Skip to main content

Posts

Showing posts from 2016

भुगोलले नछुट्टाएका मन!

आज उही बिदाको दिन जसको पर्खाइमा हप्ताका बाँकी दिन कटाउँछु म । पढाइ र प्रोजेक्टको पन्जाबाट मुक्त भएर  दिनभर यसैगरी यो शहरलाइ झ्यालछेउ उभिएर नियालिरहने दिन । अग्लाअग्ला भवनका बिचमा हुरिसङ कुस्ती खेलिरहेका नरिवलका पात हार्दै, ठक्कर खाँदै मेरो झ्यालका सिसामा ठोक्किन पुग्छन्, अनि म सुनिरहन्छु तिनमा कुनै मिठो धुन भेटे झैं । टाढा टाढासम्म नरिवलका रुख, केही पर नेटवर्कका अग्ला टावर अनि पार्श्वमा धमीला निला पहाड। मान्छेको होहल्ला भन्दा काग कराएको प्रष्ट सुनिने, ओहो! विकसित भएर पनि कति शान्त छ सलेम शहर! आफ्नो देशभन्दा धेरै टाढा, दक्षिण भारतको यो शहरमा जिवनको बाटो खोज्दैछु म। इन्जिनियरिङले सास फेर्न दिएको समयमा सम्झने गर्छु घर-परिवार र देश, आखिर एकदिन डिग्रीसहित फर्कनु जो छ। तर देश यति व्यस्त छ कि अरु कैयौँ  युवालाइ झैँ बिर्सिएकै होला मलाइ पनि। भुकम्प, नाकाबन्दी, राजनीती, युद्ध , केही न केहिले सताइरहने मेरो देशलाइ फुर्सद होस् पनि कसरी! अहिले पनि देश र मधेसको विवाद चल्दैछ रे! जब यो शहरलाइ हेर्छु, हिन्दी बोलेको नरुचाउने, हिन्दी चलचित्र नचल्ने, आफैँमा रमाइरहेको यो दक्षिण भारतलाइ हेर्छु, डराउँछ मन।

छर्लङ्ग !

काँचको घुम्टो ओढेर ओठ खुलाइ हाँस्दैछे उ हाँसो आहा! छर्लङ्ग छ! जति जति तन्कन्छन् ती मुस्कानका रेखाहरु बिझाउँछन् कठै ती अदृश्य काँचका पर्दाले आँसु कतै बाफ बन्छ हाँसो तर छर्लङ्ग छ! मान्छे बन्नु थियो उसलाइ गुडिया कसैले बनाइदियो सास फेर्न खोज्छे कति शरिर तर मरिसक्यो नचाउनेले चलाइदिन्छन् नियती उही, नाचिदिन्छे वाह! गुडिया! भनिदिन्छन् होइन भन्न सक्दिन उ शरीर खेलौना बनिसक्यो मनको अब कसले सुन्छ ? छाला मात्र छर्लङ्ग छ! रङ्गीविरङी फ्रकमा सजाइ गयो दोकानदार निला चम्किला आँखाले फरियाको सपना देखे न हात उसको चल्न सक्यो न कपडा आफैँ बढ्न सक्यो देख्नेले नाङ्गा खुट्टा देखे मुख मिठ्याए गइदिए उ मुस्कान बोकी उभिरही समर्थन सबले बुझिरहे उ लाज ढाक्न चाहिरही खुल्ला सबैले देखिरहे भने सबै छर्लङ्ग छ!

केही प्रश्नलाई एक सानो जवाफ!

"त्यो लुगाको रंग कस्तो नसुहाएको त्यसलाइ,किन लगाकी होली? किन? हाहा " पार्टीमा कसैलाई देख्दा, फेसबुकमा कसैको फोटो स्क्रोल गर्दा हेरेर हाँस्दै भन्छौं होला कतिलाई! काश त्यो बेला आफ्नो त्यो लुगा याद आउंथ्यो जुनमा आफु मोटी नै देखिए पनि लगाउन चाहन्थ्यौं , जुन तस्वीर त्यति राम्रो नलागे पनि फेसबुकमा सजाउन चाहन्थ्यौं। किन? उ यति ठुलो कार्यक्रममा पनि मेकअप नगरी फुस्रो मुहार लिएर आइ, सायद उसले क्यामेराभन्दा टाढा रमाउन जानेकी छे की सायद? किन? त्यो नाचको लुगा उसलाई सुहाउँदैन सायद, र पनि त्यसमा नाच्दा उसले पाउने खुशी तिमीले लुकेर टिप्पणी गर्दा पाउने आनन्द भन्दा चोखो छ। किन? हो उसको चश्माका शिशा मोटा,बाक्ला होलान तिम्रो फेशनमा नपर्ने, तर तिनले उसलाई संसार देखाउँछन्। किन? उ होची नै सहि तिम्रा हिलजुत्ताका भिडमा तर उसको खुट्टाले आत्तिनु त पर्दैन भांचिउला कि भन्दै! हेर फलानोले यस्तो गरेछ, यस्तो लगाएछ, सुहाएछ, सुहाएनछ, कार्टुन देखिएछ! तिमी पनि त कार्टुन नै देखिएकी थियौ होला सानोमा आमाको मेकअप किट लुकाएर मुखैभरी दल्दा, आमाल