तिखो तार हातमा बिझेझैँ अचानक च्वास्स बिझेको थियो मेरो मनमा । ” हाउस-हस्ब्यान्ड रे ? यस्तो नि हुन्छ ? के लेखेकी यस्तो ? “ ” अनी के लेख्नु त ? त्यो दीक्षा, सबिनाहरु को मामु अफिस जानुहुन्नँ, घर बसेर घरको काम गर्नुहुन्छ अनि हाउसवाइफ भन्छन् उनिहरु । मेरो बाबा चाहिँ हाउस-हस्ब्यान्ड भन्न किन नपाउने नि मैले ? “             उसको उमेरको बुझाइले त्यो कुरा उसको लागी सामान्य थियो, सायद अहिले हुन्थ्यो भने त्यसलाई व्यङ्य बुझ्थेँ होला म । तर उसले त त्यही भनेकी थिइ जे उसले देखेकी थिइ । गलत के भनेकी थिइ र उसले ? बिहान जब उसको आँखा खुल्थ्यो तब उसको कोठामा दुधको गिलास लग

मानबहादुर

जुत्ता च्यात्तियो ? मानबहादुरले टालिदेला लुगा फाट्यो ? मानबहादुरले सिलाईदेला भारी बढी भयो ? मानबहादुरले बोकिदेला केहि बिग्रीयो ? भनेँ नि, मानबहादुरले बनाइदेला यो गाउँमा जसको जे बिग्रीए पनि बनाइदिन्छ मानबहादुरले तर उसको च्यात्तिएको लुगा च्यात्तिएको मन सिलाईदिने अरु कुनै मानबहादुर छैन खाली हात घर जानुहुन्न छोरछोरी खल्ती छम्न आइहाल्छन् मना रित्तो छैन उसको मात्र खल्ति रित्तो खल्ती देखेर बग्ने सन्तानका आँसुले उसको खल्ती भरिदैँन केवल मन भरिएर आउछँ उ घर नै जादैँन भिजिरहन्छ रातभर भिजिरहन्छ पानीले उसको आँसु बगाइरहन्छ मानबहादुरको आँसु देख्ने अरु कुनै मानबहादुर छैन दाउरा फुक्दा फुक्दा बुढिलाई दम लाग्यो तर अरुको घरसम्म ग्यास सिलिन्डर पुर्याउन बोकिदिने मानबहादुरले आफ्नो घरमा एउटा स्टोभ पनि ल्याउन सकेको छैन अरुको गाडी टिलिक्क टल्काइदिन्छ अनी चुँडिएको चप्पल घिसार्दै घर पुग्छ गाउँको सेवा गर्ने मानबहादुरले आफ्नो सेवा गर्ने कुनै मानबहादुर् पाएकै छैन आफ्नो खेत छैन तर अरुको खेतमा हलो जोतिदिन्छ पाएको एक मुठी चामल  बुढीलाई सम्हालेर राख्न दिन्छ त्यो अनमोल छ उसक

विश्व एड्स दिवस

( २ वर्ष अघी लेखिएको कविता, खोट भए माफी चाहन्छु )  विश्व   एड्स   दिवस मनाउदैँ छौँ रे हामी खै कहाँ छन् एड्स रोगी ? रोगी जती लुकाएर भोगीहरुलाई रातो रिबन भिराएर " विश्व एड्स दिवस " मनाउदैँ छौँ रे हामि अहँ देखेको छैन मैले त कुनै एड्स रोगि भए पनि भन्ला र कसैले ? " म एड्स रोगी हुँ " भन्दै चिच्याउला र कसैले ? हाम्रै कृपाले हामी छौँ नि महान् ! कसैलाई एड्स हतारको रक्तदानको देन होला हामी भन्छौँ " छि , कता गएर एड्स बोकेर आइस् ! " कसैलाई एड्स अभिभावकको उपहार होला हामी भन्छौँ " छि , कुन अश्लीलातामा मुख जोतेर आइस् ! " यो समाज आफु पवित्र बन्नखोज्छ यो समाज आफु चोखिएर पन्छिन खोज्छ के उसलाई " छि " भन्ने पवित्र होलान् ? आफुले गर्दा " प्रकृतिको नियम " अरुलाई " छी " ? फरका यती हो ती सबको करणी गुप्त छ केवल उसले प्रमाणपत्र पाएको छ एड्स को सायद कुनै टेस्टमा कसैको शरिर पवित